Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागेँ : अभिनेता थापा
चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागेँ : अभिनेता थापा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, चैत १०, २०८०
tirtha thapa
Api Himal

काठमाडौँ । तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रुपमा परिचित हुन्। उनले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका चलचित्र निर्देशन गरेको थियो। तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा छन्।

विसं २०६२/६३ को जनआन्दोलनमा चलचित्रकर्मीका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थापाले त्यसपछि नेपाल सांस्कृतिक सङ्घको स्थापना गरे। पछिल्लो समय उनी कलाकारिता छाडेर राजनीतिमा सक्रिय छन्। तर, थापालाई कलाकारितामा फर्किन मन नभएको भने होइन।

“मैले फाट्टफुट्ट रुपमा अभिनय गरेँ। मैले निर्देशन गरेका चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि व्यावसायिकरुपमा भने असफल भए। त्यो यात्रामा चलचित्रकर्मीलाई उपेक्षा भइरहेको देखेर सङ्गठित भएर आवाज उठाउनु पर्छ भन्ने लाग्यो। त्यही भएर सांस्कृतिक सङ्घको स्थापना गरेर त्यसको नेतृत्व गरेँ”, अभिनेता थापाले भने।

बाल्यकालदेखि नै राजनीतिमा जोडिएका अभिनेता थापाले जनआन्दोलनमा चलचित्र क्षेत्रको प्रतिनिधित्व गरे। नेपाल सांस्कृतिक सङ्घको स्थापना २०६२ सालमा गरिएको हो।

Nepal Oil Corporation

तर यसको गतिविधिको सुरुवात भने २०५४ सालदेखि नै भएको थियो। सोही समयदेखि अभिनेता थापाले लोकतान्त्रिक चलचित्रकर्मीलाई सङ्गठित गर्दैआएको हो। यद्यपि सुरुआती समयमा उनलाई कसैको साथ प्राप्त भएन।

“म आन्दोलनमा एक्लै पुग्थे। स्कुले जीवनदेखि नै अधिकारका लागि आवाज उठाउने भएकाले नेता र राज्यलाई आफ्नो आवाज बलियोरुपमा सुनाउनु पर्छ भनेर यस क्षेत्रको उपस्थिति देखाउँथे। तर, मलाई राजनीति गर्या्े भन्ने आरोप पनि लाग्ने गथ्र्यो। विस्तारै ती अधिकारका आवाज हुन् भन्ने बुझेर चलचित्रकर्मी जोडिए। म बाल्यकालदेखि नै नेपाल विद्यार्थी सङ्घसँग जोडिएकाले पनि लोकतान्त्रिक पार्टीले हाम्रो आवाज सुन्छ भन्ने लागेको हो”, अभिनेता थापाले भने।

अहिलेसम्म थापाले राजनीतिज्ञका रुपमा अवसर पाएको छैन। चुनाव र प्रचारप्रसारमा मात्र आफूलगायतका कलाकार, संस्कृतिकर्मीको प्रयोग हुने गरेको उनले बुझेको छ। आफ्नो क्षेत्रको प्रतिनिधित्व पार्टीमा नभएको उनले आभास गर्न थालेको छ।

“पार्टीमा विद्यार्थी, तरुण, किसानलगायत नेतृत्वमा पुगेकाहरू छन्। उनीहरूको प्राथमिकतामा आफ्नै सङ्गठनका व्यक्ति पर्छन्। हाम्रो उपस्थिति नभएर पनि हाम्रो आवाज बलियोसँग सुनिएको छैन”, अभिनेता थापाले भने, “म कांग्रेस महासमिति सदस्य भएँ। मैले केन्द्रीय सदस्यका रुपमा चुनाव लड्ने सोच पनि बनाए। तर, कुनै समूहबाट पनि संस्कृतिकर्मीका लागि सोचिएन। हामी चाहिँदा देखाउने र त्यसपछि थन्क्याइने गहना भयौँ।”

विश्वभर चलचित्रको माध्यमबाट पुराना घटनाक्रम वा राष्ट्रवादी व्यक्तिको योगदानलाई नयाँपुस्तासम्म ल्याउने गरिएको छ। विशेषतः भारतमा पछिल्लो समय यस्ता चलचित्र बन्ने गरेका छन्।

यद्यपि नेपालमा भने यो क्रम न्यून छ। बनेका चलचित्रले पनि दर्शकको साथ पाएका छैनन्। ऐतिहासिक विषयवस्तुलाई पर्दामा ल्याउँदा उचित अनुसन्धान र गृहकार्य नभई लगानीकर्ताका भरमा ल्याइएको बुझाइ अभिनेता थापाको छ।

‘वीर गणेशमान’र ‘तीन घुम्ती’ जस्ता चलचित्रसँग उनी सन्तुष्ट छैनन्। ती चलचित्र निर्माण गर्न पर्याप्त मेहनत नपुगेको उनले बताए। “हामीले राष्ट्र निर्माणमा योगदान दिनुभएका व्यक्तिको कथालाई निकै सरल किसिमले ल्याइरहेका छौँ। नयाँपुस्तालाई दर्शक बनाउने गरी मेहनत गरेको देखिएको छैन। ती चलचित्रहरू निर्माणका लागि मात्र बनेका छन्”, अभिनेता थापाले भने।

अभिनेता थापालाई त्यस्ता चलचित्र निर्माण गर्ने सोच नआएको पनि होइन। तर त्यसमा व्यक्तिगतभन्दा पनि राज्यको लगानी हुनुपर्नेमा उनको जोड छ। “निजीस्तरबाट त्यस्ता चलचित्र निर्माण हुँदा व्यावसायिक जोखिम हुन्छ। त्यसैले त्यसलाई निर्माण गर्न राज्यले सघाउनुपर्छ। निर्देशकले व्यावसायिक दायित्व बहन नगरी काम गर्ने हो भने हाम्रा पुराना कथालाई ल्याउन सकिन्छ”, उनले भने।

अभिनेता थापा पछिल्लो समय राजनीतिसँगै चलचित्रकर्ममा सक्रियता बढाउने सोचमा छन्। उनले केही विषयलाई छनोट गरेर काम पनि सुरु गरेको छ। तर, बढ्दो लागत र अपुग तयारीले गृहकार्यमै रहेको उनले बताए।

“मैले चलचित्र छाडेको दुई दशक हुन लाग्यो। प्राविधिकसँगै दर्शकको सोचमा पनि परिवर्तन आएको छ। बजारलाई अनुसन्धान गरेर मात्र म यस कर्ममा फर्किन्छु। तर, अब चलचित्र निर्माण गर्ने र अभिनय गर्ने इच्छा छ। त्यसतर्फ पनि लाग्छु”, अभिनेता थापाले भने।

उनले सांस्कृतिक सङ्घलाई महासङ्घ बनाएको छ। विधागतरुपमा सहभागिता बढेपछि बनेको महासङ्घमा नेतृत्व गर्ने कि अरुलाई जिम्मा लगाउने भन्ने प्रश्न उनीसामु आइरहन्छ।

आफूले १८ वर्षदेखि दिँदैआएको सङ्घको नेतृत्व अब अरुलाई सुम्पिने सोचमा अभिनेता थापा हुन्। तर उनले सम्मानजनक अस्तित्वको खोजि गरिरहेको छ।

“मैले यतिलामो समय दिँदा सङ्घकै साथीहरूलाई पनि मेरो सम्मानजनकरुपमा पार्टीमा स्थान होस् भन्ने लागेको छ। म पनि त्यही खोजिरहेको छु। आफैँले नेतृत्व गर्ने कि अरुलाई दिने। यसमा साथीहरूसँग छलफल गरिरहेको छु”, अभिनेता थापाले भने।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १२:०४
##tirthathapa #tirthabahadurthapa
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप मनोरञ्जन
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक शनिबार, जेठ ३२, २०८२
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक बुधबार, जेठ २९, २०८२
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान शनिबार, जेठ ११, २०८२
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।। आइतबार, जेठ ५, २०८२
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन आइतबार, जेठ ५, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
सेल्फि हान्नेको ओइरो
सेल्फि हान्नेको ओइरो शनिबार, वैशाख २७, २०८२
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।। शनिबार, वैशाख २७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्