Top Navigation
Main Navigation
बुधबार, साउन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • शिक्षा ऐन छिट्टै ल्याउँछौँ : शिक्षामन्त्री भट्टराई
शिक्षा ऐन छिट्टै ल्याउँछौँ : शिक्षामन्त्री भट्टराई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ १६, २०८१

लेखनाथ, कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्यादेवी भट्टराईले सामुदायिक विद्यालयले प्रदान गर्दै आएको शिक्षालाई थप गुणस्तरीय बनाउन अब छिट्टै विद्यालय शिक्षा ऐन पारित गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पोखरा-३३ कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रमको उद्घाटन गर्दै शिक्षामन्त्री भट्टराईले सामुदायिक विद्यालय सुधारका लागि ल्याउन लागिएको ऐनमा संसद्मा छलफल भइरहेको बताएको हो।

मन्त्री भट्टराईले विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढेका सामुदायिक विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने थलोका रूपमा विकास गर्न आफूले विद्यालय शिक्षा ऐन ल्याउन मस्यौदा तयार गर्न लागेको जानकारी समेत दिए।

“विद्यालयलाई वर्गीकरण गरी धेरै विद्यार्थी रहेका विद्यालयमा लगानी बढाउने र स्मार्ट विद्यालयका रूपमा विकास गर्ने योजना शिक्षा मन्त्रालयको छ । हाल त्यसमा काम भइरहेको छ”, उनले भने, “सङ्घ सरकारको उद्देश्य स्थानीय तहलाई बलियो बनाउँदै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नु हो । यसमा हामी सबै मिलेर अगाडि बढ्नुपर्छ।”

Nepal Oil Corporation

केही सामुदायिक विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) तथा उच्च माविको परीक्षामा उत्कृष्ट अङ्क ल्याई सफलता प्राप्त गरेको, पछिल्लो समय अभिभावकमा पनि सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यो अवस्थामा थप सुधार ल्याउन जरुरी रहेको धारणा राखे ।

प्राविधिक शिक्षाका साथै पाठ्यक्रम र सिकाइको स्तर वृद्धि गरी अनलाइन प्रणालीमार्फत पढाइलाई विकास गर्न जरुरी रहेको उनको भनाइ थियो। “संसद्मा छलफल भइरहेको विद्यालय शिक्षा ऐन पारित भएपछि सामुदायिक विद्यालयको शिक्षाले फड्को मार्ने छ। स्थानीय तहले सामुदायिक विद्यालयमा अनुगमन गरी विद्यालयका समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण सृजना गरिदिनुपर्ने आवश्यकता छ”, मन्त्री भट्टराईले भने।

गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले विद्यालयस्तरको शिक्षा निःशुल्क प्रदान गर्ने दायित्व सरकारको भएकाले त्यो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए। पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेम आचार्यले गाउँ-गाउँमा उच्चमावि सञ्चालन गरेर बन्द गर्नुभन्दा विद्यार्थी भएका विद्यालयले मात्र उच्च मावि खोल्नुपर्ने सुझाव दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सूर्यराज अधिकारीले विद्यालयको शैक्षिक गतिविधिका बारेमा प्रकाश पारेको थियो ।

त्यस अवसरमा विभिन्न अक्षयकोषको रकमबाट एसइई तथा उच्च माविको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो। साथै मन्त्री भट्टराईले विद्यालय हाताभित्र निर्माण गरिएको प्रतीक्षालयको उद्घाटनसमेत गरेको थियो।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २१:४८
##bidhyabhattarai #minister #kaski
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना सोमबार, असार ३०, २०८२
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी शनिबार, असार २८, २०८२
डाक्टरहरू सडकमा, अस्पतालमा विरामीकाे बेहाल
डाक्टरहरू सडकमा, अस्पतालमा विरामीकाे बेहाल मंगलबार, असार २४, २०८२
उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे? मंगलबार, असार २४, २०८२
डाक्टरहरुलाई कालोपट्टी बाँधेर सडकमा आउन किन बाध्य बनायो सरकारले ?
डाक्टरहरुलाई कालोपट्टी बाँधेर सडकमा आउन किन बाध्य बनायो सरकारले ? सोमबार, असार २३, २०८२
वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान आइतबार, असार २२, २०८२
एसईई उतिर्न विद्यार्थीलाई गगन थापाकाे सुझाव
एसईई उतिर्न विद्यार्थीलाई गगन थापाकाे सुझाव आइतबार, असार २२, २०८२
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस्
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस् बिहीबार, जेठ २३, २०८२
७४ वर्षिया आमाले दिइन् परीक्षा
७४ वर्षिया आमाले दिइन् परीक्षा आइतबार, वैशाख २१, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ४ उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्