Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • अष्ट्रेलियामा काठमाडौं उपत्यका र यसको रक्षार्थ खडा गरिएका द योगिनी 
अष्ट्रेलियामा काठमाडौं उपत्यका र यसको रक्षार्थ खडा गरिएका द योगिनी 
श्याम स्मृत
श्याम स्मृत शुक्रबार, असार ८, २०८०

काठमाडौं। नेपाल मण्डलमा बौद्ध शिक्षाको अध्ययन अध्यापन त अभ्यास गर्ने प्राचिन परम्परागत केन्द्र बहा–बहीको उदगम स्थलको रुपमा रहेको भनी इतिहासकारहरुले इंगित गरेको काठमाडौंको पूर्वी उत्तर क्षेत्रमा रहेको गुंबहाः (गुंबिहार) र त्यहाँ रहेको बज्रयोगिनी सहित अन्य चार योगिनीको तथ्यहरुलाई बुनेर तयार पारिएको डकुमेन्ट्री "द योगिनी"को प्रोमो र पोस्टरको अष्ट्रेलियाको सिड्नी शहरमा रिलिज गरिएको छ । क्याम्प्सी सहरको एक कम्युनिटी हलमा गुथि अष्ट्रेलियाको आयोजनामा उक्त कार्यक्रम भएको हो।

नेपालको कला संस्कृतिमा नेवार कला संस्कृति निकै लामो इतिहास बोकेको गौरवमय परम्परा रहेको र यसमा पनि ३३ सय वर्षभन्दा पुरानो इतिहास रहेको बज्रयोगिनी क्षेत्र र वज्रयोगिनी बारे बनाइएको उक्त डकुमेन्ट्री नेपालको इतिहास अध्ययन गर्नेहरूका लागि अत्यन्त उपयोगी तथा महत्वपूर्ण हुने जनाएको छ।  कार्यक्रममा गुथि अष्ट्रेलियाका अध्यक्ष उमेश नापितले "द योगिनी" डकुमेन्ट्रीको पोस्टर अनावरण गर्दै गुठी अस्ट्रेलिया यस किसिमको सम्पदा संस्कृतिको प्रचार प्रसार कार्य गर्न नै स्थापना भएको बताए ।  

355399823_1043541627024785_2701580696262640858_n1687536370.jpg

गुठी अस्ट्रेलियाया पूर्व अध्यक्ष तथा सल्लाहकार पद्म शाक्यले  महर्जन रत्न नेपाल भाषा अनि नेपाली सिने क्षेत्र तथा भाषिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएका व्यक्ति भएको र उनीसँग पहिला पनि मुद्दा  चलचित्रमा गुठी अस्ट्रेलियाले सहकार्य गरेको स्मरण गर्दै "द योगिनी" डकुमेन्ट्रीमा पनि सहकार्यगर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा पोस्टर विमोचनपछि  प्रोमो  रिलिज र बज्रयोगिनी जात्रा तथा  बज्रयोगिनीको चर्या गीत पनि प्रस्तुत गरिएको थियो ।

प्रस्तुतिपछि त्यस कम्युनिति हल प्रदान गर्नुहुने फादर ट्रेवोरले बहुसांस्कृतिक देश अस्ट्रेलियामा "द योगिनी" रिलिज हुनु राम्रो कार्य भएको सर्‍हाना गर्दै आफू त्यस डकुमेन्ट्रीमा देखाइएको दृश्यहरुबाट प्रभावित भएको बताए । उनले वज्रयोगिनी चर्या नृत्यको निकै प्रशंसा गरे । "द योगिनी"का लेखक तथा निर्देशक महर्जन रत्नले काठमाडौं उपत्यका र यसको रक्षार्थ खडा गरिएका पाँच योगिनी र त्यसको महत्त्व बारे चर्चा गर्दै साँखुको गुंबहा  तथा त्यहाँ रहेको बज्रयोगिनीलाई कुन कुन सम्प्रदायले कसरी मान्छन् र यहाँको धार्मिक सांस्कृतिक र पुरातात्वीक महत्व बारे चर्चा गर्दै डा.बाल गोपाल श्रेष्ठको Sacred Town of  Sankhu लाई मूल स्रोतको रुपमा लिएर डकुमेन्ट्री निर्माण गरेको बताए ।

अमेरिकाको ह्वाइट फेदर प्रोडक्सनसँग मिलेर सुभाय् मिडियाले यस डकुमेन्ट्रीको निर्माण गरेको हो । जसमा लोकप्रिय कलाकार तथा नृत्यकार रन्जु श्रेष्ठले बज्रयोगिनी चर्या नृत्यका साथै यस डकुमेन्ट्रीमा एसोसिएट प्रोड्युसरका रूपमा कार्य  गरेका छन्। बिशेष गरेर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई लक्षित गरेर निर्माण गरिएको यस डकुमेन्ट्रीले  नेपाली कला संस्कृतिलाई बिदेशमा प्रचार प्रसार गरी पर्यटन प्रवद्धनमा पनि महत्त्वपूर्ण भूकिका खेल्ने आशा गरिएको छ।  कार्यक्रम  गुठीका भाषा संस्कृति अध्ययन समितिका संयोजक श्याम सैंजुको संयोजकत्वमा भएको थियो।

355393382_799528721549745_6488405382547030471_n1687536372.jpg

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्