Top Navigation
Main Navigation
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • सामाजिक सेवाको लागि यम बराल हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट हुने
सामाजिक सेवाको लागि यम बराल हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट हुने
श्याम स्मृत
श्याम स्मृत शनिबार, कात्तिक ४, २०८०

काठमाडौं। बादलुको घुम्टोले इलाम बजार छोपिदा मैले सवलाई विर्से–तिमीलाई सम्झदा जस्ता दर्जनौ दर्जन कालजयी गीतका ख्यातिप्राप्त गायक यम बरालको एकल सांगीतिक साँझ हुने भएको छ। लायन्स क्लब अफ सिद्धार्थ एभरग्रीनको आयोजनामा यही कात्तिक १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ हुने भएको हो।

आयोजक संस्था लायन्स क्लब अफ सिद्धार्थ एभरग्रीनका व्दितीय उपाध्यक्ष सविता ढकालले दिएको जानकारी अनुसार, यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यअन्तर्गत क्यान्सर पीडित गायिका जमुना थापाको उपचारार्थ र लुलसादेवी फाउन्डेसन, ललितपुरद्वारा सञ्चालित अनाथालयलाई सहयोग गर्ने भएको छ। सांगीतिक कार्यक्रमलाई सामाजिक कार्यमा लगानी गर्ने मूल उदेश्यले  ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’गर्न लायन्स क्लब अफ सिद्धार्थ एभरग्रीन क्रियाशील भएको जानकारी पनि व्दितीय उपाध्यक्ष ढकालले दिएकी छन्।

ढकालले दिएको जानकारी अनुसार, तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक बराल झण्डै २५ वर्षपछि एकल साँझमा गुञ्जिन लागेका हुन् । दुई चरणको प्रस्तुति रहने कार्यक्रमा पहिलो भागमा गायक बरालले आफ्ना लोकप्रिय सुगम संगीतमा आधारित गीतहरु गाउनेछन् भने दोस्रो भागमा रमाइला गीतहरुको प्रस्तुति रहनेछ।

Nepal Oil Corporation

गायक बरालले यो कार्यक्रमका लागि लायन्स क्लबसँग सहकार्य गर्न पाउँदा आफू हर्षित रहेको भनेका छन् । ‘लायन्स क्लबको सामाजिक कार्यममा संगीतमार्फत जोडिन पाउँदा अत्यन्तै हर्षित छु । डेढ घण्टासम्मको कार्यक्रम ऐतिहासिक हुने विश्वास छ,’ उनले भने ।

एकल कन्सर्टमा उनले आफ्ना नयाँ(पुराना चर्चित दुई दर्जनभन्दा बढी गीत लाइभ ब्याण्डमा प्रस्तुत गर्नेछन् । २०४७ सालमा रेडियो नेपालमा ‘सागरभन्दा गहिरो’ बोलको गीत गाएर नेपाली संगीतमा पाइला चालेका यम बराललाई ‘बादलुको घुम्टो’ गीतले परिचित बनायो । त्यसपछि निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, तिम्रो हाम्रो चिनारी, दिलमाया दिलमायालगायत गीत चर्चित छन् । उनले १०० भन्दा बढी नेपाली फिल्ममा पार्श्व गायनसमेत गरेका छन् ।

हालसम्म एक हजार बढी गीतमा स्वर दिएका उनी गोरखा दक्षिणबाहु चौथो, नारायणगोपाल पुरस्कार, छिन्नलता पुरस्कार, विभिन्न अवार्डलगायतबाट सम्मानित भइसकेका छन् । कन्सर्टले सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको आयोजक लायन्स क्लब अफ सिद्धार्थ एभरग्रीनकी अध्यक्ष कल्पना बस्नेतले बताइन्।

Yam Baral Show 11697875781.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत  शुक्रबार, साउन १७, २०८२
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक आइतबार, साउन १२, २०८२
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक सोमबार, साउन ६, २०८२
दिदीभाइको कथानकतामा गजबको गीत  सार्वजनिक
दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक शनिबार, असार २१, २०८२
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा बुधबार, असार १८, २०८२
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक शनिबार, जेठ ३२, २०८२
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक बुधबार, जेठ २९, २०८२
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान शनिबार, जेठ ११, २०८२
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।। आइतबार, जेठ ५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै
  • नंः २ 'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
  • नंः ३ विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्