Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • उत्तर कोरियालाई लक्षित प्रस्तावमाथि रूसद्वारा भिटो प्रयोग
उत्तर कोरियालाई लक्षित प्रस्तावमाथि रूसद्वारा भिटो प्रयोग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, चैत १७, २०८०
Russian flag

उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् ९यूएनएससी० प्रतिबन्ध उल्लङ्घनको अनुसन्धान जिम्मेवारी प्राप्त विशेषज्ञको स्वतन्त्र समिति नवीकरण गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई अवरुद्ध गर्दै रूसले बिहीबार संयुक्त राष्ट्र सङ्घमा आफ्नो भिटो शक्तिको प्रयोग गरेको छ।

युक्रेनमा भएको द्वन्द्व र यूएनएससी प्रतिबन्ध उल्लङ्गनको अनुसन्धान विशेषज्ञ समिति निर्माणको प्रस्तावले मस्को र पश्चिमी देशबीच थप तनाव बढेको हो।

पछिल्लो समय उत्तर कोरियाले यूएनएससी प्रतिबन्ध उल्लङ्गन गर्दै रूसको मुख्य युद्ध हतियार आपूर्तिकर्ताको रूपमा देखा परेको यूरोपेली मुलुकहरूको बुझाई छ ।

प्योङयाङको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको बिस्तार गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी भूमिमा पुग्न सक्ने लामो दूरीको अन्तरमहाद्वीपीय क्षेप्यास्त्रसहित थुप्रै हतियार परीक्षण गर्न आफ्नो सेनालाई प्रोत्साहित गरेको छ।

रूसले उत्तर कोरियाको अवैध हतियार कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिबन्ध र संयुक्त राष्ट्रको अनुसन्धानलाई समर्थन गरेको सिएनएनले जनाएको छ।

यद्यपि, युक्रेनमा हावी गम्भीर सङ्कटको बीचमा गतिशीलता परिवर्तन हुँदा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियारका लागि उत्तर कोरियामा निर्भरता बढाएको देखिन्छ।

संयुक्त राष्ट्रसङ्घका लागि रूसी राजदूत भासिली नेबेन्जियाले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धले प्रासङ्गिकता गुमाई वास्तविकताबाट अलगिएकाले भिटो प्रयोग गरेको बताएको छ।

उनले सन् २००६ देखि नै प्रतिबन्धको प्रभावकारिताको आलोचना गर्दै लक्ष्य विमुख भएको कोरियाली प्रायद्वीपमा सकारात्मक परिवर्तनमा योगदान नगरेको तर्क गरेको छ।

नेबेन्जियाले रूसको राष्ट्रिय सुरक्षा चासोलाई प्रत्यक्ष असर पार्ने गरी अमेरिकी नेतृत्वमा रहेका देशहरूको गठबन्धनले प्योङयाङका गतिविधिलाई अवरोध पु¥याएको सम्बनधमा रूसी चिन्तासमेत उल्लेख गरे।

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धअन्तर्गत उत्तर कोरियालगायतका देशहरूमा हतियार हस्तान्तरणमा प्रतिबन्ध लगाउँदा पनि उत्तर कोरियाली नेता उन युक्रेनविरुद्धको रूसी कारबाहीलाई सहयोग गर्न हतियारको निरन्तर आपूर्तिकर्ताका रूपमा सक्रिय देखिन्छन्।

दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तर कोरियाका हतियार कारखानाले रूसलाई लाखौं तोपखानासहित हतियार आपूर्ति गर्न पूर्ण क्षमतामा काम गरिरहेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो लक्ष्यमा आक्रमण गर्दा उत्तर कोरियाले बनाएको ब्यालेस्टिक मिसाइलका भग्नावशेष फेला पारेको रिपोर्ट सिएनएनले गरेको छ।

पन्त्र्र सदस्यीय सुरक्षा परिषद्का सदस्यको उपस्थितिमा१३ सदस्यहरूले विशेषज्ञको समितिको काम नवीकरण गर्ने पक्षमा थिए। छलफलमा रूसले विरोध जनाएको र चीन अनुपस्थित रहेको थियो। बहुमत सदस्यहरू पक्षमा रहँदा रहँदै पनि रूसको भिटो शक्तिले प्रस्तावलाई अन्ततः असफल तुल्यायो।

संयुक्त राष्ट्रसङ्घका लागि बेलायती राजदूत बार्बरा वुडवार्डले उत्तर कोरियाली जनतामाथि पर्ने यसको हानिकारक प्रभाव र प्रतिबन्धको प्रभावकारितालाई जोड दिँदै रूसी भिटोप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

उनले अन्तर्राष्ट्रिय मान्यतासहितको शासनको अखण्डता र परिषद्को विश्वसनीयतालाई कमजोर पार्दै हतियार खरिद्का लागि प्रतिबन्धबाट बच्ने स्वतन्त्रता खोजिरहेको आरोप लगाएको छ।

संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी उप राजदूत रोबर्ट वुडले सभ्य राष्ट्रले अनुमोदनलाई कसरी रोक्न सक्छ भनेर प्रश्न गर्दै रूसको ‘गैरजिम्मेवारपूर्ण कार्य’को निन्दा गरेको छ।

विशेषज्ञहरूको प्यानललाई अस्थायी रूपमा अवरोध गरेको भएता पनि दिगो र अब्बल व्यवस्थाका लागि वकालत जारी रहने कुरामा उनले जोड दिए।

दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि रूसको निर्णयलाई गैरजिम्मेवारपूर्ण भन्दै आलोचना गरेको भने मस्कोको कदम विरुद्ध अन्तर्राष्ट्रिय प्रतिक्रियालाई समेत उजागर गरेको छ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १७:१०
##russia #flag #russianflag
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता बुधबार, जेठ २०, २०८३
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ? मंगलबार, वैशाख ८, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण आइतबार, फागुन ३, २०८२
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३१, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्