Top Navigation
Main Navigation
आइतबार, मंसिर २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, मंसिर २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन ५, २०८२

काठमाडौ । नेपाली चेलीवेटीहरुकाे महान चाड तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा उत्साह थपिएको छ।

ठीक यसैबेला, लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले सार्वजनिक गरेको ‘छड्के कपाल किन कोरेको’ गीतले नेपाली मौलिक तिज गीतमा नयाँ जीवन थपेको हो।

परम्परा, नारी सशक्तिकरण र सांगीतिक सौन्दर्यको त्रिवेणीलाई संयोजन गर्ने यो गीतले आजका युवापुस्तासँगै ग्रामीण महिलाहरूको मनको भाव बोकेको छ। सांगीतिक साधनामा दुई दशकदेखि सक्रिय खनालले यो तीजमा आफ्ना दर्शक–स्रोततामाझ तिजको मौलिकतासँगै भिन्नै स्वाद प्रस्तुत गरेका छन्।

जति सुन्यो त्यति सुन्न मन लाग्ने खालको लय र शब्दले गीतलाई कालजयी बनाएको छ । छाडा र उत्ताउला गीत बनाए मात्र चल्छ भन्ने नराम्रो बिचबाट ग्रसित जमातले खनालको सिर्जना सुनेर मनन गर्नुपर्ने देखिन्छ ।

खनालको सुपा देउराली भजन पनि दर्शकबाट अत्यधिक रुचाइएको थियो । खनालका दर्जनौं गीत सांगीतिक बजारमा कालजयी बनेका छन्। गीतमा मोतिराज खनाल स्वयं र गायिका राधिका हमालको सशक्त स्वर सुन्न सकिन्छ। साथमा दिपेश बिष्ट, कृष्ण खत्री, रश्मि भुजेल र कल्पना मल्लको सहायक स्वरले गीतलाई अझै समृद्ध बनाएको छ।

शब्द, संगीत र स्वर खनालकै हुन् भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्। रेकर्डिङ तथा मिक्सिङ कृष्ण बाजुरालीले म्युजिक एरा रेकर्डिङ स्टुडियोमा गरेका हुन्।

चर्चित भिडियो निर्देशक सुरज खनालले यस गीतमा  निर्देशन गरेका छन् । सुरज खनालले थुप्रै म्युजिक भिडियोदेखि अतिभो सिरियल र ख्याल ठट्टामा समेत निर्देशकको भुमिका निभाइसकेका छन भने कोरियोग्राफर शिवजी क्षेत्रीको नृत्य संयोजन रहेको छ।

त्यस्तै, छायाङ्कन, सम्पादन र रङ संयोजन सुशील डाँगीले गरेका छन्। भिडियोमा कृष्ण खत्री र रिना गुरुङको अभिनयले गीतमा उर्जा भरेको छ। रिना गुरुङ्ग सांगीतिक बजारमा आफ्नो नाम स्थापित बनाउन सफल मोडल हुन उनको अभिनय रहेको म्युजिक भिडियोहरुले दर्शकको मन जित्न सफल भएका छन । साथमा गीता खनाल, अस्मिता खनाल र कृष्टिना शाहको अभिनयले गीतमा रङ भरेको छ।

ललितपुरको यूएन पार्कमा छायाङ्कन गरिएको भिडियोलाई जीवन पासाको मेकअप, विशाल राईको आइटी सपोर्ट, र शिवजी डान्स सेन्टरको पोस्ट प्रोडक्सनले थप जीवन्त बनाएको छ।

रिपोर्टस क्लब नेपाल भृकुटीमण्डपमा माननीय सांसद बिजुला रायमाझीको  प्रमुख आतिथ्यतामा गीत विमोचन गरिएको थियो। उक्त कार्यक्रममा कलाकार्मी साथिहरुलाई माननीय सांसद बिजुला रायमाझी , बिशेष अतिथि लक्ष्मण रायमाझी अतिथिहरु ऋषिराम भुसाल र धनेन्द्र बस्नेतको हातबाट प्रसंसा पत्र वितरण पनि गरिएको थियो ।

सन्सा फिल्मसका अध्यक्ष सुरज खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो  । कार्यक्रम सञ्चालन सबिन खड्काले गरेको थियो। समग्रमा कार्यक्रम भव्य र सव्य तरिकाले सम्पन्न भएको कार्यक्रम संयोजक तथा यसै गीतका गायक मोतिराज खनालले बताए।

गीत युट्युब, फेसबुक र टिकटकमा छोटो समयमै भाइरल बन्दै गएको छ। यसअघि खनालले सार्वजनिक गरेको ‘सुपादेवी देउरालीकी माइ’ भजन पनि अत्यधिक मन पराइएको थियो। त्यही निरन्तरतामा आएको ‘छड्के कपाल किन कोरेको’ ले विशेषगरी महिला दिदीबहिनीहरूको भावना अभिव्यक्त गर्दै यस तीजमा आत्मीयता जगाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०९:०२
##ChhadkeKapalKinaKoreko #MotirajKhanal #RadhikaHamal #KrishnaKhatri #RinaGurung #teejSong 2025
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई
‘परान’ ले खायाे अन्तर्राष्ट्रिय बजार, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाई बुधबार, मंसिर ११, २०८२
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक बुधबार, मंसिर ४, २०८२
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक बिहीबार, साउन २३, २०८२
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’ शनिबार, साउन १८, २०८२
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत  शुक्रबार, साउन १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ३ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्