Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन ५, २०८२

काठमाडौ । नेपाली चेलीवेटीहरुकाे महान चाड तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा उत्साह थपिएको छ।

ठीक यसैबेला, लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले सार्वजनिक गरेको ‘छड्के कपाल किन कोरेको’ गीतले नेपाली मौलिक तिज गीतमा नयाँ जीवन थपेको हो।

परम्परा, नारी सशक्तिकरण र सांगीतिक सौन्दर्यको त्रिवेणीलाई संयोजन गर्ने यो गीतले आजका युवापुस्तासँगै ग्रामीण महिलाहरूको मनको भाव बोकेको छ। सांगीतिक साधनामा दुई दशकदेखि सक्रिय खनालले यो तीजमा आफ्ना दर्शक–स्रोततामाझ तिजको मौलिकतासँगै भिन्नै स्वाद प्रस्तुत गरेका छन्।

जति सुन्यो त्यति सुन्न मन लाग्ने खालको लय र शब्दले गीतलाई कालजयी बनाएको छ । छाडा र उत्ताउला गीत बनाए मात्र चल्छ भन्ने नराम्रो बिचबाट ग्रसित जमातले खनालको सिर्जना सुनेर मनन गर्नुपर्ने देखिन्छ ।

खनालको सुपा देउराली भजन पनि दर्शकबाट अत्यधिक रुचाइएको थियो । खनालका दर्जनौं गीत सांगीतिक बजारमा कालजयी बनेका छन्। गीतमा मोतिराज खनाल स्वयं र गायिका राधिका हमालको सशक्त स्वर सुन्न सकिन्छ। साथमा दिपेश बिष्ट, कृष्ण खत्री, रश्मि भुजेल र कल्पना मल्लको सहायक स्वरले गीतलाई अझै समृद्ध बनाएको छ।

शब्द, संगीत र स्वर खनालकै हुन् भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्। रेकर्डिङ तथा मिक्सिङ कृष्ण बाजुरालीले म्युजिक एरा रेकर्डिङ स्टुडियोमा गरेका हुन्।

चर्चित भिडियो निर्देशक सुरज खनालले यस गीतमा  निर्देशन गरेका छन् । सुरज खनालले थुप्रै म्युजिक भिडियोदेखि अतिभो सिरियल र ख्याल ठट्टामा समेत निर्देशकको भुमिका निभाइसकेका छन भने कोरियोग्राफर शिवजी क्षेत्रीको नृत्य संयोजन रहेको छ।

त्यस्तै, छायाङ्कन, सम्पादन र रङ संयोजन सुशील डाँगीले गरेका छन्। भिडियोमा कृष्ण खत्री र रिना गुरुङको अभिनयले गीतमा उर्जा भरेको छ। रिना गुरुङ्ग सांगीतिक बजारमा आफ्नो नाम स्थापित बनाउन सफल मोडल हुन उनको अभिनय रहेको म्युजिक भिडियोहरुले दर्शकको मन जित्न सफल भएका छन । साथमा गीता खनाल, अस्मिता खनाल र कृष्टिना शाहको अभिनयले गीतमा रङ भरेको छ।

ललितपुरको यूएन पार्कमा छायाङ्कन गरिएको भिडियोलाई जीवन पासाको मेकअप, विशाल राईको आइटी सपोर्ट, र शिवजी डान्स सेन्टरको पोस्ट प्रोडक्सनले थप जीवन्त बनाएको छ।

रिपोर्टस क्लब नेपाल भृकुटीमण्डपमा माननीय सांसद बिजुला रायमाझीको  प्रमुख आतिथ्यतामा गीत विमोचन गरिएको थियो। उक्त कार्यक्रममा कलाकार्मी साथिहरुलाई माननीय सांसद बिजुला रायमाझी , बिशेष अतिथि लक्ष्मण रायमाझी अतिथिहरु ऋषिराम भुसाल र धनेन्द्र बस्नेतको हातबाट प्रसंसा पत्र वितरण पनि गरिएको थियो ।

सन्सा फिल्मसका अध्यक्ष सुरज खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो  । कार्यक्रम सञ्चालन सबिन खड्काले गरेको थियो। समग्रमा कार्यक्रम भव्य र सव्य तरिकाले सम्पन्न भएको कार्यक्रम संयोजक तथा यसै गीतका गायक मोतिराज खनालले बताए।

गीत युट्युब, फेसबुक र टिकटकमा छोटो समयमै भाइरल बन्दै गएको छ। यसअघि खनालले सार्वजनिक गरेको ‘सुपादेवी देउरालीकी माइ’ भजन पनि अत्यधिक मन पराइएको थियो। त्यही निरन्तरतामा आएको ‘छड्के कपाल किन कोरेको’ ले विशेषगरी महिला दिदीबहिनीहरूको भावना अभिव्यक्त गर्दै यस तीजमा आत्मीयता जगाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०९:०२
##ChhadkeKapalKinaKoreko #MotirajKhanal #RadhikaHamal #KrishnaKhatri #RinaGurung #teejSong 2025
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
कला सुब्बाको अभिनयमा कलात्मकता
कला सुब्बाको अभिनयमा कलात्मकता शनिबार, साउन १६, २०८३
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्