Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • नेपाली फिल्म क्षेत्रमा मिडियाको प्रभाव बलियो
नेपाली फिल्म क्षेत्रमा मिडियाको प्रभाव बलियो
श्याम स्मृत
श्याम स्मृत शनिबार, असार ३०, २०८०

​काठमाडौँ। आम नेपाली चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ।

काठमाडौं अनामनगर स्थित सिलौटीमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य केएल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक नवल नेपाल र पत्रकार तथा निर्देशक फूलमान बल लगायतले आफ्ना भनाइहरु राखेका थिए ।

निर्देशक नवल नेपालले चलचित्र पत्रकार र कलाकारहरु दुबैले एक अर्कालाई जस्तो व्यवहार गर्यो त्यस्तै व्यवहार आफूलाई पनि आउँछ भन्ने वुझ्नुपर्ने बताउँदै उनले मिडियाले फिल्म क्षेत्रमा योगदान पुर्याएका पुराना कलाकर्मीहरुलाई पनि संझनुपर्ने आवश्यकता औल्याएका थिए ।

नायिका केकी अधिकारीले नेपाली फिल्म क्षेत्रमा मिडियाको प्रभाव बलियो रहेको बताइन् । उनले भनिन्,‘नेपाली फिल्म क्षेत्रका अहिलेका अब्बल निर्देशकहरु पनि पत्रकारिता गर्दै नै आएका हुन् । फिल्मको विकासमा मिडियाको प्रभाव बलियो छ। तर, मिडियाले विश्वसनियताको कुरालाई पनि गुमाउन हुदैन । पाठकमा मिडियाप्रति विश्वास भएन भने त्यसले प्रभाव पार्न सक्दैन।’

निर्देशक दीपाश्री निरौलाले अहिले पनि फिल्मीकर्मी र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तै भएको बताउँदै उनले, अहिले प्रत्येक मानिस नै मिडिया जस्तो भएको भन्दै पत्रकारहरुले गहिराइमा पुगेर समाचार सम्प्रेषण गर्नुपर्ने तर्क गरिन्। 

उनले, पहिले पहिले आफू अन्तरवार्ता दिन भनेपछि उत्साहित हुने गरेको तर अहिले मिडियाको प्रश्न बन्दुक सोझ्याए जस्तो लाग्न थालेको सुनाइन्। उनले भनिन्, ‘पहिले पहिले कलाकारहरुलाई मिडियाले टिकाउने गर्थे । तर, अहिले विकाउने गर्छन्। पहिले अन्तरवार्ता आउँदा अरुलाई सुनाउन मन लाग्थ्यो । अहिले लुकाउन मन लाग्छ । यसैले, मिडियाले सत्य तथ्य वुझेर लेखिदिए हामीलाई बाच्न सजिलो हुन्थ्यो ।’

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले अहिले पूर्वाग्रही ढंगबाट समाचार आउने गरेको भन्दै मिडियाले सत्यतथ्य वुझेर समाचार लेखिदिएको खण्डमा कलाकारहरुले न्याय पाउने तर्क गरे । उनले, पेशाकर्मीहरुको परिचय हलबाट एउटा र मिडियाबाट अर्को रुपमा जाने भन्दै मिडियाको प्रभाव नेपाली फिल्ममा सबैभन्दा बढी भएको बताए।

deepa shree1689438519.jpg

पत्रकार तथा निर्देशक फूलमान बलले मिडियाकर्मी र फिल्मीकर्मीबिच दुरी परिस्थितीले सिर्जना गरेको बताए । उनले भने, "फिल्म क्षेत्र आफैमा व्यवसायिक छैन भने मिडिया पनि कसरी व्यवसायिक हुन सक्छ र  हामी एउटा फिल्म राम्रो बन्यो भन्दैमा फिल्म क्षेत्र नै उभो लाग्यो भन्न सक्दैनौं । यसैले, सबैभन्दा पहिला फिल्म क्षेत्रलाई नै विकास गर्नका लागि सबैले लाग्न आवश्यक छ।"

निर्देशक बलले अब कुनै पनि कलाकारलाई स्टार बनाउनमा कुनै मिडिया हाउसले भन्दै पनि कुनै एक पत्रकारले सक्ने तर्क गरे। फिल्मीकर्मी र पत्रकारहरुबिच आत्मियता भएकै कारण आज पनि दुरी खासै नबढेको उनको भनाई थियो ।

चलचित्र विकास बोर्डका सदस्य के।एल वुढाथोकीले फिल्म क्षेत्रको विकासमा मिडियाले दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औल्याएका थिए।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय कार्यक्रम उपाध्यक्ष कुवेर गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मिडियाकर्मी र फिल्मीकर्मीले एक अर्कासँग दुरी बनाएर अगाडि जानै नसक्ने बिषयमा अधिकांश वक्ताले भनाई राखेका थिए।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले संघले हरेक महिना एउटा बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताए।

​

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्