काठमाडौ । हिन्दुनारीहरुको महान पर्व तीजको माहौल पारेर डिलाइटेड नेपालको प्रस्तुतीमा 'यो तीजमा फिलिलि नाचम्ला...' गीतभिडियो सार्बजनिक गरेको छ। 
'यो तीजमा फिलिलि नाचम्ला...' गीतभिडियोमा माइती चेलीबीचको पवित्र सम्बन्ध र तीजको महात्म्यलाई उजागर गर्दै ल्याइएको यस गीतका रचनाकार हुन् गीतकार डीपी दाहाल ‘परिश्रमी’। 
अत्यन्तै मार्मिक गीत 'यो तीजमा फिलिलि नाचम्ला...' गीतमा आवाज रहेको छ शान्तिश्री  परियारको भने मुख्य फिचरिङमा अञ्जली अधिकारी, रमा थपलिया र नयन डीसी रहेका छन्। 
स्मृति तिमिलसिना 'गुरुआमा' को निर्देशन रहेको 'यो तीजमा फिलिलि नाचम्ला...' गीतभिडियोलाई सम्पादन गरेका छन् प्रकाश धमलाले भने संगीत भरेका छन् पुरुषोत्तम न्यौपानेले । 
त्यस्तैगरी सङ्गीत एरेञ्जरमा रहेका छन् केशव बडू, अडियो मिक्सिङमा कुमार थापा छन् भने सह कोरियोग्राफरमा भागीरथ गाहा मगर, सिनेमाटोग्राफरमा रामशरण उप्रेती र ड्रोनमा सन्तोष महरा रहेका छन् । 
                        
                     
                    
                    
                    
                        
                            प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १६:४६