Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • मेरो संघर्ष मेरो कलाकारिता
मेरो संघर्ष मेरो कलाकारिता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, भदौ २५, २०७९

–महादेव त्रिपाठी 
    (हांस्य कलाकार)
      –कलाकारिताको क्षेत्रमा म बाबाको प्रेरणाले लागेको हुँ । सानोमा बाबाले मलाई नाच छोरा नाच भनेर २ रुपैयाँ दिनुहुन्थ्यो । त्यो बेला स्कुलमा खाजा खाने पैसा हुन्छ भनेर म खुसी भएर नाच्ने गर्थे । जसले मलाई कलाकारीताको क्षेत्रमा लाग्न प्रेरणा दियो । खासमा मेरो बाबा नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई २०५८ सालमा माओवादीले हत्या गरे । म २०६० सालमा सिन्धुपाल्चोकबाट काठमाडौंको अनाथ आश्रममा पुगें। 
     –काठमाडौमा मैले कहिले टेम्पोमा खलासीको काम गरें भने कहिले बाटोमा प्लास्टिक टिप्ने काम समेत गरें। यसरी काठमाडौंमा भौंतारी रहेको अवस्थामा मैले खुल्ला मञ्चमा भएको एक कार्यक्रममा आफ्नो कला देखाउने मौका पाएँ । त्यही कार्यक्रम र बाबाको प्रेरणाले नै मेरो जीवनलाई नयाँ मोड दियो । त्यही कार्यक्रमबाट नै मैले आफूभित्रको कलाकारीतालाई चिन्ने मौका पाएँ । र त्यसपछि म मा कालकार बन्ने भूत सवार भयो ।


     –आज–भोलि म प्रोग्राममा नै व्यस्त छु । केही समय पहिला तराई क्षेत्र डुवानमा परेको थियो धरै जना घरबार बिहीन हुनु भएको थियो सहयोग जुटाउनमा व्यस्त थिएँ । म आफु कलाकार भएको नाताले पनि बाढीपीडितहरुको पीडामा थोरै भएपनि मलमपट्टी लगाउन कार्यक्रमहरु गरेर सहयोग जुटाएँ । हुन त पहिरोले सिन्धुपाल्चोकस्थित मेरो घर पनि भत्किएको छ । 


     –तरपनि म राष्ट्रको कलाकार भएको नाताले तराईका बाढीपिडितको पीडालाई नजरअन्दाज गर्न सक्दिन । उनीहरुलाई सहयोग दिन भनेर मैले रत्नपार्क, टुंडिखेल, खुलामञ्च, चक्रपथ, बालाजु लगायतका ठाउँमा कार्यक्रम गरेँ । हाल चाडपर्वको समय भएकोले विभिन्न स्थानमा विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त छु ।


    –कलाकारिताको क्षेत्रमा लागेकोमा म एकदम सन्तुष्ट छु । सारा नेपालीले एउटा कलाकार भनेर चिनेका छन् । देश–विदेश घुम्न पाइएको छ । अनि कलाकार भएर मैले मेरो बाबाको सपना पनि पुरा गरेको छु । जसका कारण म असन्तुष्ट हुने ठाउँ नै छैन ।


    –म हाँस्य कलाकारका साथै जादुगर समेत भएकाले र मेरा धेरै दर्शकहरुले मलाई जादुगर भनेर चिन्ने हुँदा म जादु नै बढी देखाउँछु । हँसाउने कलाकार त धेरै हुनुहुन्छ तर जादु देखाउने निकै कम छन् । जसका कारण मेरो भागमा जादू नै पर्ने गर्छ ।


     –म एउटा हाँस्य कलाकार मात्र नभएर, एउटा डान्सर हुँ, यस्तै जादुगर पनि हुँ । यसैगरी गाउने र उद्घोषण पनि गर्ने गर्छु । जुन धेरै कमले मात्र गर्ने गर्छन् । त्यही भएर दर्शकहरुले मलाई अलि फरक कलाकार भनेर चिन्ने गर्नुहुन्छ ।


     –नेपालमा जादूगर निकै कम छन् । म नेपालको पहिलो जादूगर भएकाले पनि यसलाई अघि बढाउनु मेरो दायित्व हो । त्यहि भएर अब म धेरै नेपाली जादूगर जन्माउने अभियानमा लाग्ने सोचमा छु । म आफूले जानेका कुरा हरेक विद्यालयका विद्यार्थीहरुलाई सिकाउँछु । भोलि म मरेर गएपनी मेरो कला नयाँ पुस्ताले जोगाई राखुन् । जसले नेपालमा जादूको विकास त गर्छ नै महादेव त्रिपाठीलाई पनि अमर बनाउनेछ ।


     –जादु पहिले मैले नेपालमा कमल कुमार गुरुसँग सिके उहाँ विदेश जानुभयो । त्यसपछी मैले बंगलादेश गएर जादू सिकेको हुँ । म पहिलादेखी स्कुलमा हातहरुको खेला देखाउँथे । बंगलादेशमा सिकेर नेपाल आएपछि अहिले सबैले मलाई नेपालको  जादुगर भनेर चिन्नुहुन्छ ।

Page No.1-Mahadev Tripathi 31662780099.jpg


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल भाद्र २५ गते शनिवार ।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्