Top Navigation
Main Navigation
आइतबार, फागुन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, फागुन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ?
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, फागुन २, २०८२

नेपालमा अझै पनि धेरै बालबालिकाहरु जन्मदै मुटु सम्बन्धी स्वास्थ्य समस्या लिएर जन्मिने गर्छन्।

नेपाल बाथ मुटुरोगका विरामी कति छन् भन्ने यकिन विवरण नभए पनि नेपालमा हरेक वर्ष पाँच हजार बालबालिका जन्मजात बाथमुटु सम्बन्धी समस्या लिएर जन्मन्छन्।

शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका बालमुटुरोग शल्यचिकित्सक डा. रवीन्द्रभक्त तिमलाका अनुसार हाल नेपालमा वर्षेनि ५ हजार बालबालिका मुटु सम्बन्धी कुनै-कुनै स्वास्थ्य समस्या लिएर जन्मन्छन।

बिडम्बनाको कुरा के छ भने यीमध्ये करिब हजार जना जति बालबालिका मात्रै विशेषज्ञ चिकित्सकको उपचार सेवामा रहेका छन्।

केन्द्रका बालमुटुरोग शल्यचिकित्सक डा तिमलाले भने‚ ‘हाम्रोमा वर्षेनि ५ हजार बालबालिका जन्मदै कुनै-कुनै मुटु सम्बन्धी समस्या लिएर जन्मने अनुमान छ तर यी सबै बालबालिकाले समयमानै समस्या पत्ता लगाएर उपचार गरेको पाइएको छैन किन भने हामीले हाम्रो केन्द्रमा वार्षिक पाँच सय जति बालबालिकाको मुटुसम्बन्धी समस्याको शल्यक्रिया गर्छौँ, यस्तै अर्को मनमोहन कार्डियोलोजी एण्ड भास्कुर सेन्टरले यही संख्याम गर्ला यो अनुसार त अझै ४ हजार बालबालिका त उपचार बाहिर भए।’

सरकारले हाल बाथ मुटुरोगका विरामीको निःशुल्क उपचार गर्दै आएको छ। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार यसको उपचारका लागि वार्षिक ५० करोड रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ। तर रोगथाम सम्बन्धी कार्यका लागि कति पनि बजेट विनियोजन गरेको छैन।

कस्तो लक्षण देखिन्छ जन्मँदै मुटुको समस्या लिएर आएका बालबालिकामा ?

जन्मँदै मुटुको समस्या लिएर आएका बच्चाहरूमा दूध पिउन गाह्रो हुने, खुट्टा नीलो हुने, उमेरअनुसार खुल्न गाह्रो हुने जस्ता मुख्य लक्षण देखिने बताइन्छ।‘जन्मँदै मुटुको समस्या लिएर जन्मिएका बच्चामा देखिने मुख्य समस्या भनेको आमाको दूध खान गाह्रो हुनु हो।

यदि भर्खरै जन्मिएका बच्चामा आमाको दूध खाँदा निधारमा धेरै पसिना आउँछ भने बच्चामा मुटुको समस्या छ कि भनेर विशेष ध्यान दिनुपर्ने हुन्छ।

यसका साथै बालबालिकामा उमेर बढेसँगै कडा खालको निमोनिया भइरहने‚ दैनिक क्रियाकलापमा समस्या देखिने, उमेरअनुसार तौल नबढ्ने, छातीको बायाँ भाग माथि उठ्ने समस्या देखिएमा पनि मुटुको समस्या छ कि भनेर चिकित्सकलाई देखाउनुपर्ने हुन्छ।

जन्मँदै मुटुको समस्या लिएर जन्मिएका बालबालिकामा कतिपय समस्या धेरै सानो हुने हुँदा लक्षण कम देखिँदा धेरै मानिस जन्मजात मुटुमा देखिएको प्वाल तथा अन्य समस्या लिएर हिँडिरहेका हुन्छन्।

यस्तो समस्या छ कि भनेर परीक्षण गराउनुपर्ने हुन्छ। समयमै समस्या पहिचान गरेर उपचार गर्न सके जन्मजात रूपमा देखिने मुटुको समस्याको सफल उपचार समेत हुन्छ।

किन देखिन्छ बालबालिकामा जन्मँदै मुटुको समस्या ?

गर्भावस्थाको एकदेखि ३ महिनामा हुने संक्रमण र गर्भावस्थामा रेडियो विकिरण एक्सपोजर हुनु‚ गर्भवतीमा दीर्घरोग वा धुमपान मद्यपानको सेवन तथा गर्भावस्थामा कडा औषधिको प्रयोगले जन्मजात बच्चामा मुटुको समस्या देखिने मुख्य कारण रहेको केन्द्रकी अर्की बाल मुटुरोग विशेषज्ञ डा अंशु शाक्यले बताइन्।

गर्भावस्थाको शुरुको ३ महिनामा गर्भवती महिलालाई रुघा, खोकी, रुबेला जस्ता संक्रमण भएको छ। अझै त्यस्ता भाइरल संक्रमणविरुद्ध औषधि सेवन गरेको छ भने आमाको गर्भमा हुर्किरहेको बच्चामा मुटुको समस्या हुने सम्भावना धेरै हुने गर्छ।

‘गर्भवती महिलालाई गर्भ रहेको शुरुका ३ महिनासम्म रुघा, रुबेला जस्ता भाइरल संक्रमण भएको छ भने पनि बच्चाले जन्मँदै मुटुको समस्या लिएर जन्मने गर्छन्।

बाल मुटु रोग उपचार गर्न प्रतिविरामी बराबर कति खर्च लाग्छ ?

हृदयरोग उपचार केन्द्रका अनुसार हरेक बालबालिकामा फरक फरक खालका मुटुसम्बन्धी समस्या हुने भएकाले सोही अनुसारको उपचार शुल्क लाग्छ तर सामान्यतया बाल मुटुरोग उपचारका लागि रोगको प्रकृतिअनुसार अधिकतम १५ लाखसम्म खर्च हुनसक्छ।

१० वर्षदेखि बालबालिकामा हुने मुटुसम्बन्धी सम्पुर्ण उपचार सरकारी अस्पतालमा निःशुल्क गर्दै आएको छ। जस अनुसार नेपालको मुटुरोगको उपचार गर्ने एक प्रमुख विशिष्टीकृत अस्पताल गङ्गालाल हृदय रोग केन्द्रमा सबैभन्दा धेरै बालबालिकाको उपचार हुँदै आएको छ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन शनिबार, माघ १८, २०८२
किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण
किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण बुधबार, माघ १, २०८२
जाडोलाई तह लगाउँने ११ उपाय
जाडोलाई तह लगाउँने ११ उपाय मंगलबार, पुस १५, २०८२
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ? सोमबार, मंसिर २३, २०८२
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ?
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ? आइतबार, मंसिर २२, २०८२
सिंहदवारबाट सेवा शुरु
सिंहदवारबाट सेवा शुरु बुधबार, मंसिर ४, २०८२
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन मंगलबार, मंसिर ३, २०८२
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे शुक्रबार, भदौ ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सम्पदाहरू जल्दै गर्दा दुखेको मन
  • नंः २ खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
  • नंः ३ प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग
  • नंः ४ सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
  • नंः ५ नामी साप्ताहिक
विचार
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्