Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • अमेरिकामा भव्य नेपाल अमेरिकन म्युजिक फेस्टिभल
अमेरिकामा भव्य नेपाल अमेरिकन म्युजिक फेस्टिभल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असोज २४, २०७९

America Rajesh Hamal News 11665410979.jpgकाठमाडौं। अमेरिकामा भव्य नेपाली सांगीतिक कार्यक्रम भएको छ। दशैं तथा तिहारको अवसरमा बैभवशाली राष्ट्र अमेरिकाको न्यूयोर्कमा शहरमा भव्य रुपमा नेपाली सांगीतिक कार्यक्रम भएको हो।

 अक्टोबर ८, २०२२, शनिबार, अमेरिकाको न्यूयोर्क शहरको डाइभर्सिटी प्लाजा, क्वीन्समा पहिलो पटक निःशुल्क खुला ठाउँमा “नेपाल अमेरिकन म्युजिक फेस्टिभल” भव्य रुपमा संपन्न भएको छ। “नेपाल अमेरिकन म्युजिक फेस्टिभल”को आयोजना बुद्ध कर तथा लेखा विभागका सीपीए पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्स इन्कका राजेश हमाल र न्यूयोर्कका चर्चित रियल स्टेट सेल्स म्यान नवराज केसीले गरेका थिए ।

America Rajesh Hamal News 31665410984.jpg

खुला ठाउँमा कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य न्यूयोर्कको क्वीन्समा बसोबास गर्ने विदेशीहरू, मुख्यतया विश्वका विभिन्न समुदायका मानिसहरूलाई नेपाली संगीत र संस्कृतिको परिचय गराउनु हो भनेर आयोजकहरुले बताएका छन्।। नेपाली सांगीतिक महोत्सवले कुनै न कुनै रुपमा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनीहरुको विश्वास छ ।
 

न्यूयोर्क शहरका मेयर एरिक एडम्सको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  मेयरले दशैं तथा तिहारको अवसरमा नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका थिए । मेयरले चर्चित नेपाली गायिका सपनाश्री, गायक फिरोज स्याङ्देन, सामाजिक अभियन्ता पेमा छेवाङ शेर्पा र टेलिभिजन कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीलाई विशेष सम्मान प्रदान गरेका थिए।
 

America Rajesh Hamal News 11665410979.jpg

फिरोज स्याङ्देन, हरि कर्माचार्य (अन्धो मान्छे), दीपेश किशोर भट्टराई, सञ्जीप प्रधान, रेश्मा सुनुवार, तिलक बम मल्ल, विमल डाँगी, निशा सुनार र संजोक योञ्जन, अभय ढुंगेल लगायतका गायक–गायिकाहरुको बेजोड सांगीतिक प्रस्तुतिले उपस्थित स्वदेशी तथा विदेशी दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। साथमा कबिना सिंह, येसेर्ग गुरुङ र रुतमान गुरुङ, अरमानी महर्जन, ममता राई र बनसन्त डान्स सेन्टरेको धमाकादार डान्सले कार्यक्रममा थप चाँद थपेको थियो।

आयोजक टोलीका अन्य सदस्य तथा स्वयंसेवकमा अन्जित गुरुङ, अञ्जन श्रेष्ठ, एतना कार्की, कपिल मगर, प्रकाश श्रेष्ठ, भुवन केसी, शंकर बिसुंके, बास विशु, निलिमा मादेन, जोन लामा, निरन प्रजापति, उमा तामाङ, रोजिना देउला र निलिमा मादेन थिए ।डिजे ज्याङ्बुको दमदार प्रस्तुतिले पनि कमाल गरेको थियो।  कार्यक्रममा पर्यटन राजदूत प्रदीप श्रेष्ठ र केशवराम राईको पनि उपस्थिति थियो । साथमा क्वीन्सका एसेम्बली म्यान स्टिभन रागा र फिप्नाका अध्यक्ष राजकुमार विष्टको पनि उपस्थिति रहेको थियो।
 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्