Top Navigation
  • Contact
Main Navigation
शनिबार, कात्तिक ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, कात्तिक ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ?
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, फागुन २, २०८२

नेपालमा अझै पनि धेरै बालबालिकाहरु जन्मदै मुटु सम्बन्धी स्वास्थ्य समस्या लिएर जन्मिने गर्छन्।

नेपाल बाथ मुटुरोगका विरामी कति छन् भन्ने यकिन विवरण नभए पनि नेपालमा हरेक वर्ष पाँच हजार बालबालिका जन्मजात बाथमुटु सम्बन्धी समस्या लिएर जन्मन्छन्।

शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका बालमुटुरोग शल्यचिकित्सक डा. रवीन्द्रभक्त तिमलाका अनुसार हाल नेपालमा वर्षेनि ५ हजार बालबालिका मुटु सम्बन्धी कुनै-कुनै स्वास्थ्य समस्या लिएर जन्मन्छन।

बिडम्बनाको कुरा के छ भने यीमध्ये करिब हजार जना जति बालबालिका मात्रै विशेषज्ञ चिकित्सकको उपचार सेवामा रहेका छन्।

केन्द्रका बालमुटुरोग शल्यचिकित्सक डा तिमलाले भने‚ ‘हाम्रोमा वर्षेनि ५ हजार बालबालिका जन्मदै कुनै-कुनै मुटु सम्बन्धी समस्या लिएर जन्मने अनुमान छ तर यी सबै बालबालिकाले समयमानै समस्या पत्ता लगाएर उपचार गरेको पाइएको छैन किन भने हामीले हाम्रो केन्द्रमा वार्षिक पाँच सय जति बालबालिकाको मुटुसम्बन्धी समस्याको शल्यक्रिया गर्छौँ, यस्तै अर्को मनमोहन कार्डियोलोजी एण्ड भास्कुर सेन्टरले यही संख्याम गर्ला यो अनुसार त अझै ४ हजार बालबालिका त उपचार बाहिर भए।’

सरकारले हाल बाथ मुटुरोगका विरामीको निःशुल्क उपचार गर्दै आएको छ। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार यसको उपचारका लागि वार्षिक ५० करोड रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ। तर रोगथाम सम्बन्धी कार्यका लागि कति पनि बजेट विनियोजन गरेको छैन।

कस्तो लक्षण देखिन्छ जन्मँदै मुटुको समस्या लिएर आएका बालबालिकामा ?

जन्मँदै मुटुको समस्या लिएर आएका बच्चाहरूमा दूध पिउन गाह्रो हुने, खुट्टा नीलो हुने, उमेरअनुसार खुल्न गाह्रो हुने जस्ता मुख्य लक्षण देखिने बताइन्छ।‘जन्मँदै मुटुको समस्या लिएर जन्मिएका बच्चामा देखिने मुख्य समस्या भनेको आमाको दूध खान गाह्रो हुनु हो।

यदि भर्खरै जन्मिएका बच्चामा आमाको दूध खाँदा निधारमा धेरै पसिना आउँछ भने बच्चामा मुटुको समस्या छ कि भनेर विशेष ध्यान दिनुपर्ने हुन्छ।

यसका साथै बालबालिकामा उमेर बढेसँगै कडा खालको निमोनिया भइरहने‚ दैनिक क्रियाकलापमा समस्या देखिने, उमेरअनुसार तौल नबढ्ने, छातीको बायाँ भाग माथि उठ्ने समस्या देखिएमा पनि मुटुको समस्या छ कि भनेर चिकित्सकलाई देखाउनुपर्ने हुन्छ।

जन्मँदै मुटुको समस्या लिएर जन्मिएका बालबालिकामा कतिपय समस्या धेरै सानो हुने हुँदा लक्षण कम देखिँदा धेरै मानिस जन्मजात मुटुमा देखिएको प्वाल तथा अन्य समस्या लिएर हिँडिरहेका हुन्छन्।

यस्तो समस्या छ कि भनेर परीक्षण गराउनुपर्ने हुन्छ। समयमै समस्या पहिचान गरेर उपचार गर्न सके जन्मजात रूपमा देखिने मुटुको समस्याको सफल उपचार समेत हुन्छ।

किन देखिन्छ बालबालिकामा जन्मँदै मुटुको समस्या ?

गर्भावस्थाको एकदेखि ३ महिनामा हुने संक्रमण र गर्भावस्थामा रेडियो विकिरण एक्सपोजर हुनु‚ गर्भवतीमा दीर्घरोग वा धुमपान मद्यपानको सेवन तथा गर्भावस्थामा कडा औषधिको प्रयोगले जन्मजात बच्चामा मुटुको समस्या देखिने मुख्य कारण रहेको केन्द्रकी अर्की बाल मुटुरोग विशेषज्ञ डा अंशु शाक्यले बताइन्।

गर्भावस्थाको शुरुको ३ महिनामा गर्भवती महिलालाई रुघा, खोकी, रुबेला जस्ता संक्रमण भएको छ। अझै त्यस्ता भाइरल संक्रमणविरुद्ध औषधि सेवन गरेको छ भने आमाको गर्भमा हुर्किरहेको बच्चामा मुटुको समस्या हुने सम्भावना धेरै हुने गर्छ।

‘गर्भवती महिलालाई गर्भ रहेको शुरुका ३ महिनासम्म रुघा, रुबेला जस्ता भाइरल संक्रमण भएको छ भने पनि बच्चाले जन्मँदै मुटुको समस्या लिएर जन्मने गर्छन्।

बाल मुटु रोग उपचार गर्न प्रतिविरामी बराबर कति खर्च लाग्छ ?

हृदयरोग उपचार केन्द्रका अनुसार हरेक बालबालिकामा फरक फरक खालका मुटुसम्बन्धी समस्या हुने भएकाले सोही अनुसारको उपचार शुल्क लाग्छ तर सामान्यतया बाल मुटुरोग उपचारका लागि रोगको प्रकृतिअनुसार अधिकतम १५ लाखसम्म खर्च हुनसक्छ।

१० वर्षदेखि बालबालिकामा हुने मुटुसम्बन्धी सम्पुर्ण उपचार सरकारी अस्पतालमा निःशुल्क गर्दै आएको छ। जस अनुसार नेपालको मुटुरोगको उपचार गर्ने एक प्रमुख विशिष्टीकृत अस्पताल गङ्गालाल हृदय रोग केन्द्रमा सबैभन्दा धेरै बालबालिकाको उपचार हुँदै आएको छ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्