Top Navigation
  • Contact
Main Navigation
शनिबार, कात्तिक ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, कात्तिक ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, फागुन २०, २०८२

काठमाडौ ।नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख पर्यटकीय सहर भैरहवास्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

द सोल्टी काठमाडौं, र्याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउण्टेन ग्लोरी पोखरा लगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको ट्रान्क्यूलिटी स्पाले अब लुम्बिनी प्रदेशमा पनि आफ्नो उपस्थिति बनाएको छ।

ट्रान्क्यूलिटी स्पा नेपालीहरुमा मात्र होइन, विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूबीच पनि उत्तिकै लोकप्रिय छ। साथै, मलेसियामा सञ्चालनमा रहेको यसको शाखाले पनि उत्कृष्ट सेवा प्रदान गर्दै त्यहाँका ग्राहकहरूको मन जित्न सफल भएको छ।

शान्ति र वेलनेस एकै सिक्काका दुई पाटा जस्तै हुन् त्यसैले ‘लुम्बिनीको प्रवेशद्वार’ भनेर चिनिने भैरहवामा स्थापना गरिएको यो सुविधासम्पन्न स्पा तथा वेलनेस सेन्टरले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई मनको शान्ति र शरीरिक आराम प्रदान गर्ने उद्देश्यसहित गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

नयाँ शाखामा विभिन्न प्रकारका हाईडो र्थमल थेरापी, सैलुन सेवा, स्विमिङ, जिम, परम्परागत नेपाली मसाज उपचार लगायत समग्र वेलनेसका सेवाहरु उपलब्ध रहेको छ।

स्पा व्यवसाय तथा नयाँ शाखाको बारेमा बोल्दै ट्रान्क्यूलिटी स्पाका अध्यक्ष भुवन फैजुले भने, “ट्रान्क्यूलिटी स्पा एक पारिवारिक स्पा तथा वेलनेस ब्रान्ड हो । हरेक व्यक्तिका लागि स्पा तथा वेलनेस भनेको आधारभूत आवश्यक्ता हो त्यसैले हामीले स्थापना कालदेखि नै नेपालमा स्पा तथा वेलनेस संस्कृतिको प्रवद्र्धन गर्दै आएका छौं। यही अभियान अन्तर्गत भैरहवाको सिद्धार्थ विलासामा पूर्ण सुविधा सम्पन्न शाखा सञ्चालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौं।”

कार्यकारी निर्देशक सुरेश पुरीले काठमाडौँ बाहिर पनि गुणस्तरीय वेलनेस सेवा विस्तार गर्ने संस्थाको दीर्घकालीन लक्ष्यअनुसार यो कदम चालिएको बताए । उनका अनुसार प्रमूख पर्यटकीय तथा आतिथ्य क्षेत्रहरूमा स्पा सेवाको पहुँच विस्तार गर्नु कम्पनीको प्राथमिकता रहेको छ।
ट्रान्क्यूलिटी स्पाले मन र शरीरलाई आराम दिने सेवा प्रदान गर्ने मात्र होइन, वेलनेस पर्यटन तथा व्यवसायको प्रवद्र्धन गर्दै युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरसमेत सिर्जना गरिरहेको छ। कम्पनीले हाल नेपालभर १८ वटा भन्दा धेरै शाखाहरु मार्फत सेवा सञ्चालन गर्दै आएको छ र २५०  भन्दा बढी युवाहरुलाई रोजगारीको अवसर प्रदान गरेको छ।

कम्पनीले नेपालको तीव्र रूपमा विकास हुँदै गएको वेलनेस क्षेत्रमा गुणस्तरीय रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासहित अघि बढिरहेको छ। भैरहवाको नयाँ शाखामा मात्र अहिले ४० कर्मचारी छन् र यो संख्या क्रमश बढ्दै लग्ने कम्पनीको योजना छ।

यस नयाँ शाखासँगै ट्रान्क्यूलिटी स्पाले नेपालको आतिथ्य तथा वेलनेस उद्योगलाई आधुनिक उपचार पद्धति र परम्परागत उपचार विधिको संयोजनमार्फत अझ सुदृढ बनाउने प्रतिबद्धतामा एक कदम अघि बढेको छ।
 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  २१:००
#spa #tranquilityspa
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्