Top Navigation
Main Navigation
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • हिजोको बगर आजको बगैँचा, खुशी छन् किसान
हिजोको बगर आजको बगैँचा, खुशी छन् किसान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असार २२, २०७८

चार दशकअघि रातो खोलामा आएको भीषण बाढीले खेतीयोग्य जमीन बगाएर बगर बनाइदिएपछि दुःखमा परेका महोत्तरीको भङ्गहा नगरपालिकाका किसान अहिले भने निकै खुसी छन् । हिजो खोलाले बगर बनाएको खेत अहिले बगैँचा बनेपछि यहाँका किसानमा खुसीयाली छाएको हो । हिजोको बलौटे त्यही बगरमा आज फल र तरकारीका बतिला फक्रिँदै गएपछि उनीहरुका ओठको मुस्कान पनि खुल्दै गएको छ । 

परिवार पाल्नकै लागि भारतीय शहरहरु धाउनुपर्ने बाध्यताका यहाँका किसानहरु अहिले घर फर्किएर यही बगैँचाबाट आयआर्जन गर्न थालेका छन्। स्थानीय किसान उत्तिमलाल भुजेदार अहिले आफ्नै गाउँको खोला बगरमा पसिना बगाउँछन्। “परिवारसँग टाढा बसेर र मजदुरी गरेर दुई चार पैसा कमाउन पनि कठिन नै थियो, अहिले परिवारसँगै बसेर बगरमै आम्दानी गर्न थालेका छौँ, म निकै खुशी छु”, उत्तिमलाल भन्छन् ।  

ज्याला मजदुरीकै भरमा बालबालिकाको लालनपालन गरिरहेका स्थानीय किसान जयकिशोर चौधरीले पनि बगर खेतीमा लागेदेखि दुःखका दिन गएको महसुस गरेको छ । उनी अहिले आफूले सुखका दिन काटेको अनुभव सुनाउँछन्। “पहिले त हामीलाई मिठो खान र राम्रो लगाउन सपनाजस्तै हुन्थ्यो तर अहिले त्यस्तो छैन । बगर खेतीले हामीलाई आफ्ना आवश्यकता पूरा गर्न सजिलो भएको छ”, जयकिशोर भन्छन् ।  

स्थानीय सुमित्रा देवीले भने बगरमा फलेका फलफूल र तरकारी अहिले आफ्नो घरपरिवारलाई पुगेपछि आफन्त तथा साथीहरुलाई कोसेली बाँड्ने गरेको छ । उनी भन्छन्, “पहिले किनेर खान निकै गाह्रो हुने गथ्र्यो तर अहिले आफूलाई पुगेर बाँकी रहन्छ। व्यापारीहरु घरमै आएर लान्छन्, बिक्री गर्न बजार पनि जानुपर्दैन । हामी त घरमै बसीबसी पैसा पनि पाएका छौँ र इष्टमित्र र आफन्तबाट धन्यवाद र प्रशंसा पनि पाएका छौँ ।”

पहिले आफ्नो धान फल्ने खेत बाढीले बगर बनाइदिएपछि कैयौँ वर्ष दुःख पाएकाले त्यो खुसी साट्नका लागि पनि आफन्त र साथीहरुलाई फलफूल र तरकारी बाँड्ने गरेको अनुभव सुमित्राले सुनाए। यसबाट गरे के हुँदैन र भन्ने भएको उनले बताए।   

स्थानीय किसान केशवनारायण सिंहको पनि दिनचर्या यस्तै मिल्दोजुल्दो रहेको छ। उनलाई कुनै बेला त फलफूल र तरकारी खान नै समस्या थियो। साथमा पैसा चाहिन्थ्यो, किनेरै खानुपथ्र्यो । आज आफूलाई मात्र होइन कि फलफूल र तरकारी अरुलाई दिन र बिक्री गरेर आफ्नो दैनिकी चलाउन पनि सम्भव भएको उनी बताउँछन्। “रातो खोलाले खेतबारी बगाएर बगर बनाइदिँदा के खाने, कसरी बाँच्ने र परिवार कसरी पाल्ने भन्ने पीडा थियो। रातदिन भोक र शोक थियो तर दिन बित्दै जाँदा बगरमै पैसा फल्न थालेको छ, हामी त खुसी छौँ”, उनले भने। 
    
महोत्तरीको भङ्गहा नगरपालिकास्थित रातु खोलाको २४२ बिघा बगर स्थानीय किसानहरुको पाँच वर्षको कठोर परिश्रमले ऊर्वर भूमि बनेको हो। उनीहरुकै शब्दमा अहिले खोलाको बगरमै सुन फल्न थालेको छ। यतिखेर यो बगरमा आँप लटरम्म फलेका छन्। लिची, कागतीको बोट लहलह हुर्किँदै छन्। त्यहाँ उब्जाइएका काउली, बन्दा, परबल, भन्टा, भिन्डी, फर्सी, लौका, काँक्रो, खुर्सानी जस्ता मौसमी फलफूल तथा सागसब्जी लटरम्म फलेका छन्। यिनै फलफूल र तरकारी बिक्री गरेर किसानहरुले प्रशस्तै आमदानी गरेका छन्। बगरमा पोखेको पाँच वर्षदेखिको पसिनाले फल दिन थालेपछि दङ्ग छन् किसान। अनि यही फलफूलको हरियालीमा घर परिवार तथा बालबालिका पनि रमाइरहेको देखिन्छ।

बगरमा विभिन्न जातका फलफूलका २० हजार बिरुवा छन् । यस बगरको ६१ बिघा जमीनमा वृक्षरोपण गरेर किसानले खाली जमीनमा अन्न तथा तरकारी खेती गरिरहेका छन् । भङ्गहामा बगर खेतीले २४८ घरपरिवारको जीवन फेरिएको छ भने २५ दलित परिवारलाई ऐलानी जग्गा दिएर आँपको बोट र अन्य मौसमी खेती गर्न प्रोत्साहित गरिएको छ। 

चार दशकअघि रातो खोलाको भीषण बाढीले नगरपालिकाको पर्सा, सङ्ग्रामपुर, कविलासा तथा मेघनाथ गोरहन्ना गाउँको खेतीयोग्य जमीन कटान गरेर बगरमा परिणत गरिदिएको थियो । गाउँगाउँका सयौँ बिघा जग्गा बगर बनेपछि एकातर्फ किसानको उब्जनी हुने जमीनको नाश भयो भने अर्कातर्फ बगरको बालुवा हावाले उडाएर गाउँमा बस्न सक्ने अवस्था पनि भएन । यसरी बाढीले सुकुम्बासी बनेका किसानहरु परिवार पाल्नकै लागि भारत छिर्नुबाहेकको विकल्प रहेन।

विसं २०६४ यता जनताको तटबन्ध कार्यक्रमले रातो नदीका तीन भँगालालाई बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि बगरको संरक्षण भएको हो। अहिले उराठलाग्दो बगरमा किसानहरुले आफ्ना पसिना चुहाएर फलफूल र तरकारी खेती गरेर जीवन चलाउनुका साथै लाखौँ कमाउन पाएका छन् । अहिले गाउँलेहरुले त्यही बगरलाई संरक्षित क्षेत्र घोषणा गरेका छन्। यस क्षेत्रमा चरिचरन निषेध छ । यस क्षेत्रमा गाईवस्तु पसे रु एक हजार १०० जरिवाना लाग्छ। सिँचाइका लागि पानी तान्न पम्पसेट खरिद गरेर सिँचाइको प्रबन्ध मिलाइएको छ ।

स्थानीय किसानहरुलाई सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास महोत्तरीले सहयोग गरेको छ। मञ्चको पहलमा रातो खोला फलफूल रोपन, चारपिपरा माई फलफूल तथा वृक्षरोपण र सुखदाता माई रातुखोला फलफूल तथा आयआर्जन समूह गठन गरेर किसानहरुले सो बगरलाई हराभरा बनाएका छन् । बञ्जर बगरमा बगैँचा फस्टाएपछि किसानहरुका साथै ती गाउँले पनि हर्षित भएका छन् । आय आर्जनको मुख्य थलो बनिसकेको त्यस क्षेत्रका किसानहरुले बगैँचाको प्लटमा सडक विस्तार गर्नुपर्ने खाँचो रहेको बताउँदै नगरपालिका र सम्बन्धित निकायलाई बगरसम्मै सुविधा सम्पन्न बाटो बनाइदिन माग गरेका छन् ।

दुई सय ४२ बिघा बगरमा लोभलाग्दा फलफूल र तरकारी खेती गरेर यहाँका किसानले दाम र नाम दुवै कमाउन सफल भएका छन्। उनीहरुको यो सफल व्यवसायको उदाहरण दिँदै सफलताका कथाहरु लेख्नेहरु पनि त्यहाँ पुगेका छन् भने अन्य क्षेत्रका किसानहरु उनीहरुको यो सफलताबाट सिक्न त्यहाँ आएका छन्। यसैले यस जिल्लामा पनि केही महिना यतादेखि पर्सा, सङ्ग्रामपुर, कविलासा र मेघनाथ गोरहन्नाका ती २४८ घर परिवारको परिश्रमको चर्चा हुने गरेको छ।

अहिले छिमेकी नगरपालिकाहरु बर्दिबास, औरही, लोहारपट्टी, बलवा र रातो नदी किनारका अन्य नगरपालिका र गाउँपालिकाका किसानहरु पनि आ–आफ्ना क्षेत्रमा पर्ने बगरमा त्यस्तै फलफूल र तरकारी खेती गर्ने सिको गर्दैछन्। उनीहरुले पनि विभिन्न समूह बनाएर आ–आफ्ना नगरप्रमुख र वडाध्यक्षहरुलाई किसानका लागि बगरमा आधारित खेतीको कार्यक्रमहरु ल्याउन माग गरेका छन्।

भङ्गहामा गरिएको बगर खेती छिमेकी पालिकामा मात्रै नभएर अहिले महोत्तरी जिल्लाभरि नै चर्चाको विषय बनेको छ। जिल्लाभरि नै नमूना कामको दर्जा पाएर अहिले गाउँ गाउँबाट किसानहरु भङ्गहा बगर खेतीको अवलोकन गर्न जान थालेको स्थानीय किसानहरु बताउँछन्।

यसरी ती किसानले मानिसले मेहनत गरे सुन नै फलाउन सक्छ भन्ने तथ्य प्रमाणित गरेर देखाउन सफल भएका छन्। त्यस्तै त्यहाँ पुगेका हरेक किसानले परिश्रम गरे आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने यथार्थ सिकेर फर्किने गरेका छन्। भङ्गहाका किसानको महेनत देखेर आफूहरु पनि प्रभावित भएको र उनीहरुको मेहनतको सम्मानस्वरुप किसानहरुलाई प्रोत्साहन र प्रवद्र्धनको कार्यक्रम ल्याउन लागेको नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए। 

“भङ्गहाको बगरलाई सुन्दर, हरियाली र पैसा फल्ने थलोका रूपमा विकास गर्न आफ्नो रगत पसिना बगाएका किसानलाई हृदयदेखि नै सम्मान गर्छु। उनीहरुको परिश्रमलाई उचित सम्मान गर्न आतुर छौँ, हामीले केही कार्यक्रम ल्याउँदै छौँ”, नगर प्रमुख साहले बताए। 

बगर खेतीमा लागेका चार/पाँच गाउँका किसानलाई बिहान कतिबेला हुन्छ र रात कतिबेला पर्छ भन्ने पनि प्राय थाहा हुँदैन। किसान उत्तिमलाल लगायतको खाना र खाजा बगरमै हुन्छ । कतिपय त बगरमै रात पनि बस्ने गर्छन् भने केही राति सुत्न मात्र घर पुग्छन्।

उनीहरु सुनाउँछन् कहिले एउटा फलफूल, कहिले अर्को र कहिले सँगसँगै सबै टिप्ने बेला हुन्छ। धेरै खेती गरेकालाई त टिप्नै भ्याइनभ्याइ हुने गर्छ। तरकारी बालीको पनि त्यस्तै हो । विभिन्न मौसमी र एकै मौसममा एकै साथ धेरै फल्ने हुँदा टिप्न, तौल गर्न र बेच्नमै दिन बित्छ। यसरी परिश्रमअनुसारको फल टिपिरहेका यहाँका किसानले आफ्नै भूमिमा कर्म गरे सबथोक फलाउन सकिन्छ भन्ने सन्देश दिइरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ११:५३
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
रुप्सेले कसको मन लोभ्याउँदैन र ?
रुप्सेले कसको मन लोभ्याउँदैन र ? आइतबार, चैत १५, २०८२
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने आइतबार, चैत १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
  • नंः ३ बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
  • नंः ४ हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
  • नंः ५ सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
विचार
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्