Top Navigation
Main Navigation
बिहीबार, माघ ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, माघ ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • नेपाली फिल्म क्षेत्रमा मिडियाको प्रभाव बलियो
नेपाली फिल्म क्षेत्रमा मिडियाको प्रभाव बलियो
श्याम स्मृत
श्याम स्मृत शनिबार, असार ३०, २०८०

​काठमाडौँ। आम नेपाली चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ।

काठमाडौं अनामनगर स्थित सिलौटीमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य केएल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक नवल नेपाल र पत्रकार तथा निर्देशक फूलमान बल लगायतले आफ्ना भनाइहरु राखेका थिए ।

निर्देशक नवल नेपालले चलचित्र पत्रकार र कलाकारहरु दुबैले एक अर्कालाई जस्तो व्यवहार गर्यो त्यस्तै व्यवहार आफूलाई पनि आउँछ भन्ने वुझ्नुपर्ने बताउँदै उनले मिडियाले फिल्म क्षेत्रमा योगदान पुर्याएका पुराना कलाकर्मीहरुलाई पनि संझनुपर्ने आवश्यकता औल्याएका थिए ।

नायिका केकी अधिकारीले नेपाली फिल्म क्षेत्रमा मिडियाको प्रभाव बलियो रहेको बताइन् । उनले भनिन्,‘नेपाली फिल्म क्षेत्रका अहिलेका अब्बल निर्देशकहरु पनि पत्रकारिता गर्दै नै आएका हुन् । फिल्मको विकासमा मिडियाको प्रभाव बलियो छ। तर, मिडियाले विश्वसनियताको कुरालाई पनि गुमाउन हुदैन । पाठकमा मिडियाप्रति विश्वास भएन भने त्यसले प्रभाव पार्न सक्दैन।’

निर्देशक दीपाश्री निरौलाले अहिले पनि फिल्मीकर्मी र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तै भएको बताउँदै उनले, अहिले प्रत्येक मानिस नै मिडिया जस्तो भएको भन्दै पत्रकारहरुले गहिराइमा पुगेर समाचार सम्प्रेषण गर्नुपर्ने तर्क गरिन्। 

उनले, पहिले पहिले आफू अन्तरवार्ता दिन भनेपछि उत्साहित हुने गरेको तर अहिले मिडियाको प्रश्न बन्दुक सोझ्याए जस्तो लाग्न थालेको सुनाइन्। उनले भनिन्, ‘पहिले पहिले कलाकारहरुलाई मिडियाले टिकाउने गर्थे । तर, अहिले विकाउने गर्छन्। पहिले अन्तरवार्ता आउँदा अरुलाई सुनाउन मन लाग्थ्यो । अहिले लुकाउन मन लाग्छ । यसैले, मिडियाले सत्य तथ्य वुझेर लेखिदिए हामीलाई बाच्न सजिलो हुन्थ्यो ।’

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले अहिले पूर्वाग्रही ढंगबाट समाचार आउने गरेको भन्दै मिडियाले सत्यतथ्य वुझेर समाचार लेखिदिएको खण्डमा कलाकारहरुले न्याय पाउने तर्क गरे । उनले, पेशाकर्मीहरुको परिचय हलबाट एउटा र मिडियाबाट अर्को रुपमा जाने भन्दै मिडियाको प्रभाव नेपाली फिल्ममा सबैभन्दा बढी भएको बताए।

deepa shree1689438519.jpg

पत्रकार तथा निर्देशक फूलमान बलले मिडियाकर्मी र फिल्मीकर्मीबिच दुरी परिस्थितीले सिर्जना गरेको बताए । उनले भने, "फिल्म क्षेत्र आफैमा व्यवसायिक छैन भने मिडिया पनि कसरी व्यवसायिक हुन सक्छ र  हामी एउटा फिल्म राम्रो बन्यो भन्दैमा फिल्म क्षेत्र नै उभो लाग्यो भन्न सक्दैनौं । यसैले, सबैभन्दा पहिला फिल्म क्षेत्रलाई नै विकास गर्नका लागि सबैले लाग्न आवश्यक छ।"

निर्देशक बलले अब कुनै पनि कलाकारलाई स्टार बनाउनमा कुनै मिडिया हाउसले भन्दै पनि कुनै एक पत्रकारले सक्ने तर्क गरे। फिल्मीकर्मी र पत्रकारहरुबिच आत्मियता भएकै कारण आज पनि दुरी खासै नबढेको उनको भनाई थियो ।

चलचित्र विकास बोर्डका सदस्य के।एल वुढाथोकीले फिल्म क्षेत्रको विकासमा मिडियाले दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औल्याएका थिए।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय कार्यक्रम उपाध्यक्ष कुवेर गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मिडियाकर्मी र फिल्मीकर्मीले एक अर्कासँग दुरी बनाएर अगाडि जानै नसक्ने बिषयमा अधिकांश वक्ताले भनाई राखेका थिए।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले संघले हरेक महिना एउटा बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताए।

​

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक बिहीबार, साउन २३, २०८२
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’ शनिबार, साउन १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
  • नंः २ यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
  • नंः ३ प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ विभाजित कांग्रेस: वैधानिकतामा निर्वाचन आयोगको कठिन परीक्षा
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्