Top Navigation
  • Contact
Main Navigation
आइतबार, असार ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, असार ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • गायिका सत्यकला राई र नायक नवल खड्काकाे फिल्म 'काँडेतार' को प्रदर्शन २५ गतेबाट
गायिका सत्यकला राई र नायक नवल खड्काकाे फिल्म 'काँडेतार' को प्रदर्शन २५ गतेबाट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, फागुन २१, २०८०
kandetar

काठमाडौं । देशभक्तिको भावले भरिपूर्ण नेपाली फिल्म 'काँडेतार' देशभर प्रदर्शनको पूर्वसंघारमा आइपुगेको छ।

राष्ट्र र राष्ट्रप्रेमी सारा देशवासीको मनमुटुसँग तातो रगतको नाता गाँसिएको अगाध देशप्रेमयुक्त मार्मिक कथामा आधारित फिल्म 'काँडेतार' अब यहि फागुन २५ गतेबाट देशभरका फिल्महलहरुबाट एकैसाथ भव्य प्रदर्शन हुँदैछ।

अहिलेसम्म नेपालको इतिहासमा बनेका जतिपनि राष्ट्रबादी फिल्महरु बनेका छन् ति मध्येकै जिउँदो कथावस्तुमा निर्माण भएको उत्कृष्ट मानिएको छ फिल्म 'काँडेतार'।

त्यसैकारणले पनि देशभरका राष्ट्रप्रेमी जनताहरु फिल्म 'काँडेतार' कहिलेदेखि प्रदर्शनमा आउने हो ? भनेर वडो कौतुहलता र उत्सुक्ताकासाथ प्रतिक्षाको घडिमा आतुर रहेका छन्।

फिल्म 'काँडेतार' को मूल मर्म नै नेपाल-भारतबीचको सीमानामा काँडेतार लगाउनुपर्ने रहेको छ। जबसम्म दुईदेशविचको सीमानामा काँडेतार वार लगाइन्न तवसम्म विदेशीको भूमि विस्तारवादबाट नेपाल र नेपाली जनता कहिल्यै सुरक्षित रहन्न भन्ने मार्मिक जनअन्तरकथा र व्यथा छर्लड्गै झल्किन्छ।

विदेशीको भूमि मिचाहा प्रवृत्तिबाट विचलित बनेका नेपाली जनता आँशुको भेलमा र पानीको तालमा डुवि नै रहन्छ भन्ने मार्मिक सन्देश उजागर गरेको छ।

अब सारा नेपाली चुप लागेर बस्ने होइन त्यसका विरुद्ध बुलन्द आवाजकासाथ प्रतिपाद गर्न दिलोज्यान दिएर तम्तयार रहनु पर्ने सन्देश प्रवाह 'काँडेतार' ले गरेकोे छ।

प्रदर्शनको पूर्वसंघारमा रहेको फिल्म 'काँडेतार' ले हामी मात्र होइन कि विश्वमा रहेका हामी जस्ता अन्तरदेशीय भूमि विस्तारवादबाट पीडित देशहरुलाई समेत सचेत गराएको छ।

यसरी निर्माण भएको फिल्म 'काँडेतार' को नायक, निर्माता र कलाकारहरु को होलान ? भनेर दर्शक स्रोताहरुमाझ पनि उत्तिकै कौतुहलता छाएको छ जसमा नायक उनै हुन् जसले दर्जनभन्दा बढी राष्ट्रवादी फिल्महरु निर्माण गर्ने स्वयं नायक मूख्य पात्र राष्ट्रवादी नायक नवल खड्का।

त्यस्तै, फिल्मको कार्यकारी निर्माता एवं गायनमा रहेकी छन् नेपाली गीत संगीत क्षेत्रका मुर्धन्य कलाकार गायिका सत्यकला राई जसलाई सारा देशीविदेशी नेपालीले नचिन्ने कोही छैनन्।

यो नै उत्कृष्ट 'काँडेतार' फिल्मको पहिचानको पाटो हो भने फिल्मको निर्माताहरुमा माकिको राई, नादिया खड्का, सनया खड्का र अञ्जु केसी रहेका छन्।

देशभक्तिले ओतप्रोत फिल्म 'काँडेतार' को कलाकारहरुमा राष्ट्रवादी नायक नवल खड्काकासाथमा रेविका गुरुङ, सुरविना कार्की, गौरव पहारी, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काको अभिनयले तरङ्गीत बनाएको हामीले पाउने छौ।

सामना फिल्म्स प्रा लिको ब्यानरमा निर्मित यस फिल्म 'काँडेतार' को कथा लेखन शिवम् अधिकारी र नायक नवल खडकाले गरेका हुन् भने मणि थापा र दीपक शर्माकोे संगीत र छायांकन सौरभ लामाले गरेका हुन्। 

'काँडेतार' फिल्म निर्माणदेखि प्रचारप्रसारको क्रममा आइपरेका विभिन्न बाधा अड्चन र अबरोधहरुलाई चिर्दै 'च्यारिटी शो' 'प्रिमियर शो' हरु र हस्ताक्षर कार्यक्रमहरु समेत देशभरमा भव्य रुपमा सम्पन्न गरिसकिएको र फिल्म हेरिसकेपछि निदाएका नेताहरुको पनि चेत खुल्नेमा आफू विश्वस्त रहेको राष्ट्रवादी नायक खडकाले वताए।

फिल्मी क्षेत्रबाट खारिएका राष्ट्रवादी नायक नवल खडकाले यसअघि 'दशगजा, 'भिमदत्त' र 'आवाज' जस्ता अब्बल दर्जाका राष्टवादी चलचित्रहरु निर्माण गरेर नेपाली जनमानसमा आफूलाई एक अब्बल र कुशल नायकको रुपमा सत्य सावित गरिसकेका छन्।


 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०७:०१
##filmkandetar #kandetar
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान  सोमबार, असार १, २०८३
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म आइतबार, जेठ ३१, २०८३
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि 
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि  शनिबार, जेठ १६, २०८३
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान आइतबार, जेठ ३, २०८३
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी शनिबार, वैशाख २६, २०८३
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः ३ च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
  • नंः ४ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ५ हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्