Top Navigation
  • Contact
Main Navigation
बुधबार, असार ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, असार ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तपाईँहरुले भनेकै आधारमा राजीनामा म दिन्न, तर मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिन : प्रधानमन्त्री दाहाल
तपाईँहरुले भनेकै आधारमा राजीनामा म दिन्न, तर मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिन : प्रधानमन्त्री दाहाल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार २५, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताएको छ।

लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उनले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताएको हो।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्नसमेत गरे । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले मतभेदका पनि आफ्ना सीमा र मर्यादा रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “मतभेदका पनि आफ्ना मर्यादा हुन्छ, आवेग र हतारमा टिप्पणी नगरौँ ।” दलगत स्वार्थको परम्परागत प्रदर्शनबाट जनता आजित भइसकेको कुरालाई नबिर्सन समेत उनले आग्रह गरे ।

प्रधानमन्त्री दाहालले स्पष्टीकरणको मौका नदिई लगातार राजीनामा मागिनु संसदीय मर्यादाभित्र नरहेको स्पष्ट पारे । उनले भने, “तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो ? म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन ।”

प्रतिपक्षलाई प्रश्न उठाउने हक भएको उनको भनाइ छ। उनले भने, “राजीनामा नदिएसम्म संसद् चल्न दिँदैनौँ किन भनियो? के यही हो संसदीय अभ्यास? प्रतिपक्षलाई हक छ म मान्छु । उहाँहरूले प्रश्न उठाउन सक्नुहुन्छ । नैतिकताको प्रश्न उठाउन पाइन्छ।”

संसद्मा पटक पटक नैतिकताको विषय उठेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “नैतिकताका कसले देखायो, कसले देखाएन, म इतिहास हेर्न अनुरोध गर्दछु।”  विगतमा आफूले दुई पटक नै नैतिकताको धरातलमा टेकेर राजीनामा दिएको उनले स्मरण गरे।

उनले कोही कसैले भनेकै आधारमा राजीनामा नदिने बरु आफ्नो अन्तरआत्माले भने एक मिनेट पनि पदमा नबस्ने स्पष्ट पारे।  प्रधानमन्त्री दाहालले भने, “तपाईँहरुले भनेकै आधारमा राजीनामा म दिन्न, तर मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिन।”

उनले आफू प्रधानमन्त्रीको पदमा रहँदासम्म देश, जनताको पक्षमा काम गरेर देखाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले सरकार मिटर ब्याज पीडितको पक्षमा रहेको र यो विषय धेरै पहिल्यैदेखि उठेको बताए ।

उनले परिवर्तनको रक्षा, सुशासन र शान्ति, बृहत्तर राष्ट्रिय हित र राष्ट्रियता एवं सार्वभौमसत्ताको विषयमा आफू प्रतिबद्ध रहेको र त्यसमा निष्ठावान रहेको  दोहोर्याए । उनले प्रितम सिंहका बारेमा लेखिएको पुस्तक विमोचनमा क्रममा व्यक्त भएका भाषाप्रति दुःख व्यक्त गरे।

सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको बताए। प्रधानमन्त्रीले भने, “यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के? थोरै भावनामा आएँ। मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ ।”

प्रधानमन्त्रीको रुपमा आफूले त्यस्तो नबोल्नुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भने “म त्यो दिन प्रधानमन्त्री भएर बोलिन। म ज्ञानुको बुबा भएर बोल्न पुगेँ। त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगे।” 

उनले आफ्नो स्वभावजन्य भावुकताका लागि आत्म समीक्षा गरेको बताए । प्रधानमन्त्री प्रचण्डले आत्म समीक्षासँगै आफूका बारेमा प्रश्न उठाउनेमाथि पनि थप केही प्रश्न गरे ।

“यसबीचमा प्रश्न उठाइयो, मलाई प्रधानमन्त्री कसले बनायो ? नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भन्ने किसिमले प्रश्न उठ्यो। म यो प्रश्न उठ्दै गर्दा म भित्र धेरै कुरा खेले। मलाई प्रधानमन्त्री बनाउन लिखित रूपमा हस्ताक्षर गर्नेहरूबाटै यो प्रश्न आएको देख्दा म गम्भीर भएको छु”, उनले भने ।

आफू प्रधानमन्त्री कुन परिवेशमा भए भन्ने कुरा सबैभन्दा बढी हेक्का प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई थाहा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “कसले रोक्न खोजेको थिए भन्ने थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो भन्नेमा मभित्र प्रश्न उठेको छ ।”

प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिएको छ ।

राष्ट्रियसभाका पूर्वसदस्य लालकाजी गुरुङको निधनप्रति पनि बैठकले शोक प्रस्ताव पारित गरेको छ । विसं २०४८ मा नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित गुरुङको यही असार २३ गते निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २९ गते शुक्रबार अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १९:४६
##PushpaKamalDahal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि... बुधबार, असार २४, २०८३
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा आइतबार, असार ७, २०८३
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
  • नंः २ सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
  • नंः ३ कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
  • नंः ४ कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
  • नंः ५ दर्जनका दर्जन सल्लाहकारहरु विशिष्ट श्रेणीको तलब र सुविधा पाउने गरि नियुक्त गरिएको भन्ने छ यो के हो ?
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्