Top Navigation
Main Navigation
बिहीबार, माघ ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, माघ ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति तथा संवाद 
महिला फिल्मकर्मीका लागि आईएलओ नेपाल र युएन वुमनको नीति तथा संवाद 
श्याम स्मृत
श्याम स्मृत शुक्रबार, असार ८, २०८०

काठमाडौं । नेपाली चलचित्र उद्योगमा काम गरिरहेका महिला फिल्मकर्मीहरुका लागि आईएलओ नेपाल र युएन वुमनले मर्यादित रोजगारी सिर्जना तथा दिगो विकासका लागि नीति तथा संवाद सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय श्रम वकालत संस्था आईएलओ र सरकारी तवरबाट नीति निर्माण गर्ने तयारी समेत गरेका अवस्थामा नीति तथा संवाद सम्पन्न गरेको हो।

नेपाल सरकारको राष्ट्रिय योजना आयोगको सहकार्यमा आईएलओ नेपाल र युएन वुमनले फिल्म उद्योगमा काम गरिरहेको महलाहरुको अवस्था र उनीहरु मर्यादित पेशा वारे एक अन्र्तक्रिया कार्यक्रम नीति तथा संवाद बिहीवार काठमाडौं म्यारियट होटलमा सम्पन्न भएको हो । कार्यक्रममा फिल्म उद्योगमाथी अध्ययन गरेर तयार पारेको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । जसमा नेपाली फिल्मको अवस्था, महिलाहरुको अवस्था, महिलाहरुको मर्यादित पेशा र श्रमको उचित मूल्य तथा महिलाहरुको रोजगारीको सुनिश्चितता वारे विषयहरु समावेश भएको थियो ।

फिल्म उद्योगका महिलाहरुलाई मर्यादित पेशा वारे सजग बनाउँदै दिगो रोजगारीको सिर्जनाका लागि आईएलओ नेपाल र युएन वुमनले सरकारबाटै नीति निर्माण गरि कार्यक्रम ल्याउनु पर्ने अवस्था सिर्जनाका लागि कार्यक्रमको आयोजना गरेको आईएलओ नेपालकी प्रतिनिधि कृपा बस्नेतले बताईन् । फिल्म उद्योग र महिलाहरुको मर्यादित पेशा वारे प्रतिवेदन प्रस्तुत पछि उपस्थित व्यक्तित्वहरु र संघ संस्थाका प्रतिनिधिले सुझाव समेत पेश गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयाल र सदस्य सचिव तोय नारायण ज्ञवालीले महिला चलचित्रकर्मीको अवस्थालाई बुझेर दिगो मर्यादित पेशाका लागि थप कार्यक्रमहरु सरकारले निर्माण गर्न सकिने बताए ।

यस्तै कार्यक्रममा बरिष्ठ कलाकार बसुन्धरा भुषाल, कलाकार तथा नृत्य निर्देशक पवित्रा आचार्यलगायतले चलचित्र उद्योगमा आफुले भोगेका अनुभव सुनाएकी थिईन् । यस्तै नेपाल फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीलगायतले प्रतिवेदनमा केही गलत दाता र जानकारी रहेको भन्दै सच्याउन आग्रह गर्दै सुझावहरु दिएका थिए । सरकारले फिल्म नीति पास नगर्नु र उद्योगमो मान्यता दिएपनि सेवा सुविधा नदिँदा फिल्म उद्योगमा दिगो राजगारी सुनिश्चितता नभएको समीर बलामीले बताए ।

आईएलओ नेपाल र युएन वुमनले संयुक्त रूपमा आयोजना गरेको नीति संवाद कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा महिलाका लागि मर्यादित रोजगारीका अवसरहरू बढाउन सरकारका प्रतिनिधिहरू, फिल्म क्षेत्रका चलचित्रकर्मी, नेपाली चलचित्र उद्योगसँग सम्बन्धित विभिन्न सरोकारवालाहरू र विकास निकायका प्रतिनिधिहरूलाई भेला गराइएको थियो । कार्यक्रममा आईएलओका कन्ट्रि डाईरेक्टर नुमान ओज्कानको पनि उपस्थिती रहेको थियो ।

यस्तै महिला बालबालिका मन्त्रालयकी शाखा अधिकृत, श्रम मन्त्रालयकी शाखा अधिकृत, शिक्षा मन्त्रालयकी शाखा अधिकृत, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयकी शाखा अधिकृत, पर्यटन मन्त्रालयकी शाखा अधिकृत, राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक, अर्थ मन्त्रालयकी शाखा अधिकृत, युनेस्कोका प्रतिनिधि, प्लान ईन्टरनेशनलकी प्रतिनिधि, निर्देशक समाजका प्रतिनिधि, नृत्य संघका प्रतिनिधिलगायतको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।

Photo-Dias-22 June1687540394.jpg

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २२:५४
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक बिहीबार, साउन २३, २०८२
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’ शनिबार, साउन १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
  • नंः २ यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
  • नंः ३ प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ विभाजित कांग्रेस: वैधानिकतामा निर्वाचन आयोगको कठिन परीक्षा
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्