Top Navigation
Main Navigation
बिहीबार, मंसिर ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, मंसिर ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
सुस्मिताको सशक्त आवाजमा 'खरानीबाट उठेर' सार्बजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, मंसिर ४, २०८२

काठमाडौं। आफ्नो बुलन्द र ओजिलो स्वरका कारण नेपाली सांगीतिक आकाशमा चर्चामा रहेकी गायिका सुस्मिता स्याङ्तानले देशभक्तिले ओतप्रोत नयाँ गीत 'खरानीबाट उठेर' सार्वजनिक गरेकी छन्।

गायिका सुस्मिताले देशकाे आम निराशा चिर्दै नयाँ नेपाल निर्माणको संकल्प बोकेको यो 'खरानीबाट उठेर' गीत सार्वजनिक हुनासाथ सारा दर्शक तथा स्रोताको मन जितेको हो।

भर्खरै सार्बजनिक 'खरानीबाट उठेर' यस गीतमा गायिका सुस्मिताले आफ्नो गायकीको उच्चतम नमुना पेस गरेकी छन भने उनको स्वरमा एकैसाथ आक्रोश, ऊर्जा र भविष्यप्रतिको अठोट सुन्न सकिन्छ।

गायिका सुस्मिताले शब्दले मागेको भावलाई उनले आफ्नो आवाजमार्फत जीवन्त बनाएकी छन्। 'खरानीबाट उठेर' भन्ने वाक्यांशमा उनले भरेको भावनात्मक गहिराइले साँच्चै नै सुतेको समाजलाई ब्युँझाउने सामर्थ्य राखेको छ।

Nepal Oil Corporation

सुस्मिताको यो प्रस्तुतिले उनलाई केवल एक गायिका मात्र नभएर परिवर्तनको संवाहकका रूपमा उभ्याएको छ भने उनको स्वरको यही बुलन्दताले गीतलाई एक सामान्य रचनाबाट माथि उठाएर जनताको आवाजमा परिणत गराएको छ।

विवेक लोप्चनको सशक्त शब्द तथा संगीत सिर्जना रहेको यस गीतमा सुस्मिताको ओजिलो स्वर गुञ्जिएको छ। 'निरंकुश सत्ता फाल्यौं दलालीलाई भगायौ, जनताको शक्तिले नै इतिहास लेखायौ' जस्ता हरफहरूलाई न्याय गर्न कुन्साङ दोर्जे लोप्चनले उत्कृष्ट संगीत संयोजन गरेका छन्।

अडियोको प्राविधिक पक्षतर्फ कुपण्डोलस्थित हुरी रेकर्डिङ स्टुडियोमा ठाकुर सुवेदीले रेकर्ड गरेको यस गीतको मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गरेका हुन्।

त्यसैगरी भिडियोतर्फको जिम्मेवारी सम्हाल्दै यमन माझीले निर्देशन गरेको म्युजिक भिडियोलाई रोनिश तामाङले छायांकन गरेका हुन् भने सम्पादन र कलर ग्रेडिङको काम नरेन राज भट्टराईले सम्पन्न गरेका छन्।

सुस्मिता केवल एक गायिका मात्र होइनन्, उनी पछिल्लो समय सामाजिक विकृति र राजनीतिक बेथितिविरुद्ध गीत-संगीतका माध्यमबाट खबरदारी गर्ने एक सशक्त अभियानकर्मीका रूपमा समेत चिनिन्छिन्।

उनको सांगीतिक यात्रा विविधताले भरिपूर्ण छ । सुरुवातीका दिनमा सुस्मिताले तामाङ सेलो र लोक भाकाहरू जस्तै: 'धिम साङबारी', 'ङाला माया अटेरी', 'स्याङ्जा ब्रा', जस्ता गीतबाट आफ्नो पहिचान बनाएर विस्तारै आफ्नो सांगीतिक दायरालाई फराकिलो बनाउँदै लगेकी छन्।

विशेषगरी, र्‍याप (Rap) र आधुनिक पप विधामा पनि उत्तिकै दख्खल राख्ने सुस्मिताले कमिसन, गरिबलाई कानुन, धरर आँशुु र कुलमानलाई फालेर, जस्ता समसामयिक र विद्रोही चेतका गीतहरूमार्फत आफूलाई जेनजी (Gen-Z) पुस्ताको मनपर्ने कलाकारका रूपमा स्थापित गराएकी छन्।

उनका गीतहरूमा प्रायस् समाजका भुइँमान्छेको पीडा, भ्रष्टाचारविरुद्धको आक्रोश र प्रणाली सुधार्ने हुटहुटी पाइन्छ। सुस्मिताको 'चेन्ज माइ नेशन', जस्ता गीतले उनलाई युवा पुस्तामाझ 'रिभोलुसनरी सिंगर'को रुपमा उभ्याएको छ।

अहिलेको नयाँ गीत 'खरानीबाट उठेर' पनि उनको यही विद्रोही र परिवर्तनकारी सांगीतिक शृङ्खलाको एक सशक्त कडीको रुपमा लिन सकिन्छ। 'खरानीबाट उठेर' अहिलेको राजनीतिक र सामाजिक परिवेश सुहाउँदो सिर्जना हो।

सुस्मिताको शक्तिशाली स्वर, विगतको सामाजिक सांगीतिक पृष्ठभूमि र बलियो टिम वर्कले यस गीतलाई लामो समयसम्म जीवन्त राख्ने निश्चित छ। देश बनाउने हुटहुटी बोकेका हरेक नेपाली, विशेषगरी परिवर्तन चाहने युवा पुस्ताको 'प्ले लिस्ट' मा यो गीतले विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ४, २०८२  २२:०२
##sushmitasyangtan
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’  शनिबार, कात्तिक ३०, २०८२
भारतीय कलाकारकाे नजरमा नेपाल
भारतीय कलाकारकाे नजरमा नेपाल बिहीबार, असोज ३०, २०८२
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा
उदय मनिलाको ‘चौबन्दी’ सर्बत्र बजारमा शुक्रबार, साउन ३१, २०८२
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ
चलचित्र गुणकेरा-स्वाँ को निर्माण शुभारम्भ शनिबार, साउन २५, २०८२
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक
नरेश र रचनाको आवाजमा ‘पैसा फल्ने बुटो...’ सर्बत्र सार्बजनिक बिहीबार, साउन २३, २०८२
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’
तीजको छेकामा डीपी 'परिश्रमी'ले ल्याए ‘नाचौं बरिलै...’ शनिबार, साउन १८, २०८२
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत 
शिला आले र शर्मिला गुरुङले ल्याए “हाम्रा पालामा” तीजगीत  शुक्रबार, साउन १७, २०८२
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक
'जनै हराएको मान्छे' फिल्मको अफिसियल गीतभिडियो ‘मसुरीको दाना’ सार्बजनिक आइतबार, साउन १२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
  • नंः ४ प्राकृतिक सौन्दर्यताले मनै लोभ्याउने ढुम्बाताल
  • नंः ५ १५ औं यल कप
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्