काठमाडौं। बेलायतमा रहेका नेपाली आधुनिक संगीतका मेधावी गायक तथा संगीतकार प्रमोद शर्माको गायनमा रहेको बेग्लै गीत रिलिज भएको छ। बेलायतमा नै रहेकी चर्चित गायिका शर्मिला बरदेवासंग युगल गायन रहेको गायक शर्माको गीत "खै त मायाले कुरा बुझेको" बोलको आधुनिक नेपाली गीत रिलिज भएको हो।
दिनेश राज पुरीको शव्द रचना तथा राजेन्द्र बजगाइँको संगीत रहेको उक्त गीतको भिडियोमा सुधिर श्रेष्ठ, बिणा रावत, श्रीस्वस्थानी तामाङ लगायतकाको अभिनय रहेको छ। भिडियोलाई सियोन श्रेष्ठलाई निर्देशन गरेका छन् । निर्माण निर्मल न्यौपानेले गरेका हुन्।।
प्रमोद शर्मा पिताको काखवाटै संगीत सिकेका सफल गायक।। शास्त्रीय संगीतका दिग्गज उस्ताद हुतराज शर्माका सुपुत्र ।। जसले पिताको नामलाई नेपाल देखि बेलायतसम्म रोशन बनाएका छन्(संगीतको माध्यमवाट ।। गायनको माध्यमवाट ।। उनै गायक एवम् संगीतकार प्रमोद शर्माले बेलायतमा नै रहेकी चर्चित गायिका शर्मिला बरदेवासंग "खै त मायाले कुरा बुझेको" बोलको युगल गीतले नेपाली आधुनिक संगीतमा नयाँ आयाम कायम गर्ने निश्चित छ।
प्रकाशन मिति–२०८२ जेठ ३१ गते शनिवार ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०८२ २०:०७