Top Navigation
Main Navigation
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • कमला नदीमाथि बन्यो नेपालकै सबैभन्दा लामो झोलुंगे पुल
कमला नदीमाथि बन्यो नेपालकै सबैभन्दा लामो झोलुंगे पुल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, माघ २९, २०८०
Nepal's longest suspension bridge was built over Kamala river
Api Himal

गोदार, धनुषा । सिरहाको सिरहा नगरपालिका १९ का मुंगालाल यादव ९२ वर्षको भयो। उनले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आएको थियो। तर उमेर बढेर ९२ पुग्दा पनि पुल मोटरेबल पुल बनेको छैन। 

त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ। शनिबार त्यही पुल हेर्न आएका ९२ वर्षिय यादव जीवनको उत्तरार्धमा आफ्नै जीवनकालमा कमला नदीमाथि झोलुङ्गे पुलदेख्दा दङ्ग थिए। खुशी हुँदै उनले भने,“झोलुङ्गे पुल भए पनि वर्षौपछिको सपना पूरा भएको छ।”

यादवले कमला नदीमा पुल नहुँदा आफ्नो पुस्ताले भोगेको सास्तीबाट नयाँ पुस्ताले मुक्ति पाएको देखेर निकै हर्षित भएको सुनाए। “सिरहा घर भएपनि ससुराली, मावली, दिदीबहिनी, फुपु, इष्टमित्रहरुको सिमापारी धनुषामै छ। तर अहिलेसम्म हत्केलामा ज्यान राखेर ओहोरदोहोर गर्नुपथ्र्यो। झोलुंगे पुलले वर्षौदेखिको त्यो समस्या समाधान गरेको देख्दा निकै रमाइलो पनि लागिरहेको छ”, यादवले खुसी व्यक्त गरे।

उनी मात्रै होइन सिरहा नगरपालिका १३ का महावीर ठाकुर पनि निकै प्रफुल्ल थिए। आवातजावत मात्रै होइन स्वास्थ्य समस्या र विपत्तिका बेला सहजरूपमा अस्पताल जान सजिलो हुने भन्दै उनी खुसी लागेको बताउँछन्। “पुल नहुँदा वर्षायामको समयमा धेरै समस्या हुन्थ्यो। जोखिम मोलेर डुंगाबाट ओहोरदोहोर गर्दा पनि समस्या थियो। त्यही डुङ्गाबाट जाँदा दर्जनौ नागरिकले ज्यान गुमाइसकेका छन्। अब भने सहज हुने भयो। निकै खुसी लागिरहेको छ।”

Nepal Oil Corporation

जनकनन्दनी गाउँपालिका-४ खजुरीका रमेश साह मोटरसाइकलमा झोलुङ्गे पुलहुँदै वारपार गर्न पाउँदा अहिलेसम्म पाएका सबै दुःख बिर्सिएको बताउँछन्। “कमला नदीमाथिको पुलबाट कहिले वारपार गर्न पाइने हो टुङ्गो नै छैन। तर झोलुङ्गे पुलबाट यति चाँडै आउजाउ गर्न पाउँदा पहिले भोगेका सास्ती सबै भूलाएको छ”, साहले खुसी हुँदै भने।

धनुषा र सिरहा सीमानामा पर्ने कमला नदीमा झोलुङ्गे पुल निर्माण भएपछि अहिले यहाँका नागरिकलाई कमला नदिको अवरोध छिचोल्न सहज भएको छ। अहिले मोटरसाईकल चालक र पैदल यात्रुहरुले यो पुलबाट वारपार गर्ने गरेका छन्।

धनुषाको जनकनन्दिनी गाउँपालिका-६ कठाल र सिराहा नगरपालिका-१३ मल्हनियाँलाई जोड्न कमला नदीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो। गत बिहिबार २०८० फागुन १८ सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरको टोलीले पुलको परीक्षण गरी शुक्रबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ। अहिले पुल हेर्नका लागि मात्रै पनि यहाँ दैनिक सयौं मान्छेहरु आउने गरेका छन्।

समय अगावै बन्यो पुल

नेपालकै लामो भनिएको यो पुल सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरअन्तर्गत निर्माण भएको हो। विसं २०७८ फागुन २७ गतेको बोलपत्रअनुसार सपना, उमा एण्ड कम्पनी,थानी जेभी कन्सट्रक्सन बतीसपुतली काठमाडौँले यो पुल निर्माण गरेको थियो।

सो कम्पनीसँग विसं २०७९ असार ४ गते भएको ठेक्का सम्झौताअनुसार विसं २०८१ असारमसान्तसम्म पुल निर्माण गरिसक्नुपर्ने शर्त थियो। सोहीअनुसार विसं २०७९ मंसिर २ गतेबाट पुल निर्माण सुरु गरेको कम्पनीले सम्झौता अवधिभन्दा ६ महिना अगावै गत बिहिबारसम्ममा सम्पूर्ण कार्यसम्पन्न गरिएको कम्पनीका सब ईन्जिनियर उपेन्द्र देवकोटाले जानकारी दिए।

२१ करोड ५० लाख १० हजार ७ सय लागत रहेको सो पुललाई नेपालकै लामो पुल भनेर दावी गरिएको छ। यो पुलको लम्बाई १ हजार ५ सय दशमलव ४४ मिटर लामो र १ दशमलव २ मिटर चौडाइ छ।

यसअघि सबैभन्दा लामो भनिएको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित महाकाली नदीमाथि बनेको दोधारा चाँदनीको झोलुङ्गे पुलको लम्बाई १ हजार ४ सय ५३ मिटर लामो छ।

यस्तै पुलको भार क्षमता ५ सय ४० मेट्रिक टन रहेको निर्माण कम्पनीका सब ईन्जिनियर देवकोटाले बताएको छ। उनका अनुसार पुलमा ३ हजार ८ सय ८६ पैदल यात्रीको भार क्षमता रहेको छ।

कठाल मल्हनिया मल्टी स्पान झोलुंगे पुल सिरहा धनुषा नाम दिइएको यो पुलका लागि ३४ करोड बजेटको व्यवस्था भएपनि सार्वजनिक बोलपत्रको प्रकृयाबाट १९ प्रतिशत घटीमा निर्मण कम्पनीले ठेक्का लिएको थियो। त्यसबाहेक बृज डिभिजनले पुलमा लाग्ने ३ करोड बराबरको लट्ठा छुट्टै निर्माण उपलब्ध गराएको देवकोटाको भनाई छ।

पुलकै प्राविधिक सरोज खड्काले कम्पनीको निर्देशनअनुसार दिनरात नभनेर काम गर्दा सम्झौता अमयावधीभन्दा अगावै पुल निर्माण सकिएको बताए। उनी भन्छन्, “पुल नहुँदा यहाँका नागरिकले भोगिरहेको समस्या देख्यौँ। त्यसबाट चाँडै छुटकारा दिने संकल्पअनुसार निर्माणमा संलग्न हामीहरु सबैले दशै तिहार, चाडवाड, दिनरात केही नभनी काममा खटियौ। त्यसैको परिणाम हो यो। अहिले स्थानीयहरुको खुसी देखेर हामीलाई ठूलो आत्मसन्तुष्टि भइरहेको छ।”

पुलको परिकल्पनाकार मध्येका ईन्जिनियर बिनोदकुमार मण्डलले यो पुल महेन्द्र राजमार्गको मात्रै होईन अलपत्र हुलाकी राजमार्गअन्तर्गतको कमला पुलको पनि विकल्प भएको बता।

पुल निर्माणका लागि स्वयंसेवकको रुपमा सहयोग गरिरहेका मण्डलले भने, “धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माणाधिन कमला पुल अपलत्र छ। नागरिकसँग अर्को सहज विकल्प थिएन। अब यो पुल नै दुई जिल्लाका लाखौं नागरिकका लागि विकल्प बनेको छ।”

हुलाकी सडकमा निर्माण गरिएको कमला पुल सञ्चालन नहुँदै भासिएपछि सिराहाबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको प्रदेशको राजधानी जनकपुरधाम पुग्न पूर्व-पश्चिम राजमार्ग तथा भारतको जयनगर हुँदै जानुपर्ने बाध्यता हटेको इन्जिनियर मण्डलले बताए।

झोलुंगे पुल निर्माण भएसँगै दूरी छोट्टिएपछि सिराहाको मल्हनियाँ, माडर, पटेर्वा, गम्हरिया र पूर्वी धनुषाको पतनुका, बनरझुल्ला, खजुरी, चन्हा, महुवा, बलहा, कठाल, सघारा र माचीझिटकैयाका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको छ। 

निर्माण सम्पन्न भएको सरकारको गौरवको योजनामध्येका पुलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने लगभग तय भएको ईञ्जिनियर मण्डलले जनाएको छ।

उनका अनुसार सम्भवतः फागुन १० गेतसम्मा उद्घाटन गर्ने जनाए । धनुषाको सबैला नगरपालिका अन्तर्गत पटेर्वा र सिरहाको कल्याणपुर नगरपालिका अन्तर्गतको चिकना जोड्ने कमला नदीको मोटोरेवल पुलको शिलान्यास गर्न आउने दिन नै यस पुलको पनि प्रधानमन्त्री दाहालले उद्घाटन गर्नेछ।

यस्तै सिरहाको मिर्चैया नगरस्तरीय अस्पतालको समेत शिलान्यास गर्ने कार्यक्रम प्रधानमन्त्रीको रहेकोले सोही दिन पुलको विधिवत उद्घाटन गरिने सम्भावना उच्च रहेको बताइएको छ ।

भारत पुग्नुपर्ने बाध्यता हट्यो

धनुषाबाट सिरहा र सिरहाबाट धनुषा अर्थात प्रदेश राजधानी जनकपुरधाम पुग्न महेन्द्र राजमार्ग या त भारतको जयनगर पुग्नुपर्ने भएकाले अधिकांश नागरिकले यही बाटो प्रयोग गर्छन्।

तर यहाँ न मोटरेबल पुल छ न त विकल्प नै थियो। यो बाटो प्रयोग गर्दा करिब ६० किलोमिटर दूरी छोटिन्छ जबकि अरु बाटो प्रयोग गर्दा ८७ किलोमिटर लामो दूरी पार गरेर दुबै जिल्लाका सदरमुकाम पग्नुपर्छ।

यो झोलुङ्गे पुलले आफ्नै प्रदेश राजधानी जनकपुरधाम पुग्न भारत भएर जानुपर्ने र त्यहाँ जाँदा भोग्नुपरेको सास्तीबाट आंसिकरुपमा भए पनि छुटकारा मिलेको छ। “राजमार्गको बाटो जाँदा धेरै दूरी पार गर्नुपर्छ। भारतीय बाटो प्रयोगगर्दा समयको बर्बादी त थियो नै भारतीय पक्षबाट अपमान पनि भोग्नुपर्ने हुन्थ्यो। अब कमलामा झोलुंगे पुल बनेपछि पैदलयात्रु र मोटरसाइकलमा जानेहरुले त्यो समस्यामा मुक्ति पाएका छन्”, इन्जिनियर मण्डलले भने।

यसरी बुनिएको थियो झोलुंगे पुलको सपना

वेस्टर्न रिजनल क्याम्पस पोखराबाट ईलोक्ट्रोनिक्स ईन्जिनियरिंग मण्डलले विसं २०५४-०५७ ब्याचको कलेजका साथीहरुका कारण कमलामा झोलुंगे पुल निर्माणको सपना पूरा भएको बताउँछन्। सन २०१० सालमा टेलिकम परियोजनामा काम गर्ने क्रममा साथीहरुसँगै कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल निरीक्षणको अवसर पाए।

त्यहीबेला मण्डललाई त्यस्तै पुल कमलामा पनि बनाएको भए हुन्थ्यो भन्ने लागेको थियो। त्यतिबेला बुनेको सपनाबारे कुरा गर्न उनी विसं. २०७६ मा बृज डिभिजनमा कार्यरत साथीहरुलाई भेट्न गए।

मण्डलले त्यो क्षण स्मरण गर्दै भने,“साथीहरुलाई दोधाराको प्रसंग कोट्याउँदै कमलामा त्यस्तै पुल बनाउन पाए हुन्थ्यो भनेर कुरा गरे। उहाँहरुले पनि चासोका साथ सुन्नुभयो। त्यसपछि पटकपटकको छलफल र समन्यवपछि यो सपना सुरु भएको हो। आज त्यो विपनामा परिणत भएको देख्दा खुसीको सीमा नै छैन।”

सुरुमा त आवतजावत गर्न भइरहेको कठिनाईलाई समाधान गर्ने सोच मात्रै थियो तर पुल बनेमा शिक्षा, स्वास्थ्य, कृषि उपजहरुको बजारिकरणमा टेवा पुग्ने निष्कर्षसहित पुल निर्माणमा जोड दिइएको पनि उनले बताए।

पुल निर्माणको लागि तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृत्रका प्रसाद यादवले पनि २०७६ कार्तिक ७ मा झोलुंगे पुल निर्माणको लागि सिफारिस गरेको थियो।

मन्त्री यादवले धनुषा र सिरहा जिल्लाको पूर्व पश्चिम राजमार्गदेखि दक्षिणी सिमाना भारतसम्म कमला नदीको दुबै किनारसँग जोड्न १५ किलोमिटरसम्म एउटा पनि पुल नभएकोले सर्वसाधारणलाई आवतजावत गर्न अत्यन्तै समस्या भईरहेकोले धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुंगे पुलको व्यवस्था गरिदिन सिफारिस गरेको थियो।

शिक्षा र स्वास्थ्यमा पहुँच बढ्ने

पुल निर्माणले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच बढ्ने प्रादेशिक अस्पताल सिरहामा कार्यरत अर्थोसर्जन डा.रवि श्रीवास्तव बताउँछन्। लामो दूरीका कारण यसअघि स्वास्थ्योपचारका लागि जनकपुरधाम नपुगेर कोशी प्रदेशको बिराटनगर पुग्ने गरिएकामा अब त्यो बाध्यता हट्ने विश्वास जागेको उनले बताए।

त्यसैगरी जनकपुरधाम टाढा भएकाले धनुषाको जनकनन्दनी र कमला नगरपालिकाका कठाल, उदहा, सघारा, लगमा लगायतका विद्यार्थीहरु सिरहामा पढ्दै आएका थिए। तर पुलको अभावमा निकै समस्या थियो।

जनकपुरधाम टाढा भएकाले यहाँका विद्यार्थीहरु प्राथमिक शिक्षादेखि उच्च शिक्षा पढ्नै सिरहा नै जाने गर्छन् तर पुल नभएका कारण निकै सास्ति थियो। अब केही हदसम्म त्समस्या पनि समाधान भएको सिरहा नगरपालिका ७ का शिक्षक जय चन्द्र यादवले बताए।

कृषिउपज बस्तुको बजारीकरणमा टेवा पुग्ने

त्यस्तै, पुल निर्माणपछि यस क्षेत्रका किसानहरुलाई कृषिउपजको  बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको धनुषा जनकनन्दनी गाउँपालिका ६ कठालका रामसेवक यादवले बताए।

उनले भने,“पुलको अभावले स्थानीयवासी किसानहरुलाई आवतजावतका साथै कृषिजन्य उत्पादन बजारमा पुर्याउन असहज भएको थियो। तर, अब पुलको निर्माणसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणले व्यावसायिक कृषिप्रतिको आकर्षणसमेत बढाउनेछ।”

यति मात्रै होइन धनुषाको खजुरीमा रहेका ऐतिहासिक लक्ष्मीनारायण मन्दिर र सिरहामा रहेका मिथिलाका विभूति राजा सल्हेशको मन्दिरजस्ता पर्यटकीयस्थलमा पनि आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीय रामबिनोद यादव बताए।
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:५१
##suspensionbridge #dhanusha #siraha #province2 #madheshprovince
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विजनेश
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता सोमबार, असार २, २०८२
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ सोमबार, असार २, २०८२
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति
न्यूरोडमा धर्मपथ महोत्सव, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति शुक्रबार, जेठ ३१, २०८२
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता बिहीबार, जेठ ३०, २०८२
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने
रामेछापका आठ स्थानीय तहले संघीय सरकारबाट तीन अर्वमाथि बजेट पाउने बिहीबार, जेठ २३, २०८२
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली
उद्यमशीलता विकासको विकल्प छैन : प्रधानमन्त्री ओली बिहीबार, जेठ २३, २०८२
धम्पुस जोडियो पक्की सडकमा
धम्पुस जोडियो पक्की सडकमा बुधबार, जेठ २२, २०८२
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न
८४ सदस्यीय कार्यसमिति चयन गर्दै अडानको राष्ट्रिय महाधिवेशन सम्पन्न मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्