Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • नेपाली चलचित्रलाई स्वदेशमै असहजताप्रति अभिनेता शाहकाे आपत्ति
नेपाली चलचित्रलाई स्वदेशमै असहजताप्रति अभिनेता शाहकाे आपत्ति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ ४, २०८०
nir shah

काठमाडौँ । चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दु:खद रहेको बताएको छ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन गइरहेको सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को विषयमा जानकारी दिन आयोजित सम्मेलनमा उनले सम्बन्धित निकायले प्रदर्शनमा सहजता नदिलाए विस्तारै निर्माताको मनोबल घट्ने बताएको हो।

“हामीकहाँ हाम्रो चलचित्र देखाउने चलचित्र भवन नै छैनन्। ती विदेशी प्रदर्शन गर्न खोलिए जस्तो महसुुस हुन्छ । अनि हाम्रो उद्योग कसरी हुन्छ रु हामीले कसरी विकास गर्छौँं ?”, अभिनेता शाहले भने, “हामीले वर्षमा एक सय हाराहारीमा चलचित्र निर्माण गरिरहेका छौँ। हामीलाई लगानी गर्न बैंकलगायतका वित्तीय संस्था तयार छैनन्। त्यसैले त्यसतर्फ ध्यान नदिदासम्म हामीले रुपान्तरण गर्न सक्दैनौँ।” उनले चलचित्र राष्ट्रिय उद्योग नभइए कर्मका रुपमा रहेको भन्दै चिन्ता व्यक्त गरे।

“चलचित्रकर्मीले सत्यहरिश्चन्द्रदेखि आजको दिनसम्मको यात्रा तय गरिसक्दा वित्तीय व्यवस्थापन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न सक्नुपथ्र्यो, त्यो गर्न सकिएको छैन। यो सबैभन्दा कमजोर पक्ष हो हाम्रो चलचित्र उद्योग नभएर कर्म मात्रै भएको छ”, शाहले भने।

उनले नेपालको ३३ जिल्लामा चलचित्र भवन नरहेको बताउँदै भएका भवनमासमेत नेपाली चलचित्र प्राथमिकतामा नपर्नु दुःखद रहेको बताएका हुन्। बजारका दृष्टिकोणबाट पनि चलचित्र उद्योगलाई निकै सङ्कुचित ढङ्गले खुम्चाएर राखेको अवस्था रहेको अभिनेता तथा निर्देशक शाहको भनाइ थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले चाहेर पनि सोचेजस्तो काम गर्न नसकेको स्वीकार्दै नीति बनेपछि समस्या समाधान हुने बताए। “म पनि यसअगाडि आफ्ना समस्या लिएर बोर्ड पुग्ने गरेको थिएँ। आफूले नेतृत्व गरेपछि यहाँ रहेका समस्या बुझेको छु। विद्यामान समस्या समाधानका लागि प्रभावकारी नीति आवश्यकपर्ने भएकाले त्यसमा जोड दिइरहेको छु”, उनले भने, “नेपाली चलचित्र विदेशी झैँ प्रतिस्पर्धामा उत्रिन विदेशी लगानी ल्याउनेमा जोड दिइरहेका छौँ। बोर्डले शतप्रतिशत नभए पनि केही लगानी ल्याउने वातावरण निर्माण गर्न पहल गरिरहेको छ।”

अध्यक्ष केसीले प्रस्तावित चलचित्र नीति चलचित्रसँग सम्बन्धित संस्थासँग छलफल गरेर छिट्टै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस गर्ने बताए। नेपालमा स्वदेशी चलचित्र प्राथमिकतामा नपरेको र चलचित्र भवनले सो सङ्ख्यामा भेद्भाव गरेको भन्दै बेलाबखतमा आन्दोलन भए पनि त्यसले उचित नतिजा दिन सकेको छैन।

गत पुस २७ मा प्रदर्शन भएको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ का निर्देशक दीपक श्रेष्ठले मल्टिप्लेक्समा वितरण हुने सङ्ख्या चलचित्रलाई प्रभाव परिरहेको बताए। उनले भने, “सो सङ्ख्या कम देखिने वित्तिकै उक्त चलचित्र राम्रो नरहेको प्रचार हुने रहेछ। राम्रोले बढी र नराम्रोले कम पाउने मानसिकता दर्शकमा रहेछ। हाम्रो चलचित्र नै नहेरी चलचित्र भवनले विदेशीलाई उल्लेख्य र स्वदेशीलाई न्यून सो दिनु आफैँमा दुःखद छ। यसबारे कसैले जोडदार आवाज उठान सकेका छैनन्।” 

निर्देशक श्रेष्ठले चलचित्र प्रदर्शनको पहिलो दुई दिन विदेशी चलचित्र बराबर सो सङ्ख्या उपलब्ध गराएर उक्त समयमा हुने व्यापारका आधारमा तेस्रो दिनदेखि सो दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०८:३९
##nirshah
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   शनिबार, असार २०, २०८३
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
  • नंः ३ स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
  • नंः ४ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
  • नंः ५ सत्ताको बहुमत, सदनमा अल्पमत
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्