Top Navigation
Main Navigation
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • जित्नेको हाँसोमा आँशुको माहोल
जित्नेको हाँसोमा आँशुको माहोल
श्याम स्मृत
श्याम स्मृत शनिबार, वैशाख १६, २०८०

काठमाडौं। नेपाली आधुनिक संगीतको आकाशमा ख्यातिप्राप्त गायिका देविका वन्दनाको गायनमा ईश्वरीय बरदान छ। जसको मेलोडी गायनमा विश्व लोभिएको छ। भगवान हार्ने गरेको छ। क्यान्सर जस्तो डरलाग्दो रोगलाई हाँसेरै जित्न सफल नाममा करोडौ मुटुहरुको ढुकढुकी बनेकी देविका वन्दना बन्न पुगेको हो। जसले क्यान्सरलाई जितेर आफूलाई देविका वन्दना हुनुको गौरब तथा शान राख्न सफल बनेकी छन्।  

Devika Bandana 11682783606.jpg

क्यान्सर र क्यान्सरजस्तै हार्नेहरुलाई आँसुमा डुबाएको अनेकन् रोगले कतिपय घरलाई पिरलेको देखेकी उनले भने यसलाई पनि जितेकी छन्। त्यसैकारण त जित्नेको हाँसो नामक किताव नै तयार भएको छ। यस कितावको केही दिनअघि मात्र काठमाडौंको नक्साल स्थित एक होटलमा सवैलाई आँशुमा डुवाएर विमोचन भएको छ। देविका वन्दनाको त्यो भयानक अवस्थालाई जस्ताको तस्तै चिरेर विमोचित भएको जित्नेको हाँसो किताव विमोचनमा नरुने शायदै कमै होलान ?

इतिहासको कालखण्डमा युगिन गायिका बन्न सफल गायिका देविका वन्दना सयौं सुगम, फिल्मी, भक्ति, राष्ट्रिय भावनाका गीत गाएर आफुलाई हरेकपटक उच्च कोटीको गायिकाका रुपमा प्रस्तुत गर्दै आइन्। नेपालभाषा र नेपाली भाषाका गीतका साथमा हिन्दी गीतसमेत गाएर गायन सांगीतिक यात्रालाई उच्च शिखरमा पुर्याएकी यी महान गायिका देविका वन्दनालाई कोरोनाको महामारीको बेला उनी भने स्तन क्यान्सरको फेला परिन्। शुरुका दुखाइलाई देविकाले सामान्य ठानिन्, दुखाइ हराउने र एन्टियोबाइटिक औषधि खाएर टार्दै गइन्। तर, जब दुखाइ र गिर्खाले पछ्याइरहे, आफूलाई भन्दा बढी माया गर्ने उद्योगी–व्यवसायी तथा बुटवलका प्रसिद्ध राजनेता पति महेशमान सिंह र परिवारले उनलाई परीक्षण गर्न कर गरे। परीक्षणबाट थाहा लाग्यो उनलाई स्तन क्यान्सर भइसकेछ।

Nepal Oil Corporation

सामान्य पेट दुखाइका लागि राष्टझ प्रमुख, उपप्रमुख, सरकार प्रमुख तथा नेता र पहुँच हुनेहरु विदेश धाइरहेका बेला देविका भने स्वदेशमै क्यान्सरको उपचार गरेर स्वस्थ भइन् र ती सबैबारे डायरीमा टिपोट गर्दै गइन्। उनको डायरीलाई सबैले बुझ्ने भाषामा अग्रज लेखक चिरन बरालले लेख्नेदेखि प्रकाशन गर्नेसम्मको कार्य गरी तयार भयो क्यान्सरलाई जितेपछिको देविकाको आत्मकथा जित्नेको हाँसो। जसको  ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंशले विमोचन गरेका थिए। देविकाको आत्मकथाको विमोचनमा उनको कथा र पीडा सुनेपछि कार्यक्रमका सहभागीले हलमै आँसु झारेका थिए, जसका कारण कार्यक्रम हल आँसुमय बन्न पुगेको त्यो पल तथा क्षण अत्यन्त गंभीर बन्यो ।

"क्यान्सरबारे धेरै सुनेको थिएँ। तर, मलाई नै क्यान्सर भइसकेछ भन्ने सुन्दा पत्याउनै गाह्रो भयो, छक्क परेँ। दिल्ली गएर उपचार गर्ने कि भन्ने कुरा भयो। तर, नेपाल क्यान्सर अस्पतालमै उपचार गरेँ। उपचारका क्रममा केमियो थेरापी गर्दा कपाल पूरै झड्डयो। पछि अप्रेसन भयो। अबचाहिँ पूर्णरुपले ठीक छु। कपाल पनि आइसक्यो" देविकाले सामान्य हुने प्रयास गर्दै कार्यक्रममा सुनाइन्-"क्यान्सरसँग जुधिरहेको बेलामा पनि मैले  काम गर्न छोडिनँ। स्टुडियोमा गएर गीत रेकर्ड गराईरहेँ, आर्ट गरिरहेँ, कुकिङ र ह्यान्डीक्राप्टको काम पनि गरिरहेँ। मलाई माफ गर्नुहोला मैले त्यो बेलामा अस्वस्थताबारे कसैलाई भनिनँ। किनभने तपाईंहरु कसैलाई पनि चिन्ता र पीरमा पार्न चाहिनँ। म कसैको विचरा हुन सक्दैन थिएँ। कसैको विचरा होइन म।" देविकाले आत्मविश्वासले नै  क्यान्सरलाई जित्न सकेको बताइरहँदा हलमा प्रमुख अतिथि मह जोडीदेखि लिएर सबैजना सुक्क सुक्क गरिरहेका सुनिन्थे।

Devika Bandana 51682783610.jpg

त्यसलगत्तै क्यान्सरपछि गरिएको उपचार र उनका गतिविधि अनि अभिव्यक्ति मिसिएको भिडियो फुटेज देखाइँदा हलमा सुनिएको सुक्क सुक्कको आवाज घुक्क घुक्कमा परिवर्तन हुन पग्यो। यो वातावरणलाई चिर्दै कार्यक्रम सञ्चालक नरेश भट्टराई कार्यक्रमलाई नयाँ मोड दिने कोशिस गरे। जसअनुसार नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले क्यान्सरजस्तो रोगसँग लडिरहेका बेलामा पनि गीत रेकर्ड गरेर नयाँ कीर्तिमान राखेकाले उनलाई प्राप्त यस विषयको World Books of Records  हस्तान्तरण
गरिन्।

कार्यक्रममा सार्वजनिक पुस्तकको समीक्षा गर्दै समीक्षक प्रकाश सायमीले जित्नेको हाँसो देविकाको तेस्रो जन्म पुनर्जन्म भएको चर्चा गरे। यो एउटा कुशल गायिकाले मात्र लेख्न सक्ने कथा हो। नेपाली आत्मकथामा यो पुस्तक महत्वपूर्ण छ। यसमा देविका वन्दनाको आफ्नै आत्मा छ, सायमीले भने। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले देविकाको कथाले ऊर्जा भरिएको महशुस भएको बताइन्। हामी महिला सशक्तीकरणको कुरा गरिरहेका हुन्छौं, उहाँले प्रमाणित गरेर देखाइसक्नुभएको छ। कुकिङ, आर्टिस्ट, घर सिँगार्ने, परिवार र बच्चाको रेखदेख गर्ने अनि आफ्नो कर्म पनि गर्ने उहाँ हामी सबैका लागि प्रेरणा बन्नुभएको छ। उहाँबाट मलाई ठूलो ऊर्जा मिलेको छ, राणाले भनिन्।

Devika Bandana 41682783609.jpg

अभिनेत्री वसुन्धरा भुसालले देविकाले डक्टर छोरी घरमै लिएर आएको बेला उनलाई क्यान्सर भएको थाहा भएको र छानाबाट खसेजस्तो भएको बताइन्। क्यान्सर भएको रहेछ, तर त्यस्तो कोरोनाको बेलामा पनि उनी गीत गाइरहेकी हुन्थिन्। मेरो कारणले कसैलाई पीर नहोस् भनेर नभनेको दिदी भनिन्। उनले भनेजस्तै उनी गएपछि म रातभरि सुत्न सकिन वसुन्धराले भक्कानिँदै भनिन् सकारात्मक सोचका कारण उनले क्यान्सरलाई सजिलै जितिन्। कार्यक्रमको माहोल फेरि आँशुमय हुन पुग्यो।  त्यसलाई चिरेर हसाउने कोशिस गर्दै मदनकृष्ण श्रेष्ठले भने हिजोआज म रुन्चे कलाकार भएको छु। आज यहाँ रोएँ भने मलाई सबैजना मिलेर गिज्याउनु। तर, मदनकृष्णले आफुलाई धेरै बेर सम्हाल्न सकेनन्।

मदनकृष्णका कुराले आंशुमय बन्न पुगेको कार्यक्रमलाई सम्हाल्ने कोशिष गर्दै हरिवंश आचार्यले भने रुने कथा मसँग पनि छ, तर म एक्लै रुन्छु। अघि देविकाजीको डकुमेन्ट्री हेर्ने बेलामा पनि एक्लै रोएँ। अरुले देख्लान् भनेर आँशु पुछिन र हिजोआज रुने कारण धेरै छैन। देविका मार्वलले बनेको राम्रो मान्छेजस्तो लाग्थ्यो, मार्वलको देवी हुनुहुँदो रहेछ। पछिल्लो समयमा आएर देवीलाई बोका काटेर चढाएको जस्तै, पूmलमालाले हानेजस्तै, भेटीले हानेजस्तै उहाँलाई क्यान्सरले हानेको रहेछ। तर, मार्वलको देवीले पटक्कै रियाक्ट गर्नुभएन। कसैलाई थाहा पत्तो नदिकन त्यत्रो बज्रपातलाई जित्न सफल हुनुभयो। तपाईं साँच्चिकै देवी हुनुहुँदो रहेछ र सरस्वती हुनुहुँदो रहेछ। देविकाको आत्मकथा नेपालीसँगै अंग्रेजी भाषामा पनि सार्वजनिक गरिएको छ। माधवकुमार पौडेलद्वारा अनुवाद गरिएको यसको अंग्रेजी संस्करणलाई विनर्स गेल नाम दिइएको छ। पुस्तक बुक हिलले प्रकाशन गरेको हो।

Devika Bandana 31682783607.jpg

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत  शुक्रबार, साउन १७, २०८२
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक आइतबार, साउन १२, २०८२
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक सोमबार, साउन ६, २०८२
दिदीभाइको कथानकतामा गजबको गीत  सार्वजनिक
दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक शनिबार, असार २१, २०८२
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा बुधबार, असार १८, २०८२
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक शनिबार, जेठ ३२, २०८२
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक बुधबार, जेठ २९, २०८२
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान शनिबार, जेठ ११, २०८२
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।। आइतबार, जेठ ५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै
  • नंः २ 'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
  • नंः ३ विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्