Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • ग्रामीण क्षेत्रका दर्शक लक्षित नेपाल ग्रामीण चलचित्र महोत्सव 
ग्रामीण क्षेत्रका दर्शक लक्षित नेपाल ग्रामीण चलचित्र महोत्सव 
श्याम स्मृत
श्याम स्मृत बिहीबार, जेठ २५, २०८०

काठमाडौँ। शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार ग्रामीण परिवेशमा बनेका फिल्महरू महोत्सवका लागि छनोट भएका हुन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘प्रि–इभेन्ट’ कार्यक्रममा महोत्सवमा छनोट भएका फिल्मबारे जानकारी दिनुका साथै ति फिल्मका सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । साथै, आयोजकले जुरी टिमलाई समेत चिनाएको छ । नेपाल चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा, अभिनेता सुवास गजुरेल र सम्पादक भरत रेग्मी जुरी टिममा छन् ।

शुक्रवार र शनिवार हुने महोत्सवमा गतवर्षको हिट फिल्म ‘झिंगेदाउ’देखि ‘प्रकाश’सम्म प्रदर्शन गरिनेछ । त्यस्तै, फिल्महरू ‘डेसान’, ‘ल्हुई’, ‘निरमाया’, ‘चरित्र’, ‘आफ्नै कर्म’, ‘मेरी हजुरआमा’, ‘साईत’, ‘सेती दिदी’, ‘कहानी एकादेशको’, ‘परिवर्तन’, ‘दुर्गामाण्डु’, ‘ऐना’, ‘हुक्का’ महोत्सवमा प्रदर्शन गरिनेछ । साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को भने महोत्सवमा प्रिमियर हुनेछ ।

नेपाल चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवं नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरी लगायतले महोत्सवको सफलताको शुभकामना दिँदै छनोट भएका फिल्मको प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले यस प्रकारका महोत्सवले समग्र नेपाली फिल्मको विकासमा भूमिका खेल्ने धारणा राखेका थिए।

महोत्सवमा लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ समेत त्यहाँ हुँदैछ । त्यस्तै, अभिनेता बुद्धि तामाङ र मुकुन भुसालले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयमा विद्यार्थीहरूसँग भलाकुसारी गर्नेछन् । महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय ३ जना कलाकारहरूलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ।

आयोजकका अनुसार, उत्कृष्ट फिल्मलाई अवार्डसहित पुरस्कार वितरण गर्दै शनिवार बेलुका महोत्सव समापन गरिनेछ। चलचित्र विकास बोर्डसँगको सहकार्यमा हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्मकर्मीहरू सहभागी हुनेछन् । महोत्सवको पहिलो सँस्करण गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा गरिएको थियो । हल नभएका ग्रामीण क्षेत्रका दर्शकलाई लक्षित गर्दै यो महोत्सवको सुरुवात गरिएको हो ।
 

neruff pre event1686235267.jpg

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्