काठमाडौ । लोकप्रिय तथा लोकदोहोरी गीतसंगीतक्षेत्रकी मुर्धन्य दुई होनहार गायिका शिला आले र शर्मिला गुरुङको आवाजमा सजिएको असली मौलिक तीजगीत “हाम्रा पालामा” सर्बत्र बजारमा छाएकोे छ ।
शिला आलेको प्रस्तुतिमा आजै मात्र एक कार्यक्रमको आयोजना गरि सार्बजनिक गरिएको “हाम्रा पालामा” तीजगीतको भिडियोलाई शिला आले अफिसियल युट्युवच्यानेलमार्फत विश्वबजारमा ल्याइएको हो ।
“हाम्रा पालामा” गीतको शब्द संगीत शिला आलेको, निर्देशक तथा कोरियोग्राफीमा प्रकाश भट्ट, संगीत संयोजक विनोद बाजुराली, अडियो सम्पादन तथा मिक्सिङ्ग मास्टरिङमा खड्का बाजुराली र रेकर्डिष्ट सागर बाजुराली हुन् भने सिनेमाटोग्राफीमा दुर्गा पौडेल र टीम रहेको छ।
मालश्री स्टुडियोमा रेकर्डिङ्ग गरिएको यस “हाम्रा पालामा” तीजगीतभिडियोको कोरस आवाजमा भीमकला गुरुङ र टीका गुरुङले साथ दिएका छन् भने अभिनयमा रितु तामाङ र सलिना नेपालीको बेजोड नृत्यप्रस्तुति रहेको छ ।
अत्यन्तै मीठासपूर्ण लयमा जनजनको तनमन छुने यस तीजगीत “हाम्रा पालामा” पहिलेका गाउँघरमा मनाइँने अर्गानिक तीजपर्वदेखि अहिलेका सहरिया जनजीवनले मनाउँने कपाेलकल्पित तीजबीचको भिन्नता दर्शाइएको छ ।
साँच्चै भन्ने हो भने त तीजगीत त यस्तो पो हुनुपर्छ त । जति सुने नि कहिल्यै धीत नमर्ने, अन्तरकुन्तरकाे मनै पगाल्ने शिला र शर्मिलाको जस्तो। अहिलेका तीजगीत त अति उच्छृङ्खल, भड्किलो गीत सुन्दै गति नपरिने उखरमाम्लाे ।
याे हिसाबकाे गीतलाई समाजले पचाउँनै नसक्ने खालका भल्गर तीजगीतभिडियोहरुले बजार पिटेको व्यापक रुपमा पाइन्छ र फेरी त्यस्तै गीतसंगीतले मात्रै मार्केट पाउने गरेको सबैलाई जगजाहेरै छ ।
यस्ताखाले गीतसंगीतले समाजलाई कतातिर डोर्याइरहेको छ ? यसबाट नयाँ पिँढीले के सिक्नेछन् ? हामी सचेत हुनु जरुरी छ। त्यसैले यस्ता गीतसंगीतप्रतिको विभिन्न विकृति र विसंगतिलाई चिर्दै नेपाली समाजमा नौलो चेतना फैलाउँने गरी गायिकाद्वय गुरुङले “हाम्रा पालामा” गीत बजारमा ल्याएको हो।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०८२ ००:०८