Top Navigation
Main Navigation
आइतबार, जेठ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, जेठ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान समाजसेवी गायिका सरिता महर्जनलाई लहना विशेष सम्मान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ ३, २०८३

काठमाडौं। ‘सम्मान’ शब्दको अर्थ विशेष मान, ठूलो आदर वा सत्कार, प्रतिष्ठा, इज्जत हो। जो चीरकालसम्म मान्छेको जीवनभरी रहिरहन्छ । सम्मान हामी मानवको रूपमा पाउन सक्ने सबैभन्दा महत्वपूर्ण नैतिक मूल्यहरु मध्ये एक हो । यो योग्य ब्यक्तिहरु, चीजहरु वा अवधारणाहरुको लागि विचार र प्रसंगको गहिरो भावना पनि हो । सम्मान सामाजिक उत्प्रेरणा हो। जसको कारण आफू आवध्द भएको क्षेत्रमा अझ आत्मिक रुपमा अघि बढ्न प्रेरणा मिल्ने जोश तथा जाँगर हो।

यो जोश र जाँगर पछिल्लो पटक समाजसेवी गायिका सरिता महर्जनको जीवनमा लहना विशेष सम्मानवाट मिलेको छ। समाजसेवा तथा नेपाली अनि नेपालभाषाका गीत–संगीत क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर स्वरुप महर्जनलाई मिति २०८३ साल बैशाख २५ गते शुक्रवारका दिन नेपालभाषाको प्रतिष्ठित लहना साप्ताहिकको मातृसंस्था लहना मिडियाले लहना विशेष सामाजिक सम्मानव्दारा सम्मानित गरेको हो।

कला तब अझ सुन्दर बन्छ,जब त्यसमा मानवताको सुगन्ध मिसिएको हुन्छ। संगीत तब अझ प्रभावशाली बन्छ,जब त्यसले समाजको पीडा, माया र संवेदनालाई स्पर्श गर्छ।यस्तै संवेदनशील हृदय, समाजसेवाप्रति समर्पित भावना र सांगीतिक यात्राकी धनी व्यक्तित्व हुन् –सरिता महर्जन।

नेपाली र नेपालभाषा कला, संस्कृति र सञ्चार क्षेत्रमा निरन्तर सक्रिय लहना मिडियाले आफ्नो १३ औँ वार्षिक महाउत्सवको अवसरमा बरिस्ठ समाजसेवी गायिका सरिता महर्जनलाई “लहना विशेष सम्मान” प्रदान गर्दै उहाँको योगदानप्रति उच्च सम्मान व्यक्त गरेको छ।

काठमाडौंको नयाँबजारमा सम्पन्न उक्त विशेष समारोहमा उहाँलाई दोसल्ला ओढाएर नागरिक अभिनन्दनसमेत गरिएको क्षण निकै भावुक र गौरवपूर्ण बनेको थियो। यो सम्मान केवल एउटा कलाकारलाई गरिएको सम्मान मात्र होइन, समाज र संस्कृतिप्रति समर्पित भावनाको सम्मान पनि हो। सरिता महर्जनले गीत–संगीतमार्फत केवल मनोरञ्जन मात्र दिएकी छैनन्, उनले समाजलाई आत्मीयता, सकारात्मकता र मानवताको सन्देश प्रवाह गरेकी छन्।

महर्जनको स्वरमा संवेदना छ, व्यवहारमा अपनत्व छ र समाजप्रतिको जिम्मेवारीमा सच्चा समर्पण देखिन्छ। कला र समाजसेवालाई सँगसँगै अगाडि बढाउनु सजिलो विषय होइन। तर, सरिता महर्जनले आफ्नो सांगीतिक यात्रासँगै सामाजिक सेवामा पनि निरन्तर सक्रिय रहँदै धेरैको मन जित्न सफलता प्राप्त गरिसकेकी छन्। र गर्दैआएकी पनि छन्। जुन अद्यावधिक निरन्तर छ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य तथा बहालवाला सांसद कुलभक्त शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहले समाजमा योगदान दिने व्यक्तित्वप्रति सम्मान गर्नुपर्छ भन्ने सकारात्मक सन्देश दिएको छ। लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ को सभापतित्व तथा प्रवन्ध सम्पादक सुरेन्द्रभक्त श्रेष्ठ को संयोजकत्वमा सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्ण कला प्रेमी, साहित्यकार र शुभेच्छुकहरूले सरिता महर्जनको योगदानको खुलेर प्रशंसा गरेका थिए।

युगीन कलाकार तथा निर्देशक पवन जोशीलाई नेपालभाषामा निरन्तर प्रकाशित भैरहेको लहना साप्ताहिकको लहना मिडियाले विशेष सम्मान गरेको छ। लहना मिडिया स्थापनाको १३ औं बार्षिक महाउत्सवको अवसरमा कलाकार जोशीलाई लहना सुर–शर्मिष्ठा नगद १० हजार सहितको सम्मान प्रदान गरिएको हो। 

काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य तथा बहालवाला सांसद कुलभक्त शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त महाउत्सत्वमा समाजसेवी गायिका सरिता महर्जनलाई लहना विशेष सम्मानव्दारा सम्मानित गरिएको छ। कलाकार जोशी र गायिका महर्जनलाई दोसल्ला ओढाएर नागरिक सम्मान दिने कार्य पनि भएको थियो। 

कार्यक्रम लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्व तथा प्रवन्ध सम्पादक सुरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा शुक्रवार काठमाडौंको नयाँबजारमा भएको थियो।

लहना साप्ताहिकको १३औं वार्षिकोत्सव मनाइयो। महाउत्सवको उक्त सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य कुलभक्त शाक्यले सरकारी विज्ञापन नीजि संचार माध्यमलाई विज्ञापन नदिने सरकारको निर्णय विरुद्ध संसदमा आवाज उठाउने बताएका छन् ।  संघीय सांसद शाक्यले वर्तमान समयमा संचारमाध्यमहरु त्यत्तिकै नै जटिल अवस्थाबाट गुज्रिरहेकोमा सरकारको पछिल्लो निर्णयले नीजि संचारमाध्यमलाई घाँटी निमोठ्ने कार्य भएको विचार राखे । 

नेपालभाषाको रंगीन साप्ताहिक ‘लहना वाःपौ’ को १३औं वार्षिकोत्सव कार्यक्रममा सांसद शाक्यले यस्तो भनेको हुन् । ‘जनताको आवाज बोल्ने संचारमाध्यमलाई संरक्षण गर्नुपर्नेमा सरकारले झन उल्टो दिइएको सुविधा कटौती गर्नु खेदजनक छ । मैले यस सम्वन्धमा नीजि संचारमाध्यमसँगै मातृभाषी संचारमाध्यमको पक्षमा संसदमा आवाज उठाउनेछु’ शाक्यले भने । अर्को प्रसङ्गमा शाक्यले विना कुनै विकल्प, सुकुम्वासी बस्तीमा डोजर चलाउन नहुने धारणा राखे। 

सोही कार्यक्रममा बोल्दै नेवाः देय् दबूका अध्यक्ष रश्मिला प्रजापतिले हुकुमावासीको नाम दिएर सबैलाई एउटै नजरले हेरिन नहुने बताए । सडक विस्तार, खोला मापदण्ड, फास्ट ट्राएक लगायत विभिन्न मापदण्ड र सरकारी योजना, आयोजनाले रैथानेहरुलाई पनि सडकमा पु¥याई सुकुम्वासीको अवस्था बनाइदिएको अध्यक्ष प्रजापतिले बताए । नक्कली ‘सुकुम्वासीलाई हटाउनै पर्ने हो तर, वास्तविक सुकुम्वासीहरुलाई सरकारले व्यवस्थापन गर्नैपर्छ । विना विकल्प जबरजस्ती डोजर चलाएर सबैको उठीबास लगाइदिनु राज्यको बरबरता नै हो’ प्रजापतिको भनाई हो । 

कार्यक्रमा काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल लगायतले लहना साप्ताहिकलाई बधाई र शुभकामनासहित आफ्ना कुरा राखेका थिए ।

त्यस्तै सम्मानितबाट नेपाल समाचारपत्रका सहायक सम्पादक सुनिल महर्जन र नगद पुरस्कारका दातातर्फ बाट जगतबीर सिंह कंसाकार र डा. विजय प्रकाश सैंजुले आआफ्ना विचार राखेका थिए । कार्यक्रममा २० हजार राशीसहितको लहना धर्ममोति पत्रकारिता पुरस्कार वर्ष ११४५ का लागि एपिवानकर्मी राजु नापितलाई र ११४६ का लागि खबरसेन्टर अनलाइनका उत्तमकुमार श्रेष्ठलाई प्रदान गरियो।

यसैगरी १० हजार राशीसहितको लहना केशव कृष्णवदन मातृभाषा पत्रकारिता पुरस्कार ११४५ का लागि ईमेजकर्मी केके मानन्धरलाई र ११४६ काल लागि नेपाल टेलिभिजनकर्मी शकुन्तला महर्जनलाई प्रदान गरियो । लहना शर्मिष्ठा सुर सम्मान ११४५ बाट वरिष्ठ निर्देशक पवन जोशी र ११४६ का लागिं कलाकार आराध्यालक्ष्मी खड्गी सम्मानित भए । 

यस वर्षबाट लहनाले स्वर्गीय पत्रकारद्वय सुशील बीरसिं कंसाकार र सुरेशकिरण मानन्धरको नामबाट पनि पत्रकारिता पुरस्कारको सुरुवात गरेको छ । लहना सुशीलबीर सिंह पत्रकारिता पुरस्कार ११४६ नेपाल समाचारपत्रका सहायक सम्पादक सुनिल महर्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशी रु. २० हजार रहेको छ ।

त्यस्तै रु. २५ हजार राशीसहितको लहना सुरेशकिरण पत्रकारिता पुरस्कार ११४६ बाट वरिष्ठ कार्टुनिष्ट रविन साय्मि सम्मानित भए ।  सोही कार्यक्रममा रविन्द्रराज ताम्रकारबाट लिखित नेपालभाषाको पुस्तक संस्कृति, समाज व व्यवसाय’ को विमोचन पनि गरिएको थियो । साथै सोही कार्यक्रममा लहना मिडियाले नेपाः टिभिमा संचालन गर्न लागेको चार वटा कार्यक्रमको पनि घोषणा गरिएको थियो ।

लहना मिडिया र कन्फराक्टीभ मिडियाले संयुक्र रुपमा आयोजना गर्न लागेको लहनाएक्टीभ म्यूजिक भिडियो अवार्डको घोषणा पनि सोही कार्यक्रममा गरिएको थियो । लहना साप्ताहिकका प्रधान सम्पादक नृपेन्द्रलाल श्रेष्ठ र व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले विभिन्न बाधा अडचनलाई छिचोल्दै लहना अघि बढिरहेको र भविष्यमा पनि समयसापेक्ष सामग्रीहरुसहित निरन्तर अघि बढिरहने प्रतिवद्धता जनाए । कार्यक्रममा विभिन्न गायक, गायिका र कलाकारहरुबाट गीत प्रस्तुतिको साथमा नृत्य र वाद्यवादन प्रस्तुति पनि दिइएको थियो ।


 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  ०६:२२
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी शनिबार, वैशाख २६, २०८३
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
  • नंः २ ‘एक पटक बोलिदेउन बालेन सरकार’
  • नंः ३ वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
  • नंः ४ नेपालको गौरवमाथि सत्यगत अडान
  • नंः ५ आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई
विचार
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्