Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
शनिबार, चैत १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, चैत १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • बाइडेन र ह्यारिसले चुनावी अभियानको संयुक्त नेतृत्व गर्ने
बाइडेन र ह्यारिसले चुनावी अभियानको संयुक्त नेतृत्व गर्ने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन २५, २०८१

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतीय निर्वाचनबाट बाहिरिने घोषणापछि पहिलो पटक उनी र उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिसले आगामी साता आफ्नो दलको चुनावी अभियानको संयुक्त नेतृत्व गर्ने भएको छ।

नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट रिपब्लिकन नेता ट्रम्पविरूद्धको प्रतिस्पर्धाबाट पछि हट्ने निर्णयपछि बाइडेनको यो पहिलो चुनावी सम्बोधन हुनेछ ।

आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा आफ्नो विरासतलाई जोगाउन र नयाँ डेमोक्र्याटिक उम्मेदवारलाई जिताउने अभियानमा राष्ट्रपति बाइडेनले अगस्ट १५ मा वासिङ्टन नजिकै मेरिल्याण्ड राज्यमा आयोजना हुने कार्यक्रममा उपराष्ट्रपतिको साथमा उपस्थित भएर समर्थकलाई हौसला प्रदान गर्ने घोषणा गरेको हो । 

ह्वाइट हाउसले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेता द्वयले अमेरिकी जनताका लागि लागत घटाउन गरिरहेको कार्यक्रमलाई अभियानका क्रममा समर्थकमाझ  सार्वजनिक गर्नुहुनेछ।”

अमेरिकाको मुद्रास्फीति कमजोर भएको अवस्थामा नोभेम्बरमा हुने चुनावमा आफ्नो एजेन्डालाई कसरी अघि प्रस्तुत गर्नुहुनेछ यो अमेरिकी मतदाताले हेरिरहेको गम्भीर बिषय हो ।

बाइडेनले आफ्नो उमेर र मानसिक तीक्ष्णताको बारेमा चिन्ता व्यक्त गरिएको ट्रम्पविरुद्धको कमजोर बहसपछि पदबाट राजीनामा दिने घोषणा गरेको थियो ।

अमेरिकी इतिहासमा पहिलो महिला, अश्वेत र दक्षिण एसियाली मुलकी उपराष्ट्रपतिले भव्य जुलुशहरूको एकपछि अर्को शृङ्खला प्रदर्शन गर्न सफल भएको छ ।

अभियानमा बढ्दो सहभागिता, अत्यधिक चन्दा सङ्कलनसँगै ह्यारिसले रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकालाई एक पटक राजनीतिक नेतृत्व दिइसकेका पूर्वराष्ट्रपति ट्रम्पको चुनावी अग्रतामा चुनौती खडा गरिसकेको छ।

डेलावेयरस्थित आफ्नो घरमा लामो विदा बिताइरहेका राष्ट्रपति बाइडेनले अगस्ट १९ देखि सिकागोमा सुरु हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनसम्म ह्यारिसको समर्थनमा कुनै ठूलो राजनीतिक उपस्थिति जनाउने अपेक्षा गरिएको थिएन।

तर, अमेरिकी राजनीतिमा झण्डै ५ दशक लामो करियरबाट बाहिरिने तयारीमा रहेका डेमोक्र्याट बाइडेन आफ्नो विरासतलाई अगाडि बढाउन इच्छुक रहेको सङ्केत अभियानमा सहभागी हुने पछिल्लो घोषणाबाट पनि देखिएको छ।

यसको एउटा हिस्सा उनको प्रतिद्वन्द्वी र सन् २०२० को चुनावमा उनले पराजित गरेका व्यक्ति ट्रम्पविरुद्ध ह्यारिसको विजय सुनिश्चित गर्न हरसम्भव प्रयास गर्नु हो ।

गत हप्ता बाइडेनले अमेरिकी पत्रकार इभान गेर्शकोभिच र अन्य बन्दीहरूलाई स्वागत गर्दा बाइडेनको पक्षमा ह्यारिसको उपस्थिति निकै स्पष्ट देखिएको थियो ।

समाचार संस्था पोलिटिकोका अनुसार ह्यारिस अब पेन्सिलभेनिया र मिशिगनजस्ता निर्वाचनमा अति प्रतिस्पर्धा हुने राज्यहरूमा बाइडेनलाई मिलेको समर्थनलाई सुरक्षित गर्न चाहन्छन् । ती क्षेत्रमा अहिले पनि विशेष गरी पाका श्वेत मतदाताहरूसँग बाइडेनको लोकप्रियता बढी रहेको छ ।

बाइडेनले आफूप्रतिको लोकप्रिय मत प्रभावित हुनबाट रोक्नेछ र नोभेम्बरले यस पहिलेको उनीप्रतिको मोहलाई सर्लक्कै ह्यारिसमा सार्ने प्रयास गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व परिवेश
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण आइतबार, फागुन ३, २०८२
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ राजनीतिक नियुक्तिमा विगतको ‘भागबण्डा मोडेल’ विरुद्ध रास्वपा
  • नंः २ जातीय विभेदले पारेको प्रभाव
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ एक सातापछि ‘फुल सिलिण्डर’ बजारमा: कृतिम अभाव अन्त्य गर्ने आयल निगमको तयारी
  • नंः ५ एनआरएनए अध्यक्ष डा हेमराज शर्माको प्रतिबद्धता : "अब संगठनलाई नयाँ उर्जा र दृष्टिकोणकासाथ अगाडि बढाउँने।"
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्