Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चित्रलेखा यादवको यसरी भाग्य चम्कियो...
चित्रलेखा यादवको यसरी भाग्य चम्कियो...
श्याम स्मृत
श्याम स्मृत शनिबार, असोज ५, २०८१
Api Himal

काठमाडौं । मन्त्रिपरिषद् बैठकले १६ साउनमा १८ देशका लागि राजदूत सिफारिस गर्दा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा कान्ता रिजाल सिफारिस भएकी थिइन्।

भर्खरै मात्र इजरायलको लागि नेपाली राजदूत बनेर कार्यकाल सम्पन्न गरेर फर्केकी रिजालले आफ्नै सहयोगीको कारण सिफारिस भैसकेको अष्ट्रेलियाको राजदूत पद गुमाउन बाध्य हुनुप-यो ।

यसो हुनुको एउटै कारण इजरायलको लागि नेपाली राजदूत हुदा नेपालवाट आफ्नो भान्छेको रुपमा कान्ता रिजालले इन्दिरा रिजाललाई लिएर गएकी थिइन्। राजदूतको कार्यकाल सकेर स्वदेश फर्कने क्रममा नेपाल फर्कने टिकट बुकिङ समेत भएर फर्कनका लागि एअरपोर्ट आउने क्रममा एअरपोर्टवाटै भान्छे इन्दिरा रिजाल बेपत्ता बनेपछि उनी एक्लै फर्कनु परेको थियो।

जसको रिपोर्टिङ परराष्ट्र मन्त्रालयमा भैसकेको थियो। कान्ता रिजालले नामी साप्ताहिकलाई दिएको जानकारी अनुसार, इजरायलको एअरपोर्टवाट बेपत्ता बनेकी भान्से इन्दिरा रिजाललाई त्यहाँको अध्यागमनले पक्रेर नेपाल फर्काउने प्रकृया भैसकेको छ।

Nepal Oil Corporation

यसो भएतापनि रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगी स्वदेश नल्याएको उजुरी परराष्ट्र मन्त्रालयमा परिसकेको थियो। संसदीय सुनुवाइमा अन्य सिफारिस नामहरु पुग्दा रिजालको नाम गएन ।

त्यसै त राजदूत सिफारिसमा समावेशी नभएकोमा सरकार आलोचित बनिरहेकोमा रिजालको स्थानमा मधेशी समुदायवाट पूर्व उपसभामुख समेत भैसकेकी कांग्रेसी नेतृ चित्रलेखा यादव सिफारिस भयो।

सरकारले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिम समुदायबाट परेका थिएनन् । १८ भदौमा प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उपस्थित भएर परराष्ट्र मन्त्री आरजु राणाले गल्ती भएको स्विकारिन्।

२४ भदौ (सोमबार) संसदीय सुनुवाई समितिमा परराष्ट्र मन्त्री राणाले समावेशी बनाउने प्रतिवद्धता जनाइन् । उनले भनिन्,‘जति समावेशी हुनुपथ्र्यो, समानुपातिक हुनुपर्थ्यो । त्यो हुनसकेको छैन भन्ने मलाई पनि लागेको छ । यो कुरा मन्त्रिपरिषद्मा म अघि बढाउनेछु।’

राणाले संसदीय समितिमा प्रतिवद्धता गरेकै दिन सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको लागि राजदूत सिफारिस गर्याे । मधेशी मूलबाट राजदूत नगराएको प्रति उठेको चासो सम्बोधन हुने गरी सरकारले यादवको नाम सिफारिस गर्याे।

आफू पार्टीको चाहना अनुसार राजदूत सिफारिस भएको यादवले बताइन् । उनले भनिन्,‘परराष्ट्र मन्त्री ज्यूले तपाई राजदूत बन्यो पर्याे भन्नुभयो। पार्टीको इच्छा अनुसार म तयार भएकी हुँ।’

कांग्रेसको उच्च तहमा बसेर राजनीति गरेकी यादवलाई राजदूत बनाएर पठाएपछि उनको सक्रिय राजनीतिक करिअर अब के हुन्छ भन्ने जिज्ञासा उठेको छ । यादव आफैंले भने राजदूतको भूमिका निभाइसकेपछि पनि आफू सक्रिय राजनीतिमै रहने दाबी गरिन्।

‘राजदूत भएपछि मैले राजनीति छाड्ने होइन, पछि सक्रिय काममा फर्किहाल्छु,’ उनले भनिन्, ‘हिजो पनि कांग्रेसको सक्रिय कार्यकर्ता थिएँ, आज पनि छु, भोलि पनि रहन्छु।’

चित्रलेखा यादव उपसभामुख छँदा ०५९ जेठ ८ मा प्रतिनिधिसभा विघटन भएको थियो । सभामुख तारानाथ रानाभाटले कांग्रेसको नीति छाडेर राजावादी लाइनमा गएको भन्दै उपसभामुख यादवलाई सडकबाट संसद चलाउने जिम्मेवारी मिलेको थियो। यो प्रस्ताव गरेका थिए, गिरिजाप्रसाद कोइरालाले।

आफूलाई त्यस समय सडकबाट संसद नचलाउन दरबारले दबाब र आश्वासन समेत दिएको उनले सुनाइन् । ‘तपाईलाई मन्त्री वा अरु के हुन चाहनुहुन्छ। सबै हुन्छ भनेर दरबारका दुई मान्छेले मलाई भने’, यादवले भनिन्, ‘यो प्रस्ताव गलत मान्छेका आइपुगेको भनेर दरबारलाई जवाफ पठाइदिएँ।’

सिरहाबाट २०३६ सालदेखि कांग्रेसको राजनीतिमा संलग्न ५९ वर्षीया यादव सभापति शेरबहादुर देउवा पक्षीय हुन् । नेविसंघको त्रिभुवन विश्वविद्यायलयको कोषाध्यक्ष हुँदै उनी पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन् ।

यादवको राजनीतिक जीवनमा उल्लेखनीय भूमिका उनको उपसभामुखको जिम्मेवारीलाई लिने गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता लिएपछि भएको आन्दोलनमा उनले सडकबाट सदनको अध्यक्षता गरेकी थिइन् ।

यसरी सडकमा बसेको संसद सुरुमा पाटनस्थित मंगलबजारमा बसेको थियो भने दोस्रोपटक प्रज्ञा प्रतिष्ठानको भवन बाहिर बसेको थियो। प्रज्ञा प्रतिष्ठानमा बैठक बस्ने गरी सात दलले तयारी गरेपछि तत्कालीन शासकले भित्र छिर्न नदिन चाबी लगाएर बन्द गरिदिएको थियो।

‘संसद पुर्नस्थापना गर्ने सात दलको माग थियो । सात पार्टीले सडकबाट संसद चलाएर दबाब दिने निर्णय भयो,’ त्यसबेलाको अवस्था स्मरण गर्दै यादवले अनलाइनखबरसँग भनिन्,‘सिंहदरबारमा संसद बैठक बस्ने अवस्था थिएन ।

सडकबाट संसद चलाएर माग दबाब दिएका थियौं।’ २०५६ सालमा उपसभामुख बनेकी उनलाई २०६३ माघ ११ गते बसेको पुर्नस्थापित संसदको बैठकले ‘राजनीतिक सहमतिका आधारमा’ उपसभामुख पदमा निर्वाचित गरेको थियो ।यादव कांग्रेसको १२ औं महाधिवेशनबाट निर्वाचित कोषाध्यक्ष हुन्।

संविधान सभा सदस्य यादव सुशील कोइराला प्रधानमन्त्री भएको बेला शिक्षा मन्त्री बनिन् । गत निर्वाचनमा सिरहा-२ बाट प्रत्यक्ष निर्वाचनतर्फ पराजित उनी कांग्रेसकोे १४ औं महाधिवेशनमा मधेशबाट महिलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । संस्थापनइतरका एक नेताका अनुसार उनी सभापति र परराष्ट्रमन्त्रीको रोजाइमा परेर राजदूतमा सिफारिस भएकी हुन् ।

यादव आफ्नो जिम्मेवारी सम्पादन गरिसकेपछि फेरि पनि सक्रिय राजनीतिमै रहने उनको दाबी छ। तर अहिलेसम्म जनप्रतिनिधि वा पार्टी नेताका रुपमा सक्रिय रहँदै आएकी यादवले अष्ट्रेलियामा नेपाल सरकारकी प्रतिनिधि रहने भनी गरेको निर्णयले उनलाई बिस्तारै पार्टी राजनीतिबाट बाहिर पुर्याउने हो कि भन्ने आकलन पनि हुन थालेको छ ।

‘कसको इच्छा अनुसार बनाइएको भन्दापनि उपयुक्त पात्र हो कि होइन भन्ने हो,’ ती नेताले भने, ‘राजनीतिक जीवन लामो छ। विभिन्न पदमा बसेर काम गर्नुभयो । सक्षम व्यक्ति नै हो ।’ यादवले आफू दायाँबायाँ गर्ने व्यक्ति नभएको भन्दै राजदूत बनेपछि निष्क्रिय बन्ने भनेर नसोच्न आग्रह गरिन्।

‘मलाई पहिला शिक्षामन्त्री बन्न खासै मन थिएन, २० मिनेटअघि खबर गरेपछि शपथग्रहणमा गएँ,’ उनले भनिन्, ‘खासमा मलाई फिल्डको राजनीति नै प्रिय हो, तर अहिले देशका लागि यो जिम्मेवारीको प्रस्ताव स्वीकार गरेको छु ।’

नामी साप्ताहिकवाट

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड शनिबार, जेठ ३२, २०८२
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके शुक्रबार, जेठ ३१, २०८२
आजको संसद बैठकमा यस्तोसम्म भयो
आजको संसद बैठकमा यस्तोसम्म भयो बिहीबार, जेठ ३०, २०८२
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा बिहीबार, जेठ ३०, २०८२
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो बुधबार, जेठ २९, २०८२
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु बुधबार, जेठ २२, २०८२
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन बुधबार, जेठ २२, २०८२
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित बुधबार, जेठ २२, २०८२
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत्
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत् मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्