Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • चलचित्रकर्मी कल्याण कोषमा गायिका झाको सहयोग
चलचित्रकर्मी कल्याण कोषमा गायिका झाको सहयोग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, माघ ४, २०७९

काठमाडौ । नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गरेको छ ।

साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुगेकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु ५ लाख १ सय ११ सहयोग गरेको हो ।

“गीत–सङ्गीतमार्फत म र मेरा श्रीमानले धेरै माया र साथ पाएका छौँ । नेपाली चलचित्रकर्मीको हितमा स्थापना गरिएको कोषमा केही सहयोग गर्न पाउँदा खुसी लागेको छ”, गायिका झाले भनिन्, “नेपाली गीतमार्फत मैले गायन जीवनमा पाएको उपलब्धि म कहिले भुल्न सक्दिनँ ।” 

यस्तै अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही १ लाख १ सय ११, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १ सय ११ र चलचित्रकर्मी महिला सशक्तीकरण समितिका संयोजक गीता नेपालले ११ हजार १ सय ११ कोषमा सहयोग प्रदान गरेको छ ।

कोषका संयोजक वसुन्धरा भुसालले सहयोगीलाई धन्यवाद दिँदै भनिन्, “यो कोष स्थापना चलचित्रकर्मीकै लागि गरिएको हो । कोषमा ५ करोड जम्मा भइसकेको छ । हाम्रो लक्ष्य रु १० करोडको छ ।”

नेपाली चलचित्र क्षेत्रमा निरन्तररूपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिकरूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना गरिएको हो ।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्नेलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीसँगै पूर्वअध्यक्ष शम्भुजीत बाँस्कोटा, कृष्ण मल्ल र राजकुमार राई, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, फिल्म निर्देशक माधवराज खरेललगायत उपस्थित थिए ।
 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०८:३२
##deepanarayanjha #deepajha #uditnarayanjha
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्