Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • मानव सभ्यताको रक्षा गरौं
मानव सभ्यताको रक्षा गरौं
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, असोज ६, २०८०

संसारका हरेक धार्मिक शास्त्रहरुले मानव सभ्यताको विकास मानिस कै अथक प्रयासबाट सम्भव भएको कुरामा जोड दिएको  छ। मानिसको संख्या बढ्दै जानुको पछाडि सुरुवातमा कुनै जात समुदाय र सम्प्रदाय नभई मात्र एउटा स्वास्नीमान्छे र लोग्ने मान्छेकै हात रहेको कुरा मनुस्मृति कुरान र बाइबल जस्ता विश्वका चर्चित धार्मीक ग्रन्थहरुले पुष्टि गरिसकेको छ।

यो दृष्टिकोणबाट हामीले हामीलाई हेर्दा बिशेष रुपले हामी कोही पनि भिन्न जात सम्प्रदाय र समुदायका हौं र हाम्रो अन्य मानिसको तुलनामा पृथक अस्तित्व र चिनारी छ भन्ने आधार पनि रहँदैन। यसरी धार्मिक ग्रन्थहरुको आधारमा हाम्रो सृष्टि भएको कुरामा हामी विश्वस्त हुने हो भने सम्पूर्ण विश्व समुदायलाई नै एउटा परिवारका रुपमा हामीले हेर्नुपर्ने हुन्छ्र।

यदि हामीले माथिको कुरामा विश्वास नगर्ने हो भने विश्वका सम्पूर्ण धार्मिक ग्रन्थहरू गलत भनेर स्वीकार्नु पर्ने हुन्छ। तर, माथि उल्लेखित ग्रन्थहरुसँग सम्बन्धित धर्ममा विश्वका धेरै मानिसहरु समर्पित भएकाले यो कुरा स्वीकार्न कसैले पनि सक्दैन तसर्थ अहिले विश्वभरि देखिएको देश जात सम्प्रदाय र समूहबीचको फाटो निरर्थक भएको कुरालाई माथिका तथ्य गत पंक्तिहरूका आधारमा हेर्दा सजिलै मान्नुपर्ने हुन्छ। जुन व्यवहारत सत्य पनि हो ।

अहिले हाम्रै मुलुकमा पनि जात र धर्मका नाममा देखिएको मनमुटावलाई समयमै हामीले निस्तेज नगर्ने हो भने भयावह परिस्थितिको सामना गरी हामीले वर्षौंदेखि जोगाइरहेको भाइचारा एकता र सद्भाव पनि संकटमा पर्न जाने निश्चित छ।

वास्तवमा हामीले मानव सभ्यताको विकास र उत्पतिको तथ्यगत विश्लेषण गरी यथार्थ चिन्तन र मनन समयमै गरेनौं भने हामी सम्हालिन नसक्ने अवस्थामा पुग्ने छौ र आफ्नै सभ्यता र जन्मको सत्य अवस्थाको निरूपण गर्न नसकी आफ्नै कारणले आफै सिद्धिने छौ।

कुनै पनि जात सम्प्रदाय र समूहले आफ्नो जन्म र जीवन–यापनमा फरक पृष्ठभूमि र फरक अस्तित्वको खोजी गर्नु भनेको संस्कार र संस्कृतिको विकास क्रमको धरातलीय यथार्थबाट वञ्चित रहनु हो। हरेक संस्कार र संस्कृति तत्कालीन अवस्थामा रहेका मानिसहरुले आआफ्नो अनुकुलतामा निर्माण गरेका हुन कुनै चमत्कार अथवा अदृश्य शक्तिका कारण विभिन्न संस्कार र सस्कृतिको  उत्पत्ति भएको होइन भन्ने कुरा हामीले बुझ्न सक्नुपर्छ।

त्यस्तै विभिन्न भाषाहरूको पनि पृथ्वीको गर्भबाट अथवा कुनै अदृश्य शक्तिका कारण जन्म भएको होइन। मानिसहरुलाई तत्कालीन अवस्थामा बोधगम्य गर्न सरल जुन शब्दले गरायो त्यही शब्द समुदायमा प्रचलित हुँदै स्थापित हुन पुग्यो र त्यसले एकआपसम आ–आफ्नो विचारहरु आदान प्रदान गर्न सरलीकरण पनि गर्याै।

संसारका हामी कोही पनि पृथक हैसियत भएका मानिस होइनौँ भन्ने कुरा मानव सभ्यताको विकासक्रमले परिष्कृत र परिमार्जित हुँदै गएर अहिलेको यो हाम्रो आधुनिक जीवन शैली हामीले प्राप्त गरेबाट बुझ्न सकिन्छ ।

तर, आधुनिक र विकसित हाम्रो जीवनशैलीका कारण हामी सुविधाको पराकाष्ठामा जसरी पुग्यौं त्यसरी नै ढुङ्गे युगदेखि हामीले सम्पूर्ण मानव सभ्यताको विकासक्रममा व्यहोर्नुपरेको पीडादायी स्मरण का कारण हामीमा हुनुपर्ने एकता र सद्भाव हाम्रै आत्मकेन्द्रित सोचका कारण हराउँदै गयो । जसले गर्दा आज सम्पूर्ण विश्व समुदाय नै आफ्नो देशको सिमा जात र सम्प्रदायको प्रतिनिधित्व गर्नुलाई नै आफ्नो मुख्य दायित्व भएको कुरामा केन्द्रित हुनु पुग्यो । 

यही क्रम बढ्दैजाने हो र हामीले सम्पूर्ण मानव समुदायको उत्पत्ति र विकास को मुल मर्म र मानवताको अर्थलाई भुल्दै जाने हो भने हामी विश्व समुदायका सम्पूर्ण मानवजाति युद्धको चपेटामा पर्न गई हाम्रो पुर्खाले दुःखले आर्जेको मानव सभ्यताको विकासका कारणबाट प्राप्त खुशीहरु नष्ट हुनेछन्। अनि हामीले आफूलाई विवेकी र बुद्धिमान प्राणीका रूपमा स्थापित गराएको कुराको पनि कुनै अर्थ रहने छैन् ।

त्यसैले आज मानव सभ्यताको विकासक्रममा मानिसका जात धर्म देश संस्कार र संस्कृति हामी आफैंले उत्पत्ति गराएको त्यसभन्दा पहिले सीमा विहिन विश्व नै हाम्रो देश रहेको भन्ने यथार्थलाई हामीले मनन् ग¥यौ भने हामीले आन्तरिक र बाह्य कुनै पनि हिंसाको सामना गर्न नपरी शान्तिपूर्वक मानव सभ्यताको रक्षा गरि हाँसीखुसी बस्न सक्ने थियौं।

नत्र आफूलाई पृथक बनाउने होडमा अमानवीयता फैलिएर पृथ्वीबाट लोप भएका जनावरहरु जस्तै हामीले कुनै अमुख शक्तिको कल्पनाको पात्र बन्नु पर्नेछ। 

अनि याे पनि :

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शनिबार, असोज २४, २०८३
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्