काठमाडौ । नयाँ नेपली फिल्म ‘जनै हराएको मान्छे’ को अफिसियल ‘मसुरीको दाना’ गीतको भिडियो सार्बजनिक भएको छ।
‘मसुरीको दाना’ गीतभिडियोलाई आज एक कार्यक्रमको आयोजना गरि ओएसआर डिजिटल युट्युवच्यानेलबाट सार्बजनिक गरिएको हो।
‘जनै हराएको मान्छे’ फिल्म यहि भाद्र ६ गतेबाट देशभरका फिल्महलहरुबाट एकैसाथ रिलिज हुदैछ।
‘मसुरीको दाना’ गीतभिडियोमा एसडी योगी र अञ्जु पन्तको आवाज रहेको छ । हर्क साउदको शब्द रहेको यस गीतमा संगीत एसडी योगी र कोरियोग्राफर सुनिल क्षेत्रीको रहेको छ ।
भिडियो कलाकारहरुमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव टी पहारी, भोलाराज सापकोटा, रियर राई, सुशाङ्क मैनाली, कविता आले, तारा शर्मा, भावना खपाङ्गी मगर, योगी रुपेश लामा, सुमन थापा, सविनरत्न शाक्य, सुवास सिंंह ठकुरी, मौसम राज, आरके मानन्धर र निरु खडका गौतमको अभिनय रहेको छ । त्यस्तै बालकलाकारमा आरोश भुषाल, अंशु ओली र स्रिष्टी खड्गीको अभिनय रहेको छ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०८२ २१:२३