Top Navigation
Main Navigation
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • चलचित्रमा पात्र कसरी चयन हुन्छ ?
चलचित्रमा पात्र कसरी चयन हुन्छ ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, चैत २२, २०७९
Api Himal

काठमाडौँ । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ ।

भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनै भूमिकाले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् । 

चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने एजेन्सी नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् ।

नेपाली कलाकारसँग अन्तर्क्रिया गरेका भारतीय निर्देशक, कलाकार तथा कथाकार डाक्टर चन्द्रप्रकाश द्विवेदीले भारतमा एकै एजेन्सीले लाखौँ कलाकारलाई अनुबन्धित गरेर काम दिइरहेको जानकारी दिए ।

Nepal Oil Corporation

“मैले पछिल्लो चलचित्र ‘सम्राट पृथ्वीराज’मा काम गर्दा सम्झौता गरेको एजेन्सीसँग १५ लाख बढी कलाकार थिए । त्यसैले भूमिकामा छनोट हुन सोचेजस्तो सहज छैन”, निर्देशक द्विवेदीले भने, “यद्यपि केही समययता ओटिटीका लागि बन्ने चलचित्र र शृङ्खलाले ती कलाकारको काम पर्दासम्म ल्याउन मद्दत गरेको छ ।”

भारतझैँ नेपालमा चलचित्रका लागि कलाकार छनोट गर्ने एजेन्सी छैन । पात्रअनुसार कलाकार छनोट गर्ने प्रचलन केही समययता नबढेको होइन । यद्यपि ती बजारमार्फत निर्देशित छन् ।

अभिनेता सुनिल थापाको ‘राते काइँला’, राजेश हमालको ‘शङ्कर’, सौगात मल्लको ‘हाकु काले’, दयाहाङ राईको ‘काजी’ लगायतका केही चरित्र दर्शकमाझ लोकप्रिय छन् ।

कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ भन्ने तय निर्देशकले गर्ने गरेका छन् । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउ समेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । अहिले पात्रअनुसार कलाकार छान्न निर्देशक राख्ने क्रम बढिरहेको छ । चलचित्रको भाषामा उनीहरूलाई ‘कास्टिङ डिरेक्टर’ भनिन्छ । 

नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताए । “सुरुआती समयमा निर्देशक बन्न केन्द्रित रहेर काम गरेँ । सायद त्यो समयमा मैले कलाकार डिमान्ड गर्न सक्दिन थिएँ । त्यसैले काम मात्र गरेँ”, निर्देशक राउतले भने, “पछिल्लो दुई चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’ मा भने भूमिका सुहाउँदो कलाकारको अडिसन लिएर नै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ । साथै हामीले यो कलाकार चाहियो पनि भन्न सक्छौँ ।”

निर्देशनको प्रारम्म्भ ‘नोभेम्बर रेन’ मार्फत गर्दा उनले सबै काम आफैँ गर्थे । यद्यपि अहिले कलाकार छनोट गर्ने निर्देशक राख्न थालेको छ । उनले पछिल्लो चलचित्र ‘प्रकाश’ मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा दिएको थियो । 

केही चलचित्रमा पात्र छनोट वा भनौँ निर्देशन गरेका रङ्गकर्मी केदार श्रेष्ठले विशेषतः स–साना पात्रका लागि मात्र निर्देशक आइपुग्ने अनुभव सुनाए । “मुख्य पात्रका लागि कलाकार छनोट भएपछि सहायक र साना पात्र खोज्दै आउनेको सङ्ख्या बढी छ । उहाँहरूसँग चरित्रबारे स्पष्टता पनि कम पाएको छु तर केही पूर्णरूपमा बुझेर पात्र छनोटको जिम्मेवारी नै दिन समेत आउनुहुन्छ”, रङ्गकर्मी केदार श्रेष्ठले भने ।

अभिनेत्री लक्ष्मी बर्देवाले कथापछि पात्र र त्यसको चयन चलचित्रमा महत्त्वपूर्ण हुने बताए । “म अडिसन दिन पुग्छु । हामी कहाँ काम नपाउँदासम्म अडिसन दिने र त्यसपछि नदिने चलन छ । तर हामीले आफू सुहाउँदो भूमिका भए अडिसन दिँदा फरक पर्दैन”, अभिनेत्री बर्देवाले भने, “नेपाली चलचित्रमा अडिसन गर्दा बजारलाई हेरेर निर्देशित हुने सङ्ख्या धेरै छ । प्रक्रियागत रूपमा पूरा नहुँदासम्म धेरै कलाकार अडिसन दिन तयार देखिनु हुन्न ।”

रङ्गकर्मी श्रेष्ठले निर्माताको दृिष्टकोणअनुसार बजार हेर्न स्वाभाविक भए पनि पात्र छनोटको प्रक्रिया विस्तारै सही दिशामा अगाडि बढेको बताए । उनले भने, “अहिले ध्वनि, प्रोडक्सन डिजाइन, कला डिजाइनलगायतको विधामा निर्देशकले जानकार राखेर काम गर्नुहुन्छ । यो सुखद् पक्ष हो । परिवर्तन हुँदैछ ।”

निर्देशक राउतले बजारमा हुने व्यापारको अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताए। “कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो तर हामी बजारको निर्देशन भन्दा बाहिर धेरै जान सक्दैनौँ । किनकि सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ”, निर्देशक राउतले भने, “व्यावसायिक पाटोलाई विशेष महत्त्व दिएका चलचित्र अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन् । यद्यपि कलात्मक पाटो हावी भएको चलचित्रमा भने प्रयास भएका छन् ।”

कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुनेगरेको छ ।

बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप मनोरञ्जन
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक शनिबार, जेठ ३२, २०८२
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक बुधबार, जेठ २९, २०८२
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान शनिबार, जेठ ११, २०८२
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।। आइतबार, जेठ ५, २०८२
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन आइतबार, जेठ ५, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
सेल्फि हान्नेको ओइरो
सेल्फि हान्नेको ओइरो शनिबार, वैशाख २७, २०८२
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।। शनिबार, वैशाख २७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्