काठमाडौं। लामो समय देखि नेपाली चलचित्र उद्योगमा सहायक चलचित्र निर्देशकको कार्य गर्दैआएका मिलन चोङवाङ लिम्बू अव निर्देशक बनेका छन्। "हामी संगसंगै र संगसंगै बाँच्न पाऊ" नामक चलचित्रवाट लिम्बू निर्देशक बनेका हुन्।
आगामी बर्षको बडादशैंमा रिलिज गर्ने सोचका साथमा लिम्बू निर्देशित चलचित्र "हामी संगसंगै र संगसंगै बाँच्न पाऊ"को युद्धस्तरमा काम भैरहेको छ। नेपाली कला र संस्कृति झल्कने मौलिक नेपाली अर्गानिक चलचित्र निर्माण तथा निर्देशन गर्न आफू हरपल तत्पर रहेको बताउने निर्देशक लिम्बू सानैदेखि कला र संस्कृतिमा हुरुक्कै हुदैआएको बताउंछन्।
सानोमा गाउंठाउंमा हुने सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा अग्रता दिने गरेका लिम्बूले विभिन्न नाटकहरुमा अभिनय समेत गरेका छन्। सानोको त्यो सांगीतिक तथा सांस्कृतिक मोह तथा अभिनयको जोशले नेपाली कला र कलाकारितामा होम्मिएका लिम्बू नेपाली चलचित्रका विशिष्ट कलाकार तथा निर्देशक उदय सुव्वाको साथ तथा सहयोगवाट विभिन्न चलचित्रमा अभिनय गर्नुको अलावा सहायक निर्देशक भएर काम गर्दैआएका हुन्।
यतिखेर आफै चलचित्र निर्देशक बन्दा ठूलो जिम्मेवारी महशुश भएको लिम्बू बताउंछन्। नेपाली मौलिक कला तथा संस्कृतिको अनुपम कथा बोकेका नेपाली अर्गानिक चलचित्रको विश्वभर डिमाण्ड भएको कारण यस्तै चलचित्र बनाएर विश्व बजारमा नेपाली चलचित्र पुर्याउने आफ्नो एक मात्र भिजन तथा मिसन भएको निर्देशक लिम्बूले भनेका छन्।
![Milan Limbu 11707406237.jpg](https://www.naminews.com/uploads/posts/Milan Limbu 11707406237.jpg)
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० २१:१३