Top Navigation
  • Contact
Main Navigation
शनिबार, भदौ ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय  कृषि पर्यटनदेखि धार्मिक र ग्रामीण पर्यटनसम्म जोड्न पहल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असार २३, २०८३

काठमाडौं । कोशी प्रदेशको विशाल पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रबर्द्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न नयाँ तथा सम्भावनायुक्त पर्यटकीय गन्तव्यमा प्रबर्द्धनात्मक भ्रमण, अन्तरक्रिया तथा पर्यटन संवाद कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित यस अभियानलाई पूर्वी नेपालको पर्यटन विकास, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा महिला नेतृत्वमा पर्यटन प्रवद्र्धन गर्न उक्त कार्यक्रम सञ्चालन गरेको हो । 

अभियानअन्तर्गत पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमी, होटल व्यवसायी तथा पर्यटनकर्मीहरूले इलाम, श्रीअन्तु, झापा, कोशी ब्यारेज, बराहक्षेत्रलगायतका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन गरेका छन्।

भ्रमणका क्रममा उनीहरूले स्थानीय सरकारका जनप्रतिनिधि, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक, सामुदायिक संस्था तथा स्थानीय समुदायसँग पर्यटन विकासका सम्भावना, चुनौती, पूर्वाधार विस्तार, सेवा गुणस्तर तथा भावी रणनीतिबारे विस्तृत छलफल गरेका थिए।

भ्रमण टोलीले प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, स्थानीय संस्कृति, कृषि प्रणाली, जैविक विविधता तथा समुदायमा आधारित पर्यटनका अभ्यासलाई नजिकबाट अवलोकन गर्दै पूर्वी नेपाललाई बहुआयामिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको छ।

सहभागीहरूले पूर्वी नेपालका धेरै गन्तव्य अझै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकमाझ पर्याप्त रूपमा परिचित हुन नसकेको उल्लेख गर्दै योजनाबद्ध प्रचार–प्रसार, पूर्वाधार विकास र निजी–सार्वजनिक सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

इलामको रमणीय पर्यटकीय गन्तव्य श्रीअन्तुमा आयोजित अन्तरक्रिया कार्यक्रममा महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष जया बरालले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा साहसिक पर्यटनका दृष्टिले नेपालको सबैभन्दा सम्भावनायुक्त प्रदेशमध्ये एक भएको बताइन्।

उनले यहाँका हिमाल, पहाड, तराई, चिया बगान, नदी, ताल, वनजंगल, धार्मिक तीर्थस्थल, स्थानीय संस्कृति र जैविक विविधतालाई एकीकृत रूपमा पर्यटनसँग जोड्न सके प्रदेशको आर्थिक विकासमा ठूलो योगदान पुग्ने धारणा राखिन्।

‘पर्यटन केवल घुमघाममा सीमित विषय होइन, यो स्थानीय उत्पादन, कृषि, संस्कृति, कला, परम्परा र समुदायको जीवनशैलीसँग प्रत्यक्ष जोडिएको आर्थिक गतिविधि हो,’ उनले भनिन् ।

स्थानीय कृषि उत्पादन, अर्गानिक खाद्य, रैथाने परिकार, हस्तकला तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर विशेषगरी कृषि पर्यटनको विकास गर्न सके ग्रामीण अर्थतन्त्र बलियो बन्ने, रोजगारी सिर्जना हुने तथा युवालाई गाउँमै अवसर उपलब्ध गराउन सकिने उनको भनाइ थियो।

बरालले प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रका विशिष्ट पर्यटकीय सम्पदा, सांस्कृतिक पहिचान तथा प्राकृतिक आकर्षणको वैज्ञानिक रूपमा अभिलेखीकरण गरी एकीकृत पर्यटन प्याकेज विकास गर्नुपर्ने आवश्यकता औँल्याइन्।

उनले स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, यातायात व्यवसायी, सञ्चारमाध्यम तथा स्थानीय समुदायबीच बलियो सहकार्य स्थापित गर्न सके पर्यटन क्षेत्रले नयाँ गति लिने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायीहरूले पूर्वी नेपालका धेरै सुन्दर गन्तव्य अझै प्रचार–प्रसारको अभावमा ओझेलमा परेको उल्लेख गर्दै यस्ता प्रवद्र्धनात्मक अभियानले पर्यटनको लाभ दुर्गम गाउँसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनीहरूले समुदायमा आधारित पर्यटन, ग्रामीण पर्यटन, सांस्कृतिक पर्यटन तथा स्थानीय उद्यम प्रवद्र्धनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखे ।

अन्तु पर्यटन व्यवसायी संघी कोषाध्यक्ष कञ्चना बरालले श्रीअन्तु सूर्योदय अवलोकनका लागि विश्वप्रसिद्ध गन्तव्यका रूपमा स्थापित हुँदै गएको बताइन्। उनले यहाँ पर्यटकका लागि सामुदायिक होमस्टेदेखि आधुनिक सुविधासम्पन्न फोर–स्टार स्तरका होटलसम्म उपलब्ध रहेको जानकारी दिँदै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण निरन्तर बढिरहेको उल्लेख गरिन्।

उनका अनुसार श्रीअन्तुमा आउने पर्यटकले केवल सूर्योदयको मनोरम दृश्य मात्रै होइन, चिया बगान, स्थानीय संस्कृति, जैविक कृषि, परम्परागत परिकार तथा ग्रामीण जीवनशैलीको पनि अनुभव गर्न पाउँछन् । पर्यटनलाई अझ प्रतिस्पर्धी बनाउन सडक, पदमार्ग, पार्किङ, सूचना केन्द्र, डिजिटल प्रबर्द्धन तथा वातावरण संरक्षणमा पर्याप्त लगानी आवश्यक रहेको उनले बताइन् ।

अन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले ग्रामीण पर्यटन विस्तारमा सामुदायिक होमस्टेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले होमस्टेले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, महिलाको आर्थिक सशक्तीकरण तथा स्थानीय संस्कृति संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरे । पूर्वी नेपालका विभिन्न गन्तव्यलाई एउटै पर्यटन सर्किटमा आबद्ध गर्न सके पर्यटकको बसाइ अवधि र पर्यटनबाट प्राप्त आम्दानी दुवै बढ्ने उनको विश्वास थियो ।

सूर्योदय नगरपालिका-५ का वडाध्यक्ष उर्गेन बम्जनले स्थानीय सरकारले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा लिँदै सडक, पदमार्ग, पर्यटकीय पूर्वाधार, विश्रामस्थल, दृश्यावलोकन केन्द्र तथा पर्यटकीय सम्पदाको संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

उनले चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार विकासका विभिन्न योजनाका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताए ।

महिला पर्यटन व्यवसायी सञ्जालका अनुसार यस्ता प्रवद्र्धनात्मक भ्रमणले नयाँ पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित गराउनुका साथै स्थानीय समुदायको आयआर्जन वृद्धि, महिला उद्यमशीलताको विकास, ग्रामीण पर्यटन प्रवद्र्धन, कृषि पर्यटन विस्तार तथा दिगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सञ्जालले आगामी दिनमा पनि देशका विभिन्न सम्भावनायुक्त पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै यस्तै प्रबर्द्धनात्मक अभियान, अध्ययन भ्रमण, अन्तरक्रिया तथा साझेदारी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउन सके पूर्वी नेपाल निकट भविष्यमा नेपालको सबैभन्दा आकर्षक, विविधतायुक्त र दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित हुने पर्याप्त सम्भावना रहेको छ।

फोटो: सुवास थापा
 

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाज
फोटो प्रदर्शनीमा घुइँचो
फोटो प्रदर्शनीमा घुइँचो बिहीबार, भदौ ४, २०८३
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
  • नंः २ किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ?
  • नंः ३ किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
  • नंः ४ देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ? 
  • नंः ५ बागमती प्रदेश मुख्यमन्त्रीको सपथ ग्रहण
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्