Top Navigation
Main Navigation
आइतबार, साउन १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • वडा सरकार प्रमुख अव नायिकाको नायक
वडा सरकार प्रमुख अव नायिकाको नायक
श्याम स्मृत
श्याम स्मृत आइतबार, कात्तिक ५, २०८०
Nepal Oil Corporation

    काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन वडा सरकार प्रमुखका रुपमा परिचित छन्। वडा अध्यक्षको रुपमा परिचित भएतापनि गीत लेखन महर्जनको बेग्लै खुबी हो। 
    फुर्सदको बेला गीत लेखनमा पनि त्यतिकै सक्रिय वडा सरकार प्रमुख महर्जन अव गीतकार मात्र नभइकन नायक पनि बनेका छन्। वडा सरकार प्रमुख महर्जनको आफ्नै गीत छंगु नुगलय बोलको गीतको म्युजिक भिडियोमा नायिका रति महर्जनको नायक बनेर अभिनय गरेका छन्। सानैदेखि चलचित्रमा नायक बन्ने अतृप्त रहरलाई आफ्नै गीतको भिडियोमा भएपनि नायक बनेर तृप्त बन्ने प्रयास गरेको महर्जनले भनेका छन्। 
     राजनीतिमा लागेको ३३ बर्ष भैसकेको अवस्थामा चलचित्रको अभिनयमा आउंदा समयको अभावले अलि गाह्रो महशुश भएतापनि आफूभित्रको सानैदेखिको चाहना पूरा भएकोमा उनी दंग छन्। युगिन चलचित्र निर्देशक पवन जोशीको निर्देशनमा सहज ढंगवाट स्वभाविक अभिनय गरेका महर्जनको अभिनय गजब नै छ। 
     कला र कलाकारिता मार्फत नेपाली कला तथा संस्कृतिको जगेर्ना गर्ने अभियानमा नै लागेका वडा सरकार प्रमुख महर्जन अभिनित गीतमा गायक राजेन्द्र शाक्य र गायिका सरस्वती मानन्धरको गायन रहेको छ। छायाँकन र सम्पादन सोहन मानन्धरको छ । त्यस्तै, संगीत तथा रेकर्डिङ अग्रज संगीतकार दीप तुलाधरले गरेका हुन्। 
      त्यस्तै, यसअघि निर्देशक पवन जोशीकै निर्देशनमा डेढ बर्षअघि नेपाली भाषामा महर्जनकै गीत लेखन रहेको किन दुख्न थाल्यो छाति बोलको गीतमा पनि उनले अभिनय गरेका थिए । त्यस अभिनयमा भावुक कलाकारको रुपमा अभिनय गरेका महर्जनले छंगु नुगलय बोलको गीतको म्युजिक भिडियोमा नायक बनेर अभिनय गरेर आफूभित्रको नायकत्व प्रदर्शन गरेका छन्। 
     विसं.२०४६ सालको जनआन्दोलनसंगै नेपाली राजनीतिमा होम्मिएका महर्जन विसं.२०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए। त्यसको लामो समयको अन्तरालमा भएको स्थानीय सरकारको निर्वाचनमा विसं.२०७४ सालमा काठमाडौं महानगरपालिका वडा नंबर १८ को वडा अध्यक्षमा भारी मतले निर्वाचित भएका हुन्। 
    पहिलो इनिङ्गमा वडावासीको चाहना बमोजिम निक्कै राम्रो विकास–निर्माणको कार्य गर्न सफल भएको कारण विसं.२०७९ सालमा भएको निर्वाचनमा पनि १८ वडावासीले महर्जनलाई भारी मतले निर्वाचित गरेर पुरस्कृत गरेको हो। वडावासीको आफूप्रतिको विश्वास र जनमतको कदर आफूले सदा शिरोपर गरेर अगाडि बढ्ेको पनि महर्जनले बताएका छन्। 
     दोश्रो इनिङ्गको डेढ बर्ष पुगिसक्दा अघिल्लो निर्वाचनमा आफूले प्रतिवद्धता व्यक्त गरेका धेरै विकास–निर्माण कार्य गर्न र गराउन आफू सफल भएको महर्जन भन्छन्। जनचाहना र जनअपेक्षा अनुरुपका सवै कार्य गर्न आफू सदा तत्पर भएर लाग्दैआएको पनि उनले बताए । विजया दशमी, शुभ दीपावली, नयाँ बर्ष नेपाल संवत ११४४ तथा छठ पर्वको मंगलमय शुभकामना पनि महर्जनले सवैलाई व्यक्त गरेका छन्।
(नामी साप्ताहिकवाट साभार)


 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’ शनिबार, साउन १८, २०८२
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत  शुक्रबार, साउन १७, २०८२
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक आइतबार, साउन १२, २०८२
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक सोमबार, साउन ६, २०८२
दिदीभाइको कथानकतामा गजबको गीत  सार्वजनिक
दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक शनिबार, असार २१, २०८२
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा
२५ औं वार्षिकोत्सवमा-चलचित्र दिवस घोषणा बुधबार, असार १८, २०८२
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक शनिबार, जेठ ३२, २०८२
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक बुधबार, जेठ २९, २०८२
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान शनिबार, जेठ ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ निडर अनि हक्की पत्रकार चेम्जोङ ‘उदयपुरको इतिहास’  खाेज्दै
  • नंः २ शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन : प्रधानाध्यापक राई
  • नंः ३ तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
  • नंः ४ 'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
  • नंः ५ विश्वविख्यात प्रोटोन ब्राण्डको शोरुम पोखरामा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्