काठमाडौं। नेपालको पहिलो लेडी व्याण्ड स्पार्कलका संस्थापक उमा आरबी श्रेष्ठले पहिलो पल्ट नेपाली पार्टी क्लब डिस्को गीत सार्वजनिक गरेकी छन्। ओएसआर डिजिटल मार्फत विश्वव्यापी नेपाली पार्टी क्लब डिस्को गीत सार्वजनिक गर्ने कार्य गायिका उमा आरबी श्रेष्ठवाट भएको हो।
नेपाली गीत–संगीतको क्षेत्रमा क्लब पार्टी गीतको म्युजिक भिडियो खासै नभएको अवस्थामा गायिका श्रेष्ठ आफैले गीत गाउनुको अलावा शव्द-रचना तथा संगीत समेत दिएर नौलो आयामिक कार्य गरेकी छन्।
म्युजिक एरेञ्ज भने, बरिष्ठ संगीतकार अनिल शाहीको छ। त्यसको अलावा यस गीतको म्युजिक भिडियोको निर्देशन समेत गायिका श्रेष्ठ आफैले गरेर डाइनिमिक कार्य गर्न सफल भएकी छन्।
![UMa-RB-News-1-1734843563.jpg](https://www.naminews.com/uploads/posts/UMa-RB-News-1-1734843563.jpg)
गीतको भिडियोको कोरियोग्राफी सुप्रसिद्ध कोरियोग्राफर रोहिया महर्जनले गरेकी हुन्। अभिनय सृष्टि महर्जन र इन्जामम अलि खानको छ। यो गीतको माध्यमवाट सवै नेपालीहरुले नेपाली डिस्को गीतमा मज्जाले डिस्को डान्स गर्न मिल्ने भएको छ।
प्रकाशन मिति–२०८१ साल मंसिर ७ गते आइतवार ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१ १०:४५