Top Navigation
Main Navigation
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • चलचित्र ‘महाजात्रा’ विश्वभर प्रदर्शनकाे तयारीमा
चलचित्र ‘महाजात्रा’ विश्वभर प्रदर्शनकाे तयारीमा एकै किसिमको भूमिकामा अभिनेता सीमित हुनुहुँदैन’ : अभिनेता आचार्य
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, फागुन २८, २०८०
Hari Bansha Acharya

काठमाडौँ । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बने।

आदर्श पुरुष र सरल छवि निर्माण गरेका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्छन्। तर, यसपटक उनले आगामी चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गरेको छ।

सेवा भावभन्दा अनैतिक कार्यलाई प्रश्रय दिने नेताको भूमिका निर्वाह गरेका अभिनेता आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताए।

चलचित्र ‘महाजात्रा’ को प्रचारप्रसारमा सहभागी भएका आचार्यले षट्कोण आर्ट्समा अभिनेताका रुपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको जानकारी दिए।

“म र मैले अभिनय गर्ने पात्र फरक हुन्। सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु। त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु। यसपटक मैले नेताको भूमिकामार्फत् भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु। यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ”, अभिनेता आचार्यले भने।

अभिनेता आचार्यले आफूसँग मह सञ्चारमा डेढ दशक अगाडि काम गरेका कारण पनि निर्देशक प्रदीप भट्टराईको कामप्रति विश्वास रहेको बताए। उनले भने, “निर्देशक भट्टराईले समाजलाई सन्देश र दर्शकलाई मनोरञ्जन दिने कथा तयार गर्छन्। सोही कारण पनि म उहाँ प्रति विश्वस्त भएर कथा नहुँदा पनि अभिनय गर्न सक्छु। यसपटक पनि मलाई पूर्ण कथाभन्दा पनि चरित्रको बारेमा थाहा थियो । तर, चलचित्र उनले लेखिएको भन्दा राम्रो बनाएका छन्।”

अभिनेता आचार्यले ‘महाजात्रा’ कलात्मक र व्यावसायिक दुवै पक्षलाई ध्यान दिएर तयार गरिएको बताए। किनकि उनी सफल हुन कलाको प्रशंसासँगै व्यावसायिक सफलता पनि अनिवार्य हुने विचार राख्छन्। निर्देशक भट्टराईले अभिनेता आचार्यमा रहेका सम्भावना व्यक्तिगत जीवनका कारण समेटिनु हुँदैन भन्नेमा जोड दिए।

“अभिनेता आचार्य मेरो गुरू हुनुहुन्छ। उहाँले गर्ने अभिनय र त्यसको क्षमतालाई मैले विगत दुई दशकदेखि देखेको छु। तर, उहाँको छविका कारण उहाँलाई एकै किसिमको भूमिका प्रस्ताव हुने गरेका छन्। त्यो नहोस् भन्ने मेरो चाहना हो”, निर्देशक भट्टराईले भने।

चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, राजाराम पौडेल, प्रकाश घिमिरे, गौमाया गुरुङ, अरविन खड्कालगायतका कलाकारले अभिनय गरेको छ।

दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेको चलचित्र आउँदो चैत ९ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदैछ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:०९
##haribanshaacharya #mahajatra
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक बिहीबार, साउन २३, २०८२
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’ शनिबार, साउन १८, २०८२
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत  शुक्रबार, साउन १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः २ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः ३ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्