Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • मैयाँकाे सौन्दर्यकलामा सौन्दर्यकर्मीकाे बेजोड माया
मैयाँकाे सौन्दर्यकलामा सौन्दर्यकर्मीकाे बेजोड माया
श्याम स्मृत
श्याम स्मृत आइतबार, साउन ७, २०८०
Api Himal

–श्याम स्मृत 

काठमाडौं । सौन्दर्यकर्मी सौन्दर्य पेशाको भविश्य सुनौलो छ । यो सवै आवश्यकता र समयको माग हो । विवाहदेखि, पार्टी, फोटोसुट, म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, फेशन सो आदि सबैमा सौन्दर्य कला र कलाकर्मीको आवश्यकता पर्छ।

जसको कारण हाल देशभरवाटै अहिले यस संवन्धी प्रशिक्षण लिन आउनेको संख्यामा पनि बृद्धि भएको खुलासा पूर्वको सौन्दर्यको तारा भनेर चिनिएकी सौन्दर्यकर्मी मैयाँ विश्वकर्माले गरेकी छन्।

पूर्वी नेपालको झापा दमकमा जन्मी–हुर्केकी मैयाँ विश्वकर्मालाई सौन्दर्यकलाको क्षेत्रमा सवैले माया गरेर माया भनेर वोलाउने गरेको छ। जसको कारण धेरैले माया विश्वकर्मालाई मैयाँ विश्वकर्मा भनेर त्यति चिन्ने गरेको छैन्।

Nepal Oil Corporation

सवैले माया भन्दाभन्दै माया बनेकी मैयाँको मायाबी मायामा धेरैलाई व्युटीसियन तालिम अर्थात सौन्दर्यकलाको सीप सिकाएर रोजगार वनाउने कार्य गर्दै आएकी छन्।

Maya 61690128024.jpg

 विगत १५ बर्षअघि पूर्वी नेपालको दमक झापामा सान व्युटीपार्लर तथा ट्रेनिङ सेन्टर खोलेर सौन्दर्यकला व्यवसायमा आएकी मायाको मायावी सौन्दर्यकलाकर्मी मैयाँ पूर्वी नेपालमा जमेकी हुन्।

पूर्वी नेपालको झापादेखि ताप्लेजुङ, उदयपुरसम्ममा महिला दिदीबहिनीहरुलाई झापा प्राविधिक शिक्षालय तथा विभिन्न संघ-संस्थामार्फत तालिम प्रदान गर्ने कार्य पनि मैयाँबाट हुँदै आएको छ।

झापा प्राविधिक शिक्षालय मार्फत नै आफूले सौन्दर्यकला अर्थात व्युटीसियनको तालिम लिएर सीपवान वनेको कारण सोही शिक्षालय मार्फत आफूले जानेको सौन्दर्यकला सवै महिला दिदीबहिनीहरुलाई प्रदान गरेर रोजगार वनाउने एकमात्र लक्ष्य भएको कारण लागिपरेको जानकारी पनि मैयाँले दिएकी छन्। मनमा लागेको कुरालाई खुलेर भन्ने तथा लेख्ने कार्य पनि गर्दैआएकी मैयाँको अर्को सोच राजनीति पनि हो। 

Maya 41690128023.jpg

राजनीति मार्फत नेपाली जनतालाई राज गर्ने नभइकन उनीहरुको पिर-मर्का तथा समस्यालाई दूर गर्ने सामाजिक सेवा मार्फत राजनीतिमा लाग्ने सोच वोकेकी मैयाँ राजनीतिमा युवाहरुको नयाँ सोच तथा खोज आउन आवश्यक भएको मैयाँ भनाई छ।

नेपाली जनतालाई सही समाज सेवा गर्ने मूलभूत माध्यम राजनीति नै भएको कारण सानैदेखि समाजसेवा गर्ने चाहनालाई साकार रुप प्रदान गर्न पनि भोलिका दिनमा राजनीतिमा आउने सोच राखेकी उनको गन्तव्य सौन्दर्यकर्म नै हो। यसैवाट चिनिएको र यसैवाट रोजीरोटी दिएको कारण यसलाई कालान्तरसम्म पनि अंगाल्ने उनको स्पष्ट विचार पनि छ।

त्यसको मतलव कुनै महिला आरक्षण तथा दलित समुदायको आरक्षणमा आफू राजनीतिमा आउन नचाहेको प्रष्ट विचार राख्दै उनले भने,

"मानिसको जात मानिस मात्र हो, लिङगको आधारमा महिला, पुरुष र तेश्रो लिङ्गी भनेर बर्गिकरण गरिएतापनि सवै मानिस नै हुन्।"

द हिमालयन मूभिजको आयोजनामा हिमानी सुव्वाव्दारा हालसालै आयोजित मिस व्युटीसियन-०२३ मा मिस व्युटीसियन नेपाल-२०२३ बन्न सफल मैयाँ यो ताजले आफूलाई अझ जिम्मेवार वनाएको भन्छिन्। यस ताजले आफू र आफूभित्रको हिडन ट्यालेन्टको कदर भएको पनि उनले भनेकी छन्।

Maya 21690128020.jpg

मैयाँको विचारमा मेकअप आज चाहिने, भोलि नचाहिने भन्ने हुँदैन। मेकअप आर्टिस्टले बेरोजगार बस्नुपर्दैैन। त्यसैले हिजोआज मेकअप आर्टिस्टको माग क्रमशः बढ्दोछ। पहिलेजस्तो होइन,अहिले नेपालीको सोचमा पनि आमूल परिवर्तन आएको छ। केही समयअघिसम्म नेपालमा सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । तर, समय परिस्थितिसँगै व्यक्ति र समाजको सोचमा पनि आमूल परिवर्तन आएको छ।

अझ पछिल्ला दिनमा त मानव जीवनको लागि सौन्दर्य सिँगार अपरिहार्य जस्तै बनेको छ । त्यसैले सौन्दर्य पेश व्यावसायिक रूपमा नै द्रुत गतिमा फस्टाउन थालेको छ ।

व्यवसायिक सौन्दर्यकर्मीको आम्दानी समेत मनग्य हुन्छ। यो पेशा घरमानै बसेर पनि गर्न सकिने भएकोले हजारौ महिला दिदी बहिनीहरुको रोजाइको पेशा भएको परिपेक्षमा सौन्दर्यकला पेशाको भविष्य सुनिश्चित छ।

यो व्यवसायमा आबद्ध भएपछि, लगनशील, आत्मनिर्भर, स्वावलम्बी र साहसी मात्रै बनेका छैनन् । समाजसेवातर्फ पनि पाइला अघि बढ्न सहयोग मिल्ने गरेको छ।

Maya 31690128022.jpg

 मैयाँ भन्छिन्– "पन्ध्र बर्षमा मैले धेरैलाई स्वरोजगार र आत्मानिर्भर बनाएकी छु। सीपमूलक तालिमा दिएर सवैलाई सीपवान वनाउने कार्यमा मदत गरेकी छु। हातमा सीप हुने मान्छे कहिलेपनि भोकै बस्नु पर्दैन । सोही सीपको कारण उनीहरुको चुल्हो बाल्ने कार्यमा केही हदसम्म भएपनि मदत गर्न पाउंदा अत्यन्त आनन्द लागेको छ। मैले आजसम्म कमाएको मेरो धन सम्पति ख्याति जे भनेनि मेरो स्टुडेण्टहरु नै हुन्। सौन्दर्य–कला क्षेत्रमा लागेर मैले नयाँ नयाँ प्रबिधि हेर्ने र टेक्नोलोजीहरु सिक्ने मौका पाए। यही पेशामा लागेर सामाजिक कार्यमा सक्रिय भएकी छु । नारी सशक्तिकरणको बिषयमा महिला स्वरोजगार, आत्मानिर्भरताको बिषयमा आवाज उठाउन सक्ने भएकी छु।  यस अर्थमा पनि सौन्दर्य–कला क्षेत्रमा लागेर म सन्तुष्ट छु।"

उनले अगाडि भनिन्–"मैले सयौं एकल महिला, पिडित, असाहय तथा निम्नाबर्गका महिला दिदीबहिनीहरुलाइ निःशुल्क सौन्दर्यकला तालिम प्रदान गर्दै आएको छु। धेरैलाई रोजगारीको अवसर दिएको छु। म एकदम कोमल हृदयको महिला हुँ, अरुको दुःख–पिडा देख्न सक्दिन। हामी सामाजिक प्राणी भएर जन्मेपछि समाजको लागि समेत ठोस योगदान पु-याउनु पर्छ जस्तो लाग्छ। तसर्थ मैले विभिन्न माध्यमबाट आफूले सक्ने सहयोग गर्दैआएकी छु।"

Maya 91690128029.jpg

अनि याे पनि : 

नामी साप्ताहिक

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २१:२७
##beautician #maiyanbishwakarma
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप मनोरञ्जन
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक शनिबार, जेठ ३२, २०८२
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक बुधबार, जेठ २९, २०८२
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान शनिबार, जेठ ११, २०८२
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।। आइतबार, जेठ ५, २०८२
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन आइतबार, जेठ ५, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
सेल्फि हान्नेको ओइरो
सेल्फि हान्नेको ओइरो शनिबार, वैशाख २७, २०८२
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।। शनिबार, वैशाख २७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्