काठमाडाै । डीपी 'परिश्रमी'को शब्द रचनामा निर्मित ‘नाचौं बरिलै...’ तीजगीत सार्बजनिक भएको छ ।
नेपाली महिलाहरुको महान चाड तीज पर्व नजिकिँदै गर्दाको अवसर पारेर डीपी दाहाल (डिलाइटेड नेपाल) को प्रस्तुतीमा तयार पारिएको तीजगीत ‘नाचौं बरिलै...’ सार्बजनिक गरिएको हो ।
समिक्षा अधिकारीको निखर स्वर रहेको यस ‘नाचौं बरिलै...’ तीजगीतमा सञ्जना गुरुङ र नरेश खाती लगायत सामुहिक महिला साथीहरुको रोमाञ्चक नृत्य र अभिनयमा सजिएको छ ।
मारुनी स्टुडियोमा रेकर्ड गरिएको यस तीजगीतमा नरेश खातीको संगीत, केशव बडुको एरेञ्ज रहेको छ भने क्यामेरामा करण चैसिर, भिडियो सम्पादक दिनशन शाह र मेकअप आर्टिष्टमा गीत तामाङ रहेको छ ।

त्यस्तैगरी ‘नाचौं बरिलै...’ भिडियोको निर्देशन निर्देशक जीरी भण्डारीले गरेका हुन् भने सह-निर्देशन अमर रावल, रेकर्डिङ्ग इञ्जिनियरमा सुमन राना र माष्टरिङ्ग इञ्जिनियरमा कुमार राना रहेको छ ।
वर्षभरिमा बल्ल-बल्ल आएको तीज पर्वमा विना भेद्भावपूर्ण बेस्सरी रमाईलो गरि नाँचेर, गाएर, मीठा-मीठा परिकार खाएर हर्षोल्लासकासाथ मनाऔं भन्ने सन्देश दिएको छ ।

यसअघि गीतकार डीपी दाहाल 'परिश्रमी' को तीजगीत लगायत लोक, आधुनिक, झ्याउरे र सदावहारगरी विभिन्न छन्द र लयमा आधारित दर्जनभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।
हालै रिलिज गरिएको यस ‘नाचौं बरिलै...’ तीजगीत भिडियोले पनि सधै झैं हरेक दर्शक तथा स्रोताहरुलाई भरपुर मनोरञ्जन दिनेमा आफू विश्वस्त रहेको गीतकार 'परिश्रमी'ले बताए ।
यस्तैगरी दर्शक तथा श्रोताहरुमाझ उहाँहरुकै रोजाइमा फरक-फरक स्वाद र शैलीमा आफूले म्यूजिकभिडियोहरु पनि नेपाली सांगीतिकक्षेत्रको बजारमा पस्किँदै जाने गीतकार 'परिश्रमी'ले बाचा गरेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन १८, २०८२ ०९:०२