Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले चुमिन्
मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले चुमिन्
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, कात्तिक ११, २०८१
Api Himal

काठमाडौ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले चुमेकी छन् ।

अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि विजेता डेनिलाले  कार्यक्रमका मुख्य निर्णायक एवम् माईति नेपालकी अध्यक्ष अनुराधा कोईरालाले फाईनलमा सोधेको प्रश्नको सटिक जवाफ दिएर उक्त उपाधि हासिल गरेकी हुन् ।

मिसेस नेपाल वर्ल्ड २०२४ विजेया डेनिलाले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरी अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि हासिल गरेकी छन् ।

प्रतियोगितामा मिसेस नेपाल वल्र्डमै फस्ट रनरअपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनरअपको उपाधि किरण कार्कीले र थर्ड रनरअपको उपाधि अनु कार्कीले प्राप्त गरेका छन् । उनीहरुले पनि उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

Nepal Oil Corporation

Mrs.-Nepal-World-2024-Winner--1-1730020132.jpg

यस्तै सोही समारोहमा मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गरिन् भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हासिल गरिन् । यी दुई विजेताले चाँडै नै सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् । जसको फाईनलमा सारा तामाङ, निर्मला कार्की, रेश्मा घिमिरे र नानु सिंह पुगेका थिए।

सोही समारोहमा नेपालकी अग्रज हास्य अभिनेत्री वसन्धुरा भुषाललाई ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पुर्यावापत मानार्थ मिसेस नेपाल वल्र्ड सम्मान २०२४ बाट सम्मानित गरिएको थियो।

माईति नेपालकी अध्यक्ष अनुरोध कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनीकान्त झालगायतले भुषाललाई कार्यक्रममा सम्मान अर्पण गरेका थिए्।

Mrs.-Nepal-World-2024-Winner--2-1730020133.jpg

सम्मानअघि बसुन्धरा भूषालको सम्मानमा उनका आधा दर्जन गीतमा नृत्य प्रस्तुत गरिएको थियो। हास्य साम्राज्ञी भूषालको सम्मानमा डान्स फिवरबाट अभिनेता गजित बिष्ट र उनको टिमले भूषालका चर्चित चलचित्रका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए।

मिसेस नेपाल वल्र्ड मानार्थ सम्मानबाट सम्मानित भएकोमा खुसी व्यक्त गर्दै यो उपाधिले नेपाली चलचित्र क्षेत्रमा आउँदा दिनमा अझ धेरै काम गर्न आफुलाई प्रेरित गरेको अभिनेत्री बसुन्धराले कार्यक्रममा बताएका थिए।

विभिन्न सांगीतिक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न शिर्षकमा उपाधि पनि प्रदान गरियो । जसमा माया लामाले पब्लिक च्वाईस र फेसबुक च्वाईसहितको उपाधि, नानु सिंहले भिवर्स च्वाईस, मष्ट ट्यालेन्ट, मल्टी मिडिया च्वाईस्, अनु कार्कीले बेस्ट हेयर, सारा तामाङले हेल्दी स्किन, सुयसा राउतले बेष्ट र्याम्प वाक, नेहा कर्णले बेष्ट स्माईल, अम्बिका गौतमले मस्ट डिसिप्लेन, एलिना घिमिरेले मिसेस कन्जिनियालिटी, किरण कार्कीले ब्युटी विथ कम्पासन, सृजना ब्यन्जनकारले बेष्ट पर्सनालिटी, सृष्टी अर्यालले बेष्ट फिजिक, सिमरन कार्कीले फेशन आईकन, सुसिला केसी दाहालले मष्ट क्रियटिभ, सृजना श्रेष्ठले बेष्ट स्प्रिचुअल डान्स, सहारा तिमल्सिना अर्यालले फोटो जेनिक र प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाईस उपाधि प्राप्त गरे।

प्रतियोगिताको मुख्य निर्णायकमा अुनरोधा कोईराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदारप्रसाद घिमिरे, अधिवक्ता जेनिश पहारी, अभिनेत्री उषा रजक, श्री केश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत थिए ।

सेसेमी लिम्बुले सञ्चालन गरेको सो ग्रान्ड फिनाले समारोहमा सञ्चारकर्मी ऋषी धमलाले यो उपाधिले नेपाली महिलाहरुलाई राष्ट्रियदेखि अन्तराष्ट्रिय प्लेटफर्मसम्म पु¥याउँदै उनीहरुको व्यक्तित्व विकाशमा निरन्तर योगदान दिएको चर्चा गरेका थिए।

गायक आर्जन पाण्डेले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याएका थिए। प्रतियोगितालाई अश्विनी कान्त झाले कोरियोग्राफी, ऐना गजुरेलले सह कोरियोग्राफी रानी खरेल र सम्राट शाहले संयोजन तथा गंगा महर्जनले ब्यबस्थापन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप मनोरञ्जन
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक
प्रमोद शर्माको गायनमा नयाँ गीत सार्वजनिक शनिबार, जेठ ३२, २०८२
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक बुधबार, जेठ २९, २०८२
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान
चोभार ब्लुजका ब्लुज बिक्रम भक्त जोशीलाई संसार साहित्य तारा सम्मान शनिबार, जेठ ११, २०८२
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।। आइतबार, जेठ ५, २०८२
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन आइतबार, जेठ ५, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।। आइतबार, वैशाख २८, २०८२
सेल्फि हान्नेको ओइरो
सेल्फि हान्नेको ओइरो शनिबार, वैशाख २७, २०८२
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।। शनिबार, वैशाख २७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्