Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • गायनमा मोडिएका खड्ग गर्बुजाकाे दर्दनाक कहानी
गायनमा मोडिएका खड्ग गर्बुजाकाे दर्दनाक कहानी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, माघ ३, २०८०
khadga garbuja

म्याग्दी, बेनी। भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित थिए।

बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परीक्षामा उतिर्ण भएपछि थप तयारीका लागि गाउँ फर्किएका धवलागिरि गाउँपालिका-६ मराङ, अर्बाङका गर्बुजा भिरबाट खसेर शारीरिक अपाङ्गता भएपछि उनको लाहुरेको सपना गायनतर्फ मोडियो।

विसं २०४३ पुस ८ गते घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका गर्बुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न नसक्ने भएपछि शारीरिक अपाङ्गता भए।

लाहुरे बनेर घरपरिवारको सपना पूरा गर्ने उनका पाइला भीरबाट लर्किएपछि अधुरा रहे नै साथै उनको परिवारमा सङ्कट, अभाव र समस्या झनै झाङ्गिने निश्चित भयो।

आर्थिक अभाव र स्वास्थ्य सेवाको पहुँच नभएका कारण समयमै उपचार गराउन नसकेर अपाङ्गता भएका गर्बुजा आफ्नै हिम्मत र निरन्तरताको प्रयासले सफल र लोकप्रिय गायकको पहिचान बनाउन सफल भएको छ।

ह्विलचेयरमा चढेर जब गर्बुजा मञ्चमा माइक समाउन पुग्छन्, तब युवायुवतीदेखि वृद्धवृद्धासम्मलाई नचाउने गर्छन्। परम्परागत लोक भाकामा गीत गाउने गायक गर्बुजाले धौलागिरि क्षेत्रमा गुञ्जने शिरफूल, यानीमाया, सालैजो, सोरठी, ख्याली, झ्याउरे, लस्केलगायतका लोकभाकाको संरक्षण हुने गीत तयार गरेको छ।

दुःख सुख, माया प्रेम, गाउँघरका उकाली ओरालीका कथा व्यथालाई टपक्कै टिपेर आफ्नो सिर्जनामा राख्न सिपाली गायक गर्बुजालाई नयाँ कलाकारले मौलिक कला संस्कृतिका सर्जक र संरक्षकका रुपमा चिन्ने गरेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्माले बताए।

“सङ्घर्षको भूमरीबाट फर्किएको सुन्दर फूल जस्तै हो उनी। गाउँमा मेलापात गर्दा सिर्जना भएका भाकालाई अभिलेख गराउने र राष्ट्रियस्तरमै पहिचान गराउन उनले सिर्जना गरेका गीतसङ्गीतले ठूलो योगदान पुर्याएका छन्”, उनले भने।

शारीरिक रुपमा अपाङ्गता रहेका गर्बुजा अहिले स्वदेशमा मात्रै होइन, प्रवासमा रहेका नेपालीमाझ पनि उत्तिकै लाकेप्रिय कलाकारका रुपमा परिचित छन्।

हेर्दाहेर्दै मायाले सोलेडाँडा काट्यो मायाले, बेनी बजार कालीगण्डकी, पानी खायो बाघैले, सुन मुरलीलाई, छ फूल बनैमा लगायतका मर्मस्पर्शी भाका सिर्जना गरेका उनको गायनयात्रा जीवनकै कहालीलाग्दो दुर्घटनाबाट सुरु भएको थियो।

“परिवारको पनि चाहना म लाहुरे भैदिए हुने भन्ने थियो। भारतीय सेनामा भर्ति हुन फाइनलसम्म पुगेर बाहिरिएको थिएँ। त्यतिबेलै गलेश्वरमा बेलायती सेनाको भर्ति लिन गल्ला आएको सूचना पाएपछि, त्यहाँ गएर शारीरिक व्यायामको परीक्षा दिएँ। पहिलो चरणमा उतिर्ण भएर गाउँ गएको थिएँ, घाँस काट्न भीरमा गएको बेला लडेपछि रुखमा अड्किन पुग्यो। त्यो घटनाबाट म त बाँचे तर मेरो लाहुरे बन्ने सपना त्यहीँ मर्याे”, गायक गर्बुजाले भने।

बेनी, पोखरा हुँदै वीर अस्पतालसम्म उपचारका लागि गएपनि ढिला गरी अस्पताल आएकाले पूर्णरुपमा उपचार सम्भव नहुने चिकित्सकको जवाफ लिएर घर फर्किएका गर्बुजाले मौलिक बाजाको रुपमा चिनिने मौरीबाजा बनाउने र गाउँका स्थानीय भाका गाउन थालेको बताए। उनका दाईसमेत सानै उमेरमा रुखबाट खसेर अपाङ्गता थिए।

“घरका दुई छोरा त अपाङ्गता बन्यौं। त्यही समयमा घरमा आमासमेत पक्षघातको बिरामी पर्नुभयो। हामी दुई अपाङ्गता भएका दाजुभाइको स्याहार गर्ने आमासमेत थला परेपछि म पुनःस्थापनाको खोजीमा घर छाडेर भौतारिएको थिएँ”, गर्बुजाले भने। घर छाडेपछि सदरमुकाम बेनीका चोकचोकमा गीत गाउने र मौरीबाजा बजाउने आफ्नो दैनिकी बनेको उनले स्मरण गरे।

बेनी, बागलुङका बजार हुँदै काठमाडौँ पुगेर गीत गाउँदै दुःखका कथा सुनाउँदै गर्बुजाले सडकबाट जीवनको कठिन सङ्घर्ष सुरु गरेको थियो। विसं २०४७ मा पुनःस्थापना र गीत रेकर्ड गर्ने सपना बोकेर काठमाडौँ पुगेका गर्बुजाले रेडियो नेपालको चौतारी कार्यक्रममा सहभागी बनेर आफूलाई गायनमा निखार ल्याउने अवसर पारे।

रेडियो नेपालको स्वर परीक्षणमा उत्तीर्ण भएपछि गीतसङ्गीतबाटै आफुलाई अघि बढाउने सङ्कल्प गरेका गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो।

“फोनको सुविधा थिएन, चिठी पठाउनुपथ्र्यो घरको हाल खबर बुझ्नलाई। मैले पहिलो गीत ‘दुःखको भूमरी’ रेकर्ड गराउने दिनमा नै आमा बित्नुभएछ, त्यो खबर मैले काठमाडौँमा भेटिनुभएका आफन्तबाट करिब तीन महिनापछि मात्रै थाहा पाएँ”, गर्बुजाले विगत सुनाए।

करिब नौ सय गीतमा स्वर भरेका गायक गर्बुजा दुई दर्जन विदेशी भूमिमा पुगेर आफ्नो साङ्गितिक प्रस्तुति राखेको छ। गायन संँगसँगै बाध्यबाधनतर्फसमेत सिपालु रहेका गर्बुजाले विसं २०५४ देखि रेडियो नेपालमा करारमा नियुक्त भएर बाध्यबादनको कामसमेत गर्दै आएको छ।

लोपउन्मुख नेपाली मौलिक मौरी बाजाका सर्जगसमेत रहेका उनले मादल, बाँसुरी, हार्मोनियम लगायतका बाध्यबाधन समेत बजाउँछन्।

विसं २०५९ मा प्रवल गोर्खा दक्षिण बाहु पदकबाट सम्मानित गर्बुजा म्याग्दीमासमेत विभिन्न सङ्घ संस्थाबाट सम्मानित भइसकेको छ। हालै गर्बुजाको गृह गाउँपालिका धवलागिरिले गर्बुजालाई उत्कृष्ट श्रष्टाको रुपमा सम्मान गरेको छ।

“अपाङ्गता भएपछि केही गर्न सकिँदैन भन्ने भाष्यलाई उनले गलत सावित गरिदिएको छ। निरन्तरको मेहनत र लगाबले व्यक्तिमा रहेको फरक क्षमताको पहिचान र चिनारी सम्भव हुन्छ भन्ने उदाहरण गर्बुजा बन्नुभएको छ”, धवलागिरि गाउँपालिकाका उपाध्यक्ष प्रेम पुनले भने।

गाउँमा कक्षा ६ सम्मको अध्ययन गरेका गर्बुजाले काठमाडौँ पसेर कलाकारितामा आफूलाई निखार मात्रै ल्याएन, बिचमा छाडेको पढाइलाई स्नातक तहसम्म निरन्तरता दिए।

उनका दुई छोरी अध्ययनको सिलसिलामा अष्ट्रेलियामा छन् भने उनी हाल श्रीमती र बुबासँग काठमाडौँमा बसोबास गर्छन्। बाध्यबादन र गीत रेकर्ड गराउनुका साथै विभिन्न मेला, महोत्सव र साङ्गितिक कार्यक्रममा गर्बुजाको दैनिकी व्यस्त हुने गरेको छ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १५:४०
##singerkhadgagarbuja #khadgagarbuja
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्