Top Navigation
Main Navigation
बुधबार, माघ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, माघ २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • सुशीलाको सुन्दरता वकालतमा महिलाहरुको बौद्धिक सुन्दरता
सुशीलाको सुन्दरता वकालतमा महिलाहरुको बौद्धिक सुन्दरता
श्याम स्मृत
श्याम स्मृत आइतबार, कात्तिक ४, २०८१

     काठमाडौं। प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो। मायाका नाममा कुनै दुर्व्यवहार नगरौं, मायाको सम्मान गरौँ अनि मायाको पहिचान बनाऔं। बलजफ्ती प्राप्तिको लालसा माया कदापि हुनै सक्दैन, त्यो अपराध हो, अपमान हो। आकर्षण त फेरि सक्किएला तर अचानक एकले अर्कोप्रति समर्पण गरेको अनुभूति जुगौँजुग अमर भई बाँच्नेछ। प्रेमलाई केवल प्रेमीप्रेमिकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ।
     यो मायामा अड्केको संसारमा माया बाँच्ने आधार मात्र नभइकन उत्प्रेरणा पनि भएको जिकिर सामाजिक अभियन्ता सुशीला थापाको ठहर छ । थापाको बुझाइमा संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेमकथाहरु संयोगान्त भन्दा वियोगान्त छन। अर्थात माया सहज छैन, उदाहरणका लागि भगवान श्रीकृष्ण अनि राधाबीच समेत विवाह भएको थिएन, मुनामदन, हिर र राँझादेखि रोमियो अनि जुलियट सम्मले समेत संयोगान्त कथा कोर्न सकेनन् तर यी प्रेमी जोडीलाई आज पनि संसारले आदर र महत्वकासाथ प्रेमील मनमा अमर राखेका छन् केवल चोखो मायाका कारण। मनै त हो, स्विकारिए पनि या अस्वीकार भए पनि आत्तिने अनि मात्तिने नगरौं । प्रेमिल संसारलाई प्रेमिल बनाउनुपर्ने अवधारणा स्वरुप एक दशकदेखि निरन्तर सुन्दरताको वकालतमा थापा रहेकी छन्। 

Page-No.1-Sushila-Thapa-2-1729427405.jpeg
 मिसेस क्वीन नेशनल २०२४ को विजेता विना श्रेष्ठ र मिस क्वीन नेशनल २०२४ विजेता प्रकृति पौडेलका साथमा सुशीला थापा

     सुन्दरताको वकालतमा विवाहिता तथा अविवाहिता महिलाहरुको शारीरिक सुन्दरताभन्दा बौद्धिक सुन्दरताको वकालत गर्दैआएकी थापा महिलामा आवरणको शारीरिक सुन्दरताभन्दा उनमा बौद्धिक सुन्दरता हुनु महत्वपूर्ण कुरा हो भन्छिन्। त्यही सुन्दरताले मानव इतिहासमा नारीले विश्व हाँक्न सफलता प्राप्त गरेको कयन उदाहरण भैसकेको कुरामा थापाले जोड दिएकी छन्। नारी सुन्दरताको सौन्दर्य प्रतियोगितामा बाह्य आवरणको सुन्दरताको होडबाजीभन्दा बौद्धिक सुन्दरताको होडबाजी आफूले गर्दैआएको पनि उनले खुलासा गरेकी छन्।
     यसक्रममा गत असोज १० गते विहीवार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य तथा सभ्य समारोह वीच मिस एण्ड मिसेस नेशनल क्वीन २०२४ को आयोजना गर्ने कार्य थापावाट भएको छ। विवाहिता तथा अविवाहित महिलाहरुको बाह्य सुन्दरतालाई भन्दा बौद्धिक सुन्दरतालाई बढावा दिएर थापाले आयोजना गरेको उक्त मिस एण्ड मिसेस नेशनल  क्वीन २०२४ ताज मिस प्रकृति पौडेल र मिसेस विना श्रेष्ठले प्राप्त गरेकी छन्।   

Page-No.1-Sushila-Thapa-9-1729427142.jpeg
 मिसेस क्वीन नेशनल २०२४ को विजेता विना श्रेष्ठ
सामाजिक अभियन्ता सुशिला थापाको ओशिस इन्टरटैनमैैन्ट एण्ड इभेन्ट्स हवको प्रस्तुतिमा मिस एण्ड मिसेस नेशनल क्वीन–२०२४ आयोजना भएको हो। मिसतर्फको फिनालिष्टमा ५ प्रतिष्पर्धीहरुलाई उछिन्दै प्रकृति पौडेल विजेता बन्न सफल भएकी हुन् भने मिसेसतर्फको फिनालिष्टमा १५ प्रतिष्पर्धीहरुलाई उछिन्दै विना श्रेष्ठ विजेता बनेकी हुन्।
     त्यस्तैगरी मिसतर्फ आकृति गुरुङ्ग फष्ट रनरअप, टिका कार्की मोष्ट पपुलर र कोपिला घर्ती अर्गानाइजर च्वाइसको उपाधि जितेका छन् भने मिसेसतर्फ एलिना उप्रेती फष्ट रनरअप, रमा सेजाल सेकेण्ड रनरअप, अनिषा मल्ल अर्गानाइजर च्वाइस र मेनुका प्रधानले पब्लिक च्वाइसको उपाधि प्राप्त गरेकी छन्।
     मिस एण्ड मिसेस नेशनल क्वीन–२०२४ कार्यक्रम ओशिस इन्टरटैनमैैन्ट एण्ड इभेन्ट्स हव र ब्राइट फ्यूचर डान्स सेन्टरको संयुक्त आयोजनामा सम्पन्न भएको हो। विजेता प्रतियोगीहरुलाई थाइल्याण्ड टुर प्याकेजमा सहभागी गराइनुको साथै उपाधिको ताज पहिर्याई सम्मान प्रमाणपत्र प्रदान गरिएको थियो।
    आयोजित कार्यक्रम चलचित्र विकास बोर्डको नवनियुक्त अध्यक्ष दिनेश डिसीको प्रमुख आतित्थ्यतामा उद्घाटन गरिएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका ख्यातीप्राप्त नायक–नायिका, गायक–गायिका, मोडल, रङ्गकर्मी, व्यवसायी, समाजसेवीलगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
     उपस्थित कलाकारहरुमा सञ्चिता शाही, सम्झना बुढाथोकी, शर्मिला शर्मा, नितु कोइराला, सिलाष्मा हमाल, विमला गिरीको उपस्थिति रहेको थियो। त्यस्तैगरी गायक विनोद ढकालले स्टेजमा दमदार गायन प्रस्तुत गरेर उपस्थित अतिथिहरुलाई आनन्दित तुल्याएका थिए।
    निर्णायक मण्डलमा पुनम पौडेल, अनिता केसी, अमृत भण्डारी, सुनितामी परियार र सुमिना श्रेष्ठ रहेको थियो । कार्यक्रमको सञ्चालन नेपालका ख्यातीप्राप्त उद्घोषक रोजिन शाक्यले गरेका थिए भने कोरियोग्राफीमा सनिस शाक्यले गरेका थिए।
     ओशिस इन्टरटैनमैैन्ट एण्ड इभेन्ट्स हवका कार्यकारी प्रमुख सुशिला थापा, प्रबन्ध निर्देशक चण्डिका केसी र सुशान्त आर टी ले कार्यक्रम भब्य र सभ्यरुपमा सम्पन्न भएको घोषणा गर्दै विजेता प्रतियोगीहरु बधाई ज्ञापन गरेका थिए । कार्यक्रम भव्य तथा सभ्यरुपमा सफल भएको अवसरमा आयोजक थापाले विशेष सक्सेस पार्टीको आयोजना गरेर विजेताहरुको सम्मान गर्ने कार्य पनि भएको थियो ।

Source-NAMI Saptahik

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक बिहीबार, साउन २३, २०८२
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’ शनिबार, साउन १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ३ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान इन्द्रमान र डेविडलाई
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्