Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • शिक्षा ऐन छिट्टै ल्याउँछौँ : शिक्षामन्त्री भट्टराई
शिक्षा ऐन छिट्टै ल्याउँछौँ : शिक्षामन्त्री भट्टराई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ १६, २०८१

लेखनाथ, कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्यादेवी भट्टराईले सामुदायिक विद्यालयले प्रदान गर्दै आएको शिक्षालाई थप गुणस्तरीय बनाउन अब छिट्टै विद्यालय शिक्षा ऐन पारित गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पोखरा-३३ कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रमको उद्घाटन गर्दै शिक्षामन्त्री भट्टराईले सामुदायिक विद्यालय सुधारका लागि ल्याउन लागिएको ऐनमा संसद्मा छलफल भइरहेको बताएको हो।

मन्त्री भट्टराईले विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढेका सामुदायिक विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने थलोका रूपमा विकास गर्न आफूले विद्यालय शिक्षा ऐन ल्याउन मस्यौदा तयार गर्न लागेको जानकारी समेत दिए।

“विद्यालयलाई वर्गीकरण गरी धेरै विद्यार्थी रहेका विद्यालयमा लगानी बढाउने र स्मार्ट विद्यालयका रूपमा विकास गर्ने योजना शिक्षा मन्त्रालयको छ । हाल त्यसमा काम भइरहेको छ”, उनले भने, “सङ्घ सरकारको उद्देश्य स्थानीय तहलाई बलियो बनाउँदै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नु हो । यसमा हामी सबै मिलेर अगाडि बढ्नुपर्छ।”

केही सामुदायिक विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) तथा उच्च माविको परीक्षामा उत्कृष्ट अङ्क ल्याई सफलता प्राप्त गरेको, पछिल्लो समय अभिभावकमा पनि सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यो अवस्थामा थप सुधार ल्याउन जरुरी रहेको धारणा राखे ।

प्राविधिक शिक्षाका साथै पाठ्यक्रम र सिकाइको स्तर वृद्धि गरी अनलाइन प्रणालीमार्फत पढाइलाई विकास गर्न जरुरी रहेको उनको भनाइ थियो। “संसद्मा छलफल भइरहेको विद्यालय शिक्षा ऐन पारित भएपछि सामुदायिक विद्यालयको शिक्षाले फड्को मार्ने छ। स्थानीय तहले सामुदायिक विद्यालयमा अनुगमन गरी विद्यालयका समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण सृजना गरिदिनुपर्ने आवश्यकता छ”, मन्त्री भट्टराईले भने।

गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले विद्यालयस्तरको शिक्षा निःशुल्क प्रदान गर्ने दायित्व सरकारको भएकाले त्यो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए। पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेम आचार्यले गाउँ-गाउँमा उच्चमावि सञ्चालन गरेर बन्द गर्नुभन्दा विद्यार्थी भएका विद्यालयले मात्र उच्च मावि खोल्नुपर्ने सुझाव दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सूर्यराज अधिकारीले विद्यालयको शैक्षिक गतिविधिका बारेमा प्रकाश पारेको थियो ।

त्यस अवसरमा विभिन्न अक्षयकोषको रकमबाट एसइई तथा उच्च माविको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो। साथै मन्त्री भट्टराईले विद्यालय हाताभित्र निर्माण गरिएको प्रतीक्षालयको उद्घाटनसमेत गरेको थियो।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २१:४८
##bidhyabhattarai #minister #kaski
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ? आइतबार, जेठ २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ५ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्