Top Navigation
Main Navigation
मंगलबार, माघ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, माघ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • नीरफूलको प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी
नीरफूलको प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ ३०, २०८०

काठमाडौ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भएका छन् ।

सोमबार आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताएको हो ।

“चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन्। नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका माध्यमले दर्शाइएको छ”, उनले भने, “वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ । यो यथार्थ चित्रण हो ।”

अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतिकरण र मौलिकताको प्रशंसा गर्दै उनले भने , “नेपाली चलचित्रमा मौलिकता भेटिएन्, आफ्नै कथा छैन रु भन्ने गुनासोको जवाफ बनेको छ नीरफूल । हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ । यसमा भूकम्पको समयमा एउटा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको छ ।”

अभिनेत्री मानन्धरले चलचित्रमा देखाइएको कला र संस्कृतिको समेत सहराना गरिन् । स्थानीय तहदेखि राष्ट्रियस्तरसम्मको समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालको भनाइ थियो । “यसमा हाँसो र रोदन दुवै छ। कलाकारले पात्र बाँचेका छन्, गीत-सङ्गीतमा संस्कृति झल्किन्छ । यत्तिको चलचित्र हेर्न दर्शक चलचित्र भवनसम्म आउनुपर्छ”, उनले भने।

चलचित्रका निर्देशक फूलमान वलले दर्शकझैँ निम्तालु अतिथिबाट प्रतिक्रिया पाएको जानकारी दिए । “नयाँ स्वाद, फरकपन पाएको प्रतिक्रिया पाएको छु । हेर्न आउनुभएका दर्शकले रूचाउनुभएको छ”, उनले भने ।

आयोजित विशेष प्रदर्शनीमा पूर्वमन्त्री बुद्धिमान तामाङ, परशुराम तामाङ, सांसद रोशन कार्की, युवासङ्घका अध्यक्ष छितिज थेवे, पूर्वराजदुत डा गणेश योञ्जन, अभिनेत्री पल्पसा डङ्गोल, अभिनेता गजित विष्ट, निर्देशक एवं अभिनेता दिनेश डिसी, पत्रकार ऋषि धमला, उमेश चौहानलगायतले चलचित्र हेरेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०८:४९
##neerphool #नीरफूल
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक बिहीबार, साउन २३, २०८२
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’ शनिबार, साउन १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
  • नंः २ १६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
  • नंः ३ आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै
  • नंः ४ उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
  • नंः ५ ६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्