Top Navigation
Main Navigation
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • मानव सभ्यताको रक्षा गरौं
मानव सभ्यताको रक्षा गरौं
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, असोज ६, २०८०
Api Himal

संसारका हरेक धार्मिक शास्त्रहरुले मानव सभ्यताको विकास मानिस कै अथक प्रयासबाट सम्भव भएको कुरामा जोड दिएको  छ। मानिसको संख्या बढ्दै जानुको पछाडि सुरुवातमा कुनै जात समुदाय र सम्प्रदाय नभई मात्र एउटा स्वास्नीमान्छे र लोग्ने मान्छेकै हात रहेको कुरा मनुस्मृति कुरान र बाइबल जस्ता विश्वका चर्चित धार्मीक ग्रन्थहरुले पुष्टि गरिसकेको छ।

यो दृष्टिकोणबाट हामीले हामीलाई हेर्दा बिशेष रुपले हामी कोही पनि भिन्न जात सम्प्रदाय र समुदायका हौं र हाम्रो अन्य मानिसको तुलनामा पृथक अस्तित्व र चिनारी छ भन्ने आधार पनि रहँदैन। यसरी धार्मिक ग्रन्थहरुको आधारमा हाम्रो सृष्टि भएको कुरामा हामी विश्वस्त हुने हो भने सम्पूर्ण विश्व समुदायलाई नै एउटा परिवारका रुपमा हामीले हेर्नुपर्ने हुन्छ्र।

यदि हामीले माथिको कुरामा विश्वास नगर्ने हो भने विश्वका सम्पूर्ण धार्मिक ग्रन्थहरू गलत भनेर स्वीकार्नु पर्ने हुन्छ। तर, माथि उल्लेखित ग्रन्थहरुसँग सम्बन्धित धर्ममा विश्वका धेरै मानिसहरु समर्पित भएकाले यो कुरा स्वीकार्न कसैले पनि सक्दैन तसर्थ अहिले विश्वभरि देखिएको देश जात सम्प्रदाय र समूहबीचको फाटो निरर्थक भएको कुरालाई माथिका तथ्य गत पंक्तिहरूका आधारमा हेर्दा सजिलै मान्नुपर्ने हुन्छ। जुन व्यवहारत सत्य पनि हो ।

अहिले हाम्रै मुलुकमा पनि जात र धर्मका नाममा देखिएको मनमुटावलाई समयमै हामीले निस्तेज नगर्ने हो भने भयावह परिस्थितिको सामना गरी हामीले वर्षौंदेखि जोगाइरहेको भाइचारा एकता र सद्भाव पनि संकटमा पर्न जाने निश्चित छ।

Nepal Oil Corporation

वास्तवमा हामीले मानव सभ्यताको विकास र उत्पतिको तथ्यगत विश्लेषण गरी यथार्थ चिन्तन र मनन समयमै गरेनौं भने हामी सम्हालिन नसक्ने अवस्थामा पुग्ने छौ र आफ्नै सभ्यता र जन्मको सत्य अवस्थाको निरूपण गर्न नसकी आफ्नै कारणले आफै सिद्धिने छौ।

कुनै पनि जात सम्प्रदाय र समूहले आफ्नो जन्म र जीवन–यापनमा फरक पृष्ठभूमि र फरक अस्तित्वको खोजी गर्नु भनेको संस्कार र संस्कृतिको विकास क्रमको धरातलीय यथार्थबाट वञ्चित रहनु हो। हरेक संस्कार र संस्कृति तत्कालीन अवस्थामा रहेका मानिसहरुले आआफ्नो अनुकुलतामा निर्माण गरेका हुन कुनै चमत्कार अथवा अदृश्य शक्तिका कारण विभिन्न संस्कार र सस्कृतिको  उत्पत्ति भएको होइन भन्ने कुरा हामीले बुझ्न सक्नुपर्छ।

त्यस्तै विभिन्न भाषाहरूको पनि पृथ्वीको गर्भबाट अथवा कुनै अदृश्य शक्तिका कारण जन्म भएको होइन। मानिसहरुलाई तत्कालीन अवस्थामा बोधगम्य गर्न सरल जुन शब्दले गरायो त्यही शब्द समुदायमा प्रचलित हुँदै स्थापित हुन पुग्यो र त्यसले एकआपसम आ–आफ्नो विचारहरु आदान प्रदान गर्न सरलीकरण पनि गर्याै।

संसारका हामी कोही पनि पृथक हैसियत भएका मानिस होइनौँ भन्ने कुरा मानव सभ्यताको विकासक्रमले परिष्कृत र परिमार्जित हुँदै गएर अहिलेको यो हाम्रो आधुनिक जीवन शैली हामीले प्राप्त गरेबाट बुझ्न सकिन्छ ।

तर, आधुनिक र विकसित हाम्रो जीवनशैलीका कारण हामी सुविधाको पराकाष्ठामा जसरी पुग्यौं त्यसरी नै ढुङ्गे युगदेखि हामीले सम्पूर्ण मानव सभ्यताको विकासक्रममा व्यहोर्नुपरेको पीडादायी स्मरण का कारण हामीमा हुनुपर्ने एकता र सद्भाव हाम्रै आत्मकेन्द्रित सोचका कारण हराउँदै गयो । जसले गर्दा आज सम्पूर्ण विश्व समुदाय नै आफ्नो देशको सिमा जात र सम्प्रदायको प्रतिनिधित्व गर्नुलाई नै आफ्नो मुख्य दायित्व भएको कुरामा केन्द्रित हुनु पुग्यो । 

यही क्रम बढ्दैजाने हो र हामीले सम्पूर्ण मानव समुदायको उत्पत्ति र विकास को मुल मर्म र मानवताको अर्थलाई भुल्दै जाने हो भने हामी विश्व समुदायका सम्पूर्ण मानवजाति युद्धको चपेटामा पर्न गई हाम्रो पुर्खाले दुःखले आर्जेको मानव सभ्यताको विकासका कारणबाट प्राप्त खुशीहरु नष्ट हुनेछन्। अनि हामीले आफूलाई विवेकी र बुद्धिमान प्राणीका रूपमा स्थापित गराएको कुराको पनि कुनै अर्थ रहने छैन् ।

त्यसैले आज मानव सभ्यताको विकासक्रममा मानिसका जात धर्म देश संस्कार र संस्कृति हामी आफैंले उत्पत्ति गराएको त्यसभन्दा पहिले सीमा विहिन विश्व नै हाम्रो देश रहेको भन्ने यथार्थलाई हामीले मनन् ग¥यौ भने हामीले आन्तरिक र बाह्य कुनै पनि हिंसाको सामना गर्न नपरी शान्तिपूर्वक मानव सभ्यताको रक्षा गरि हाँसीखुसी बस्न सक्ने थियौं।

नत्र आफूलाई पृथक बनाउने होडमा अमानवीयता फैलिएर पृथ्वीबाट लोप भएका जनावरहरु जस्तै हामीले कुनै अमुख शक्तिको कल्पनाको पात्र बन्नु पर्नेछ। 

अनि याे पनि :

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
  • नंः २ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
  • नंः ५ जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्