काठमाडौ । प्रेममा यौन आवश्यक छैन्। जन प्रेममा यौनको कुरा आउने गर्दछ। त्यो बासना केवल बासना मात्र हुन्छ। तर, यौन संवन्धमा प्रेम भएन भने, त्यो केवल बजारिया मात्र हुने गर्दछ।
बजारिया यौनमा पनि प्रेम नभएमा त्यो राखिएको यानी गरिएको यौन संवन्धमा कुनै मिठास हुदैन्। एक घण्टाकै लागि किनिएको यौन संवन्ध भएपनि त्यसमा अलिकति भएपनि मायाको कुरा हुनु पर्दछ, बजारिया नै भएपनि प्रेमको आभाँस हुनु आवश्यक छ।
यसरकारण मानिसहरु प्रेम र यौनलाई छुट्टा–छुट्टै रुपमा हेर्छन्। प्रेमलाई करुणाको दृष्टिले मात्र हेर्नेहरु यौनलाई प्रेमको विपरीत ठान्छन्। यौनलाई मनोवैज्ञानिक आँखाले हेर्न नजान्नेहरु त यौनलाई विकृति नै पनि भन्ने गरेको पाइन्छ। आफू यौन समागमबाटै जन्मेर पनि यौनलाई छिःछिः र दुरदुर गर्ने कतिपय पाखण्डीहरु यही समाजमा नदेखिएको होइन, देखिएकै छ।
यद्यपि, यौन र प्रेम फरक विषय होइनन् । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रुप हो। प्रेमको शारीरिक अभिव्यक्ति यौन हो भने मनको तहमा गरिएको यौन समागम नै प्रेम हो। त्यसैले प्रेम र यौनलाई छुट्टै राख्नै सकिँदैन। सबै अवस्थामा यौन प्रेमको रुप चाहिँ हुन सक्तैन।
जब यौन शारीरिक तहमा मात्र प्रदर्शन गरिन्छ, तब त्यहाँ प्रेमको मात्रा गौण हुन्छ। शारीरिक तहमा गरिएको प्रेम पनि भद्दा हुन्छ भने मनोवैज्ञानिक तहमा गरिएको यौन समागम पनि अति कलात्मक हुन्छ। त्यही कलात्मक यौन समागम नै प्रेमको चरम रुप हो। जुन स्वास्थ्यको दृष्टिकोणले पनि अति उत्तमा मानिने गर्दछ।
यो अलौकिक सुख तथा मोहले मानिसको कतिपय भित्री गहिराइमा लुकिरहेका रोगको पनि निदान हुने गर्दछ। अझ सही प्रेममय यौन समागममा त पाँच किलोमिटर दगुरेर गरिएको शारीरिक अभ्यास बराबरको कसरत मिल्ने गर्दछ। जसवाट शरीरलाई अझ धेरै स्वस्थ तथा तन्दुरुस्त पार्न मदत गर्ने गर्दछ।
अर्कातर्फ, प्रेम बिनाको यौन र यौन बिनाको प्रेम दुवै अपूर्ण हुन्। कतिपय आफूलाई आदर्श प्रेमका पक्षधर ठान्नेहरु प्रेममा यौनको छिटा नै पर्न नहुने ठान्छन्। तर तिनीहरु यो बुझ्दैनन् कि प्रेममा यौनको अंश नहुँदो हो त प्रेम विपरीत लिङ्गसँग हुने नै थिएन। सायद यस्ता दृष्टिभ्रम भएकाहरु प्रेमलाई करुणाको तहमा मात्र बुझ्न सक्तछन् ।
#love #loveyou #loveislove #lovestory
प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२ १५:२९