Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार नै प्रजातन्त्र : प्रधानमन्त्री
लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार नै प्रजातन्त्र : प्रधानमन्त्री
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, फागुन ७, २०८०
pushpakamal dahal
Api Himal

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएको छ।

काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिएको हो।

सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताएका हुन्।

“परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ”, प्रधानमन्त्रीले भने, “रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ। युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ। नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ।”

Nepal Oil Corporation

प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको बताउँदै प्रधानमन्त्री दाहालले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफैँ चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे।

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधानसमेत यहीँ व्यवस्थाभित्र मात्रै सम्भव रहने उनले उल्लेख गरे। प्रधानमन्त्री दाहालले भने, “लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित संस्थागत विकास, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, राज्य सञ्चालन प्रक्रियामा नागरिकको सक्रिय सहभागिताबाट मात्र जनअधिकार र जनजीविकाको सुदृढीकरण एवं समाजवादको आधार तयार हुनसक्छ।”

जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव हुने बताउँदै प्रधानमन्त्री दाहालले कानुनको शासन, मानवअधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट जनहित र लोककल्याणकारी समाज निर्माण गर्न सकिने बताए।

प्रजातन्त्र दिवसको औपचारिक समारोहमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सम्बोधनको पूर्ण पाठः 

सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यू,
माननीय मन्त्रीज्यूहरू,
माननीय राज्यमन्त्रीज्यूहरू,
विदेशी कूटनीतिक नियोगका प्रमुखज्यूहरू,
राष्ट्रसेवक कर्मचारीहरू,
सुरक्षाकर्मीहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय जनसमुदाय । 

नेपाली समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार र रूपान्तरणका निम्ति नेपाली जनताले निकै ठूलो सङ्घर्ष र बलिदान गर्दै आएका छन्। परिवर्तनप्रतिको अटल अनुरागसहित जनताको अदम्य साहस र वीरतापूणर् सङ्घर्षबाट नेपाली समाज राजनीतिक, आर्थिक रूपान्तरणका विभिन्न चरणहरू पार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ।

यही सङ्घर्षको ऐतिहासिक परिघटनाकारूपमा जनताले लोकतान्त्रिक अधिकारको जग बसालेको दिन अर्थात् फागुन ७ गतेलाई प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ।

विसं २००७ मा तत्कालीन जहानियाँ राणाशासन अन्त्य गरी प्रजातन्त्रको स्थापनाका लागि नेपाली जनताले अमूल्य योगदान गरेका थिए। फलस्वरूप सङ्कुचित पारिएको जनताको अधिकार एवं स्वतन्त्रता र विकासको चाहनालाई मूर्तता दिन प्रजातान्त्रिक र विधिको शासन स्थापित भएको थियो।

प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्ने क्रममा नेपाली जनताले नागरिक हक र अधिकारका लागि प्राण उत्सर्गसहित वीरतापूणर् सङ्घर्षबाट जहानिया निरकुंश व्यवस्थालाई पराजित गरेका थिए।

आजको यस ऐतिहासिक दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक व्यवस्था स्थापना तथा राष्ट्रियताको रक्षाका निमित्त आफ्नो प्राण उत्सर्ग गर्नुहुने सम्पूणर् महान् सहिदहरूप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दछु। नागरिक स्वतन्त्रता एवं हक अधिकार स्थापनाका लागि विभिन्न आन्दोलनमा बेपत्ता भएका महान् योद्धाहरूको उच्च सम्मानसहित स्मरण गर्दछु।

घाइते भएका तमाम योद्धाहरूप्रति सम्मान र शीघ्र स्वास्थ्यलाभको कामनासहित दीर्घजीवनको कामना गर्दछु। निरकुंशतन्त्रको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि सङ्घर्षको मैदानमा खट्नुभएका सबैमा उच्च सम्मानसहित हार्दिक शुभकामना व्यक्त गर्दछु।

निरङ्कुश शासन व्यवस्थाको अन्त्य गर्दै जनअधिकार स्थापना गर्ने तमाम बलिदानीपूणर् जनसङ्घर्ष, क्रान्ति, आन्दोलनका माध्यमबाट देशमा लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरणको जग निर्माण भएको छ। संविधानको प्रस्तावनामा समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरिएकाले प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निमित्त अगाडि बढ्ने ढोका खुला रहेको छ।

नेपाली जनताको राजनीतिक सङ्घर्ष र क्रान्तिको लामो गौरवशाली परम्परा रहिआएको छ। आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका सङ्घर्ष र क्रान्तिको अविछिन्न श्रृङ्खला हो। यस ऐतिहासिक अवसरमा ती तमाम क्रान्तिका अवयव एवं आन्दोलनमा योगदान गर्ने आम जनताको भावनाप्रति उच्च सम्मान व्यक्त गर्दै नेपाली माटो सुहाउँदो लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुनसमेत सम्पूणर् जनसमुदायमा हार्दिक अपिल गर्दछु।

यतिखेर म, नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको छु। नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ हामीलाई गरेको अभुतपूर्व विश्वास, राखेको आशा र भरोसालाई कमजोर हुन नदिन र संविधानले प्रत्याभूत गरेका हकअधिकार एवं जनताको दैनिक जीवनस्तरमा देखिने परिवर्तन ल्याउन ठोस कदम चाल्नुपर्नेमा म सचेत र गम्भीर छु। यस दिशामा आ(आफ्नो जिम्मेवारीअनुरूप जनउत्तरदायी भएर काम गर्नसमेत सम्पूणर् राष्ट्रसेवकहरूमा निर्देशित गर्दछु।

सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रका रूपमा स्थापित गर्नुछ। कूल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्नु छ। परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनु छ। रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नु छ। युवामा आशाको नयाँ रक्तसञ्चार भर्नु छ।

नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नु छ। सङ्घीय प्रणालीले सिर्जना गरेका अथाह सम्भावनाहरूलाई अवसरमा बदल्नु छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नु छ।

प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था हो। जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफै चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्दछ। लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र मात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधान समेत यही व्यवस्थाभित्र मात्रै सम्भव रहन्छ।

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित संस्थागत विकास, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, राज्य सञ्चालन प्रक्रियामा नागरिकको सक्रिय सहभागिताबाट मात्र जनअधिकार र जनजीविकाको सुदृढीकरण एवं समाजवादको आधार तयार हुन सक्छ।

जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव छ। प्रजातान्त्रिक व्यवस्थाको सारका रूपमा रहने कानुनको शासन, मानव अधिकारका मूल्य र मान्यता लैङ्गिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट जनहित र लोककल्याणकारी समाज निर्माण गर्न सकिन्छ।

प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल र संविधान निर्माणपछिको मेरो दोस्रो कार्यकाल सङ्घीयता कार्यान्वयनमा केन्द्रित रहेको छ। यद्यपि, सङ्घीयताको कार्यान्वयनसम्बन्धी आवश्यक कानुनहरू निर्माणमा ढिलाइ हुँदा प्रदेश र स्थानीय सरकारका कामहरू प्रभावित बनिरहेका छन्।

यही यथार्थलाई गहिरोसँग आत्मसात गर्दै मेरो नेतृत्वमा रहेको वर्तमान सरकार सङ्घीय कानुनहरूको निर्माण, कार्यविस्तृतिकरणको थप मूर्तिकरणसहित परिमार्जनका निम्ति गम्भीरतापूर्वक काम गरिरहेको छ। सरकारको यस प्रयासलाई सबै क्षेत्रबाट सकारात्मक र रचनात्मक सहयोग हुने मैले विश्वास लिएको छु।

संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो।

वर्तमान सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न, अर्थतन्त्रका चुनौतीहरू सम्वोधन गर्दै समृद्धि हासिल गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दीगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयङ्गम गर्दै स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सक्षम र दृढ छ।

अन्त्यमा प्रजातन्त्र स्थापनाका लागि २००७ सालमा भएको क्रान्ति र गणतन्त्र, सङ्घीयता, समावेशी शासन प्रणाली स्थापनाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनका क्रममा प्राणको आहुति दिने महान् सहिदहरू, अग्रज राजनीतिकर्मीहरू, बुद्धजीवी, नागरिक समाजका अगुवाहरू र लोकतन्त्रप्रेमी जनसमुदायमा सम्मान व्यक्त गर्दै उहाँहरूले देखेको सुन्दर र समृद्ध नेपालको सपनालाई साकार पार्न हामी सबैलाई थप प्रेरणा मिलोस् भन्ने कामना गर्दछु। धन्यवाद।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:२६
##PushpaKamalDahal
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड शनिबार, जेठ ३२, २०८२
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके शुक्रबार, जेठ ३१, २०८२
आजको संसद बैठकमा यस्तोसम्म भयो
आजको संसद बैठकमा यस्तोसम्म भयो बिहीबार, जेठ ३०, २०८२
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा बिहीबार, जेठ ३०, २०८२
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो बुधबार, जेठ २९, २०८२
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु बुधबार, जेठ २२, २०८२
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन बुधबार, जेठ २२, २०८२
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित बुधबार, जेठ २२, २०८२
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत्
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत् मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्