Top Navigation
Main Navigation
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सिर्जनामा सर्जक भानुप्रकाश जोशीको श्वेताम्बरा
सिर्जनामा सर्जक भानुप्रकाश जोशीको श्वेताम्बरा
श्याम स्मृत
श्याम स्मृत आइतबार, मंसिर ९, २०८१

    ललितपुर । साहित्य ज्ञान हो । र मान्छेभित्रको जटिलतालाई उत्खनन् गर्ने यो विज्ञान पनि हो । यसअर्थमा साहित्य ज्ञान र विज्ञान दुबै हो । त्यस्तै, साहित्य समाजको दपर्ण हो । अनि समाजको सम्वाहक । त्यसैले सामाज र साहित्यको सम्बन्ध आत्मा र शरीरको जस्तो हुने गरेको छ । ७१ बर्षिय साहित्यिक सर्जक कवि भानुप्रकाश जोशीको भनाईमा साहित्य बिनाको समाज आत्मा बिनाको शरीर जस्तै हो ।
     लामो समयदेखि साहित्य सिर्जनमा अनवरत् लाग्दैआएका साहित्यिक तपस्वी नै मानिएका सर्जक भानुप्रकाश जोशीको पहिलो कृति श्वेताम्बरा जीवनको उत्तरार्धमा भएपनि प्रकाशन भएको छ। जसमा ३९ वटा मनछुने कविताहरुको अजम्बरी संग्रह छ। जसलाई कवि जोशीले जीवनको अमूल्य निधि भनेका छन्। लेख्दै थन्काउदै राखेका अनेक साहित्य सिर्जना मध्येवाट ३९ वटा कविताहरुलाई पुस्तककार दिने कार्यमा विशेषत् नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशीको घचघच्याइ तथा व्यापक उत्प्रेरणा सर्जक भानुप्रकाश जोशीको लागि आँट बन्यो । जोश बन्यो अनि जाँगर भयो । प्रतिफलमा श्वेताम्बराले स्वरुप पायो । साक्षात् शारदा श्वेत बर्णकी सरस्वती ।।
     साहित्य सिर्जनमा बरद सरस्वती पुत्र नै मानिएका भानुप्रकाश जोशी कृति लिएर ढिला आएपनि सग्लो भएर आएका छन्। सबल सिर्जना भएर सही स्थानमा पुगेका छन्। ढिला कृति लिएर आउनुमा उनमा कुनै गुनासो छैन्। राम्रो एउटै सिर्जना र कृतिले विश्व हल्लाएको अनेक अनेक इतिहास छ। त्यो इतिहास कायम गर्न संभवत् भानुप्रकाश जोशी र उनको अमर कृति श्वेताम्बरा सफल हुनेछन्।
     उनै भानुप्रकाश जोशीको शव्द सापटी लिएर भन्ने हो भने, साहित्यले समाजलाई देखाएको मात्र हुदैन, डो¥याएको पनि हुन्छ । धेरै साहित्यिक रचनाले समाजमा ठूल्ठला परिवर्तन ल्याएका छन् । मानिसको अचेतन अवस्थाको रुखो मस्तिष्कमा साहित्यले चेतनाको उर्जा प्रवाहित गरेर मलिलो बनाएको हुन्छ । यस अर्थमा चेतना र ज्ञानको ज्योतिपुञ्ज पनि हो साहित्य । 
     संक्षेपमा भन्नु पर्दा मानव समाजलाई ठूल्ठूला र प्रेरणदायक सन्देशहरु संप्रेशित गर्ने सवल माध्यम पनि हो साहित्य । समाजलाई सन्देश सम्प्रेषण गर्ने र समाजको प्रतिनिधित्व गर्ने साहित्य कहिल्यै पुरानो हुदैन । संसारमा आयु नभएको बस्तु एउटै मात्र छ त्यो हो– साहित्य ।
    साहित्य निर्माण हैन, रचना हो । रचना भनेको सिर्जना हो । सिर्जना, सिर्जनामात्र हैन, सन्देश पनि हो । सन्देश नै समाजको सम्वाहक पनि हो । साहित्य समाजको जननी पनि हो । साहित्यले समाजाई प्रतिविम्बित मात्र गरेको हुदैन प्रतिनिधित्व पनि गरेको हुन्छ– एउटी आमाले एउटा घरको प्रतिनिधित्व गरे जस्तै । आमाले भरखरै खुट्टा टेक्न थालेको बच्चालाई हिड्न सिकाए जस्तै साहित्यले समाजलाई हिड्न सिकाउँछ । सभ्यता र संस्कारको सुमार्गमा अघि बढ्न प्रेरित गर्दछ ।

 

NAMI-Adv-1-1732415255.jpg
 

.श्वेताम्बरा 
 भानुप्रकाश जोशीको सम्झना

    नेपाली साहित्य आकाशमा अजम्बरी अमर कृति श्वेताम्बरा मार्फत अनेक अनेक साहित्य सिर्जनाको दस्तावेज पेश गर्न सफल सर्जक भानुप्रकाश जोशी ७१ बर्षको उमेर टेकिरहदा यसरी वितेका ती पल सम्झेका छन्। श्वेताम्बराका सर्जक भानुप्रकाश जोशीको त्यो वितेको पल सम्झना..त्यो पनि भानुप्रकाश जोशीकै कलमवाट–

      बिगतका दिनहरुमा फर्किएँ एक छिन् । बाल्यकालमा आमाले किनिदिनुभएको ठूलो वर्णमाला एउटै किताबमा देवनागरी  र अङ्ग्रेजी अक्षर अङ्क सिकेँ । बाक्य बनाउन सिकेको पनि त्यसै बाट । सरस्वती स्तोत्र, गणेश स्तोत्र मात्र हो र तमसुक लेख्न पनि सिकाउने । यति  जानिसके पछि  ’बृहद्स्तोत्र रत्नाकर’ गीताप्रेस गोरखपुर ले छापेको मगाइदिनुभएको थियो उहाँले नै ।
    दुई स्तोत्रहरु त कण्ठस्थ गरेर कहाँ सुख पाएँ र शिव स्तोत्र पनि कण्ठस्थ गरियो। उहाँहरुले भाखा हालेर पाठ गरेको दिन दिनै सुन्दा सुन्दा र पढ्दा निकै चाखलाग्दो मानेँ । अनि त कण्ठस्थ पार्न÷ गर्न सकियो नि । 
    भानु हाइस्कूल बन्दिपुर मा पनि सुरुवाति कक्षाको बिद्यार्थी हुँदा बिहानी प्रार्थना निकै रमाउँदै लय हालेर गाउँथ्यौँ ।

“ मुमा वाणी आयौँ अब त सब हामी शरणमा ।

  चढायौं श्रद्धाले चरण भरी थुँगा चरणमा ।।“

          बन्दीपुर मै हुँदा कवि÷ गीतकार प्रेम विनोद नन्दन ज्यू को ’अञ्जली’ पुस्तक हात प¥यो । स्थानीय कविको कविता को पुस्तक हात परेको मेरो जीवनमा पहिलो हो यो ।

      पाठ्यक्रममा परेका भानुभक्त, मोतिराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल आदिका कविता पढ्दा पनि निकै रमाइलो लाग्थ्यो।

       बन्दीपुरकै अर्का कवि अष्टसागर श्रेष्ठको ’दुखी परिवार’ पनि पढ्न पाएँ । यो पुस्तक पनि झ्याउरे लयमा गाउन मिल्दथ्यो ।

       नारायणगढ स्थायिरुपमा बस्न सुरु भएपछि मेरो स्कूल र आइ. ए. सम्मको शिक्षा चितवनमा भयो । स्कूलमा नेपाली पढाउनु हुने शिक्षक गोविन्द गुरु ( गोविन्दप्रसाद भट्टराई ) ले हामी विद्यार्थीहरुलाइ “ल लेख तिमीहरु पनि सक्दछौ“  भनेर प्रत्येक शुक्रबार कविता वाचन कार्यक्रम राख्नु हुन्थ्यो÷ लेख्न कर गर्नु हुन्थ्यो। त्यतिमात्र कहाँ हेड सरलाइ शिफारिस गरेर हाम्रा कविताहरु सङ्कलन गरेर ’चितवनको चिनो ’ २०२१ साल पौष महिनामा प्रकाशित पनि भयो । त्यति बेला मेरो उमेर १३ वर्ष थियो। कक्षा ८ को विद्यार्थी थिएँ । प्रकाशक चितवन हाइस्कुल, भरतपुर भयो । चितवनको साहित्यको इतिहासमा विद्यालयले प्रकाशन गरेको साहित्यक पत्रिका यो नै पहिलो हो ।

     तत्कालिन बीरेन्द्र इन्टरमिडियट कलेजमा  आइ. ए. स्तरको  रात्रि कालिन कक्षामा भर्ना भएपछि साहित्यिक माहौल पाएँ । प्रिन्सिपल बरिष्ठ साहित्यकार आनन्द देव भट्ट र नेपालि पढाउनु हुने  सुशिला भट्टबाट प्रशस्त प्रेरणा र वातावरण मिल्यो । उहाँहरुको आशिर्वादले नै हामी विद्यार्थीहरु मिलेर बिद्यार्थी मुख–पत्र ’प्रकाश पुञ्ज’ बि सं २०२५ मा निकाल्यौँ । यसमा पनि मेरो कविता परेको छ। मेरो उमेर १७ वर्ष भएको थियो। 
     बाल्यकालदेखि स्नातकोत्तर तहसम्म मलाई नेपाली र सँस्कृत पढाउनु हुने सवै गुरुहरु प्रति हार्दिक श्रद्दा सुमन अर्पण गर्दछु।
     धेरै साथीहरु मिलेर नौलो राँको, दोभान, मारुनी र युवाशय आदि जस्ता समसामयिक सङ्कलनहरु निकाल्यौँ । सबै जसोमा ब्यबस्थापकीय भूमिकामा थिएँ। केही रचनाहरु पनि छापिएका थिए तर म सँग ति पत्रिकाहरु त के पाण्डुलिपि पनि छैन । कारण त्यो बेलाको प्रशासनको डरले सबै कापी, पत्रिकाहरु बा–आमाले आगो बालिदिनु भयो । खाल्डो खनेर गाडिदिनुभयो। छोरा जेल परेर दुःख पाउला कि भनेर।
     बि सं २०२४ सालमा बा गणेशमान जोशीले पुस्तक पसल गणेश पुस्तक भण्डार खोलिदिनु भयो मलाइ काममा लगाउन । रात्री कलेज पढ्ने । त्यति बेला देखि नेपाली र हिन्दी भाषाका साहित्यिक पुस्तक पत्रिकाहरु प्रसस्त पढ्ने अवसर पाएँ । यो पठन बानीले साहित्यमा झन् रुचि बढ्यो। स्थानीय साहित्यक कार्यक्रमहरुमा निम्तो पाउँदा कहिल्यै छुटाइन । अरुका रचना सुन्न पाउँदा पनि निकै खुशी हुन्थें।

बैँकिङ् सेवामा हुँदा नै कोठे कवि गोष्ठी 
    ’काव्य परिक्रमा’ मेरो घर बाटै सुरु गरेँ । मेरो यो परिकल्पना साकार पार्न र सल्लाह सुझाब दिन साथ दिनु भएका कवि÷ गीतकार प्रेम विनोद नन्दन र कवि गोविन्दराज विनोदीलाई भुलेँ भने म कृतघ्न ठहरिनेछु । उहाँहरुको साथ पाएर नै करिब ७०÷८० शृंखला सन्चालन गर्न सम्भव भयो । उहाँहरु लगायत अन्य साहित्यकार मित्रहरुले गर्नु भएको आतिथ्यता जीवन मा कहिलै भुल्न सक्दिँन।  
    युथ क्लव नारायणगढका तत्कालिन अध्यक्ष रामबाबु श्रेष्ठ लगायत उहाँको कार्यसमिति का सदस्यहरूलाई जति धन्यवाद दिए पनि कम हुन्छ । किनकि २०७९ सालको चैत्र महिनामा चितवन, नवलपरासी र मकवानपुर जिल्लाका करिब २०० भन्दा बढी स्रष्टाहरूलाई ’बसन्त काव्य उत्सव’ कार्यक्रम को आयोजना गरेर उहाँहरु सबैको सम्मान गरेर रचना वाचन जुममा अष्ट्रेलियाबाट कवि एल बी छेत्री र काठमाडौंबाट चलचित्र निर्देशक÷ कवि प्रकाश सायमीजी पनि जोडिनुभएको थियो। उहाँहरु सबैलाइ सम्झन चाहेँ ।
    काठमाण्डौमा सरुवा भएर आएपछि साहित्यिक कार्यक्रमहरुमा भाग लिने क्रम टुट्यो; समय निकाल्न नसकेर भनु कि आफ्नै अल्छिपना ले । २०६२ सालमा झण्डै ३० बर्षे सेवा अवधि पु¥याएर बसिरहेको थिएँ। पुनः राइजिङ्ग डेभलपमेन्ट बैंक नारायणगढ मा शाखा प्रबन्धक पदमा सेवा गर्ने अवसर पाएँ। झण्डै २ वर्षको अवधिमा ’काव्य–परिक्रमा’ का केही शृंखला हरु थपिए । 
     पुनः काठमाडौँ फर्किए पछि म खालि नै थिएँ । “मलाइ कसले बोलाउँछ र साहित्यक कार्यक्रमहरुमा“ मनमा खेलि रहन्थ्यो। कहिलेकाहीं चितवन तिर भेट भएको, रेडियो÷ टिभिमा देखेका नाम चलेका साहित्यकारहरुको फोन खोजेर सम्पर्क गर्न थालेँ। 
     यसै क्रममा पहिलै देखि रेडियोकोमा सुनिरहेको आवाजसँग घनिष्टता भयो । उहाँले नै बिभिन्न कार्यक्रमहरूमा बोलाएर कविता वाचन गर्न लागाउनु भयो । उहाँ लाइ चितवन छँदा देखिनै प्रत्यक्ष रुपमा चिन्दथेँ, भेटेको थिएँ विश्व कविता दिवस को उपलक्ष्यको एउटा कार्यक्रममा। काठमाडौंमा भएका विभिन्न साहित्यक कार्यक्रमहरुमा अतिथि र विशिष्ट अतिथिको रुपमा आसन ग्रहण गराउने÷ गर्न लगाउने पहिलो व्यक्ति पनि उहाँ नै हुनुहुन्छ। 
     त्यति ले नपुगेर टिभि मा अन्तवार्ता समेत लिनुभएर विश्व भरि मलाई पु¥याउनु भयो । उहाँको म चिर ऋणी छु। उहाँ हुनुहुन्छ श्रद्धेय प्रकाश सायमीज्यू । मेरो बाँकी उमेर उहाँमा सरोस् भनी भगवान ( प्रकृति ) सँग कामना गर्दछु। बहुमुखी प्रतिभाका धनी उहाँ चलचित्र निर्माता÷निर्देशक, पटकथा लेखक, कवि,समालोचक, निबन्धकार, रेडियो÷टिभि सन्चालक हुनुहुन्छ । हालसालै उहाँ जीवनीकार पनि हुनुभयो । जिउँदो विश्वकोष पनि भनेर प्रख्यात हुनुहुन्छ ।
      अब मेरो परिवार तर्फ मोडिएँ । बि सं २०२८ साल फागुन महिनामा मेरो घर नारायणगढ चितवन प्रवेश गरेकी धन श्रेष्ठ लमजुङको चिसो ठाउँबाट हपहपि गर्मि भएको बेला धन जोशी भइन्। बृद्ध हजुर आमा, बिधवा फुपु, बा, आमा, साना साना ४ जना भाइ बहिनिहरु भएको संयुक्त परिवारको हेरविचार गर्ने जिम्मा पाइन् । गोठभरि गाई र भैसी भएकोले त्यसै कहाँ बस्न पाउदथिन् र ।  बर्ष दिन पछि नै बच्चाहरू जन्मन सुुरु भयो । बोझ थपियो। म अल्लारे लोग्ने । समाज सेवा भनेर कहिले कुन सँस्था त कुन सँस्थामा हिँडेर घरको वास्तै नगर्ने। नेताहरुको पछि लागेर ब्यबस्था बिरोधी भएर हिँड्ने । हैरान हैरान पार्ने । उसैले सम्हालेका कारण अहिले पाँच सन्तानहरु उच्च शिक्षा पाएर आ–आफ्नो कर्ममा सफल छन् । 
    उसले घर राम्रोसँग चलाएको हुँदा म बाहिर फेर निर्धक्कसँग हिँड्न पाएकोछु । उनलाई पनि साधुवाद छ। छोराछोरीहरु निला, निलेश ( दिवङ्गतः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु), निशा, निरज, निता, लोमस सवैलाइ माया छ ।  नातिनातिनाहरु निशिता (बुन्नु), अनुनय, अन्वेषा (जन्नु), प्रणय, निजन, आरोही, सँस्कार र सम्पदा सबैमा धेरै धेरै आशिर्वाद छ ।
   अन्त्यमा मलाइ यो धर्तीमा जन्म दिनु भएकी आमा मिश्रिमाया प्रधान जोशी र जीवनको घामछाया बाट सँरक्षण गर्नुहुने बुबा गणेशमान जोशी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यो पुस्तक ’श्वेताम्बरा’ उहाँहरुको चरणकमलमा चढाउँदछु।

(नामी साप्ताहिकवाट साभार)
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..? शनिबार, वैशाख २६, २०८३
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन शनिबार, वैशाख २६, २०८३
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ भदौ २४ को घटनामा सरकारको मौनता किन ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
  • नंः ५ सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
विचार
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्