Top Navigation
  • Contact
Main Navigation
मंगलबार, मंसिर ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
मंगलबार, मंसिर ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  •  स्कटल्याण्डमा नेपाली चलचित्र कैदीको पत्रको फस्ट रिलिज
 स्कटल्याण्डमा नेपाली चलचित्र कैदीको पत्रको फस्ट रिलिज
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ ३०, २०७९

काठमाडौं। बेलायतवाट निर्मित कथानक नेपाली चलचित्र कैदीको पत्र बेलायतवाटै फस्ट रिलिज भएको छ। बेलायतको स्कटल्याण्डमा बढी छायाँकन भएको चलचित्र कैदीको पत्र बेलायतको स्कटल्याण्डवाटै फस्ट रिलिज भएको हो।

स्कटल्याण्डको एडिनवर्गमा फस्ट रिलिज भएको कैदीको पत्रले पहिलो दिनमा रेकर्ड नै ब्रेक गरेको छ। एडिनवर्गको हलमा हाउस फूल नै भएको थियो। एडिनवर्गका दर्शकहरुले स्कटल्याण्डको सुन्दरता अनि सोही स्थानको कथावस्तुमा नेपालीहरुको यथार्थ ता चलचित्र कैदीको पत्र मार्फत हेर्न पाउंदा रमाइलो मानिरहेका थिए। नेपाल वाहिर परदेशवाट निर्मित नेपाली कथानक चलचित्र कैदीको पत्रले बेग्लै पहिचान तथा फरक स्वाद दिएकोमा चलचित्र हेर्ने दर्शकहरुले चलचित्र त कैदीको पत्र जस्तो पो भनेर खुशीले कमेन्ट गरिरहेको पाइएको थियो ।

ख्यातिप्राप्त कथाकार स्वर्गिय ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रमा आधारित नेपाली चलचित्र कैदीको पत्रको निर्देशन बेलायतमा नै रहेको ख्यातिप्राप्त निर्देशक सनम कुमार बैरागको रहेको छ। निर्देशक बैरागको अथक मेहनत तथा परिश्रमले चलचित्र कैदीको पत्रले सार्थकता प्राप्त गरेको फस्ट रेड कार्पेट शो स्कटल्याण्डमा भएयता प्रमाणित भएको छ।

स्कटल्याण्डको क्रीफ, आबरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोमा छायाँकन भएको चलचित्र कैदीको–पत्रको केही प्रतिशत छायाँकन लण्डनमा पनि  भएको हो। निर्देशक बैरागका अनुसार, चलचित्र कैदीको–पत्र नेपालबाट अध्ययनको क्रममा बेलायत आएका एक युवकको कथा हो। जसको स्कटिस् युवतीसंगको प्रेम हुन्छ। त्यस युवकले खुशीलाई सम्हाल्न सक्दैन र त्यसबाट निम्त्याएका दुःखले युबकलाई कुन हदसम्म पुर्याउछ भन्ने कथावस्तु चलचित्र कैदीको–पत्रले बोकेको छ।

स्कटल्याण्डमा भएको रेडकार्पेट शोमा चलचित्र कैदीको पत्रका प्राय सवै कलाकारहरुको सहभागिता रहेको थियो। कैदीको पत्रमा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।


 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' ले दिएको पुनर्जन्म
  • नंः २ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः ३ 'पिंक प्रमिस-आशाको आवाज' काे क्यान्सर सचेतना कार्यक्रम
  • नंः ४ राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड
  • नंः ५ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
विचार
ईर्ष्या र अहंकारले विश्व ध्वस्त
ईर्ष्या र अहंकारले विश्व ध्वस्त प्रज्ज्वल घिमिरे
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति NamiNews- नामीन्यूज
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्