Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, पुस २१, २०८२

उदयपुर । चौदण्डीगढी, एभरेस्ट भ्यु टप, ताप्लीपोखरी, बेतेनी भन्ज्याङ, चुनढुंगा खानीलगायतका क्षेत्रमा छ पर्यटन सम्भावना
पूर्वी नेपालकै भित्री मधेशमा उदयपुर एकपटक हेरेपछि बिर्सन नसकिने जिल्ला हो । 

‘उदय’ नामका राजाले शासन गरेको इतिहास बोकेको यो जिल्ला खनिज पदार्थ, वनजंगल, हिमशृंखला, नदीनाला, ऐतिहासिक गढी, धार्मिक पोखरी, विविध जातजातिको संस्कृति र मौलिक भेषभूषाले समृद्ध छ । तर, पूर्वाधार र प्रचार–प्रसारको कमीले पर्यटनको अथाह सम्भावना बोकेको यो क्षेत्र थलिएको छ । पूर्वपश्चिम राजमार्गको नजिक र मदन भण्डारी लोकमार्गसँगै जोडिएको उदयपुर अझै पनि पर्यटनको क्षेत्रमा परिवर्तन आउन सकेको छैन । 


ऐतिहासिक दुई गढी

उदयपुरको ऐतिहासिक पहिचान बोकेका दुई प्रमुख गढी—उदयपुरगढी र चौदण्डीगढी–जिल्लाका मुख्य पर्यटन आधार हुन् । दुवै गढी चुरे, भावर, दुन र महाभारत पर्वत शृंखलाभित्र अवस्थित छन् । जसले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक महत्व बोकेका छन् । 

सरकारले पहिचान गरेका १०० पर्यटकीय गन्तव्यमध्ये उदयपुरको एक मात्र आधिकारिक गन्तव्य उदयपुरगढी हो । फागुनदेखि वैशाखसम्म सर्वाधिक चहलपहल हुने रौतापोखरी धार्मिक आस्था नै होइन, प्रकृति र शीतल वातावरणमा रमाउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको छ । गुरुयोजना र डिपिआर तयार भएर पूर्वाधार निर्माण सुरु भइसकेकाले आगामी दिनमा यस क्षेत्र व्यवस्थित तीर्थस्थलका रूपमा विकास हुने अपेक्षा गरिएको रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगर बताउँछन् । उनी भन्छन्, ‘मदन भण्डारी लोकमार्गबाट रौतापोखरीलाई जोड्ने सडक मुख्य समस्या बनेको छ ।’ 

ताप्ली गाउँपालिका– २ मा १,८०० मिटर उचाइमा अवस्थित ताप्लीपोखरी प्राकृतिक र धार्मिक महत्वको अनुपम संयोजन हो । यहाँबाट सगरमाथा, लोत्सेलगायतका हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यहाँबाट हिमशृंखलाको ‘पोस्टकार्ड भ्यु’ अनुभव गर्न सकिन्छ । यद्यपि प्रचार–प्रसार अभाव र पहाडी कच्ची सडकका कारण बाह्य पर्यटकको संख्यामा अपेक्षित वृद्धि हुन नसकेको सरोकारवाला बताउँछन् ।

त्यस्तै, कटारी नगरपालिका– ११ मा अवस्थित बेतेनी भन्ज्याङ घाम–हुस्सु र मौसम परिवर्तनको चाँडो चक्रका कारण विशेष अनुभव दिने गन्तव्य हो । कटारी बजारबाट करिब १६ किलोमिटर उत्तरमा पर्ने यो ठाउँबाट चारैतिरको हरियाली दृश्य अत्यन्त आकर्षक देखिन्छ । लिम्चुङबुङ गाउँपालिकाभित्र पर्ने एभरेस्ट भ्यु टप पछिल्लो समय अत्यधिक लोकप्रिय बनेको छ । यहाँबाट सगरमाथासहित आठवटा प्रमुख हिमाल अवलोकन गर्न सकिन्छ । इलाम, मोरङ, झापा, सुनसरी, सिराहा, सप्तरीलगायत जिल्लाबाट यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दो छ ।

यसैगरी, उदयपुरगढी गाउँपालिका– ७, अधेरीस्थित अर्जुन डहर पार्क पछिल्ला वर्षमा आकर्षक आन्तरिक पर्यटकीयस्थल बनेको छ । मोतीगडा, देवधार, नेपालटार, बेल्का दरबार, मैनामैनी, सुकेपोखरी, भूगोल पार्क, भ्यु टावर, टुँडिखेल, जोगीधारा, भालुदह, विभिन्न महादेव मन्दिर र थुप्रै गुफा र झरना उदयपुरका अतिरिक्त प्राकृतिक गन्तव्य हुन् ।

औद्योगिक पर्यटनका दृष्टिले उदयपुर सिमेन्ट उद्योग, मारुती र सौर्य सिमेन्टका चुनढुंगा खानी, सम्भावित कृषि–आधारित उद्योग, बाँस तथा ढुंगाका हस्तकला उद्योग महत्वपूर्ण आधार हुन् । उत्पादन प्रक्रियादेखि प्याकेजिङसम्मको अवलोकन हुने फ्याक्ट्री भ्रमण (इन्डस्ट्रियल टुर)लाई शैक्षिक पर्यटनसँग जोड्न सकिने स्थानीय बताउँछन् । 

विकासको प्रमुख चुनौतीमा सडक

उदयपुरमा पर्यटन विकासको मुख्य चुनौती सडक पूर्वाधार हो । सिद्धिचरण, सगरमाथा र मदन भण्डारी लोकमार्गले उदयपुरलाई देशभरका सहरसँग जोडे पनि, अधिकांश गन्तव्यसम्म पुग्ने ग्रामीण सडक अझै कच्ची, साँघुरो र जोखिमपूर्ण छन् ।होटेल तथा पर्यटन व्यवसायी संघ, उदयपुरका महासचिव ईश्वर राईका अनुसार, तीनवटा ठुला राजमार्गको पहुँच पुगे पनि रौतापोखरी, उदयपुरगढी, ताप्ली, एभरेस्ट भ्यु टप, बेतेनी, चुरे–महाभारत क्षेत्रतर्फ जाने मार्ग कच्ची भएकैले पर्यटन विस्तारमा बाधा परेको छ ।

उदयपुर उद्योग वाणिज्य संघ, कटारीका पूर्वउपाध्यक्ष मदन कटुवाल सडक गुणस्तरलाई मुख्य समस्या मान्छन् । उनका अनुसार, विद्युत्, टेलिफोन, इन्टरनेटजस्ता आधारभूत सेवा प्राय: सबै ठाउँमा पुगे पनि, सडक कमजोर हुँदा पर्यटक दीर्घकालीन रूपमा बस्न सकिरहेका छैनन् । 

मौलिक खानपानको ब्रान्डिङ र व्यवस्थापन नहुनु, स्थानीयस्तरमा पर्यटनप्रतिको चेतना र व्यावसायिक ज्ञान अभाव, तालिमप्राप्त गाइड र सेवाप्रदायकको कमी पनि अन्य चुनौती हुन् । अर्कोतर्फ, स्थानीय खानाका परिकार पनि ब्रान्डिङ हुन सकेका छैनन् । मुख्य कुरा प्रचार–प्रसार अभाव नै छ ।

स्थानीय, प्रदेश र संघीय सरकारबिच समन्वयमा पर्यटकीय क्षेत्रको व्यावसायिक विकास हुन नसकेको कटुवाल बताउँछन् । नेपाली कम्युनिस्ट पार्टीका नेता उद्धव खत्री भन्छन्, ‘अहिले स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्यटनमा आउने बजेट टुक्रे प्रकारका छन् । त्यसले पनि पर्यटकीय क्षेत्रको विकास हुन सकेको छैन । स्थानीय सरकारले पनि पर्यटकीय क्षेत्रमा लगानी गरेर व्यावसायिक बनाउन ध्यान दिन सकेका छैनन् । त्यसकारण, उदयपुरको पर्यटकीय क्षेत्र नाम मात्रका छन् ।’

ताप्ली गाउँपालिका अध्यक्ष ढुंगाराज विश्वकर्मा भन्छन्, ‘गाउँपालिकाको बजेट मात्र सोचेको सबै काम गर्न नसकिने रहेछ । प्रदेश र संघीय सरकारबाट पर्यटकीय क्षेत्रमा आउने बजेट सानो आकारमा हुने गरेकाले समस्या हुनेरहेछ । सोचेजति काम गर्न नसकिने रहेछ ।’

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १०:४२
#udayapur#उदयपुर#विदुर कटुवाल#
प्रतिक्रिया दिनुहोस्
थप समाज
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ आँखाले चिनेको शव, कानुनले अझै चिनेन
विचार
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्