Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
श्याम स्मृत
श्याम स्मृत आइतबार, जेठ ४, २०८२

 

काठमाडौं । संसारकै सबैभन्दा लामो र सबैभन्दा ठूलो दावी गरिएको तेश्रो संस्करणको संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड भव्य तथा सभ्य रुपमा शनिवार संपन्न भएको छ।

आँट, साहस र धैर्यको प्रतिक बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार क्रियशन नेपालको आयोजनामा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा तेश्रो संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड बृहत रुपमा सम्पन भएको हो।

बागमती प्रदेशका मन्त्री प्रेम महर्जनको प्रमुख आतिथ्यता र युगिन लेखक तथा निर्देशक प्रकाश सायमीको विशेष आतिथ्यतामा संपन्न उक्त नेपालभाषा म्युजिक भिडियो अवार्डको ४१ विधामा १ सय ७२ वटा अवार्ड प्रदान गरिएको थियो।

यस अवार्डलाई सबैभन्दा लामो अवधि सञ्चालन भएको र सबैभन्दा बढी ४१ विधामा १ सय ७२ वटा अवार्ड वितरण गरिएको अवार्ड कार्यक्रम भनी विश्व रेकर्डको लागि गिनिज बुक अफ वल्र्डमा दावी गरिएको छ।

जसमा नेपाली तथा नेपालभाषा चलचित्रका युगीन कलाकार पवन जोशीलाई नगद १५ हजार राशी सहित मल्टीस्टार अवार्ड प्रदान गरिएको थियो। पवन जोशीको नेपाली तथा नेपालभाषाका चलचित्रमा विगत पचास बर्षदेखि अनवरत् योगदानको कदर स्वरुप उक्त अवार्ड प्रदान गरिएको जनाएको छ।

त्यस्तै, नेपाली तथा नेपालभाषाका गीत–संगीतको क्षेत्र पचासौं बर्षदेखि अनवरत् क्रियाशील गायक तथा संगीतकार रत्न बेहासीलाई नगद २५ हजार राशी सहित लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो।  अवार्ड कार्यक्रममा नेपालभाषा म्युजिक भिडियोका पहिलो निर्देशक विजयरत्न तुलाधरलाई आधिकारिक सम्मान सहितको अवार्ड प्रदान गरिएको थियो।

ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख निर्मल रत्न शाक्यले सर्वोत्कृष्ट गीतकार अवार्ड पाउंदा काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा सरकार प्रमुख न्हुछेकाजी महर्जनले गीतकार विधामा नै जुरी अवार्ड पाएका थिए। बागमती सफाई अभियानका अभियन्ता गीतकार बागमती भाइ सुन्दरमान श्रेष्ठले गीतकार विधामा नै पिपल्स च्वाइस अवार्ड जितेका थिए।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्