Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
विदुर कटुवाल
विदुर कटुवाल बुधबार, असार १०, २०८३

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमार्फत गरेको वैचारिक रूपान्तरणलाई केवल सामान्य सिद्धान्त संशोधनका रूपमा बुझ्नु पर्याप्त हुँदैन । ‘संवैधानिक समाजवाद’बाट ‘सामाजिक लोकतन्त्र’ तर्फको यो यात्रा नेपाली राजनीतिक दलहरूको परम्परागत वैचारिक ढाँचाभन्दा फरक देखिने प्रयास हो, तर आलोचनात्मक दृष्टिले हेर्दा यसले विचारधारात्मक स्पष्टता भन्दा बढी रणनीतिक लचकता र राजनीतिक ब्रान्डिङको पुनर्संरचना उजागर गर्छ ।

यो परिवर्तनलाई पार्टीले ‘व्यावहारिक, सन्तुलित र यथार्थमा आधारित’ राजनीतिक दर्शनको रूपमा प्रस्तुत गरेको छ । तर राजनीतिक सिद्धान्तको गहिराइमा जाँदा प्रश्न उठ्छ–के यो नयाँ वैचारिक निर्माण हो, वा पुरानै उदार लोकतान्त्रिक–नवउदारवादी मिश्रणलाई नयाँ नाम दिइएको मात्र हो ?

प्रारम्भिक अस्पष्टताको वैचारिक आधार

रास्वपाले स्थापना कालमा अपनाएको ‘संवैधानिक समाजवाद’ नेपालको संविधानमा उल्लेखित ‘समाजवाद उन्मुख राज्य’ भन्ने वाक्यांशको राजनीतिक व्याख्यामा आधारित थियो । तर यही आधारभूत शब्दावली नै अत्यन्तै खुला र व्याख्यात्मक भएकाले यसले स्पष्ट आर्थिक–राजनीतिक मोडेल निर्माण गर्न सकेन ।

संविधानले राज्य समाजवादतर्फ उन्मुख हुने भने पनि त्यो उन्मुखता कुन माध्यमबाट, कुन संरचनाबाट र कुन प्राथमिकताबाट प्राप्त हुने भन्ने स्पष्ट छैन । यही अस्पष्टतामाथि टेकेर रास्वपाले ‘संवैधानिक समाजवाद’लाई आफ्नो मूल विचार बनायो, जसले सुरुवातमै तीन प्रमुख कमजोरी बोकेको देखिन्छ । पहिलो, उत्पादन प्रणालीबारे स्पष्ट दृष्टिकोणको अभाव छ । दोस्रो, राज्य र बजारबीचको सम्बन्धबारे ठोस व्याख्याको कमी छ । तेस्रो, दीर्घकालीन नीति–दर्शन निर्माण गर्ने क्षमता कमजोर छ । 

यस कारण आलोचकहरूका दृष्टिमा ‘संवैधानिक समाजवाद’ कुनै विकसित विचारधारा होइन, बरु संक्रमणकालीन राजनीतिक लेबल हो । जसले पार्टीलाई प्रारम्भिक वैचारिक आवरण दिन मात्र प्रयोग गरिएको छ । 

सबै कुरा समेट्ने तर, सीमित दिशाबोध

नयाँ वैचारिक आधारका रूपमा अंगीकार गरिएको ‘सामाजिक लोकतन्त्र’ अन्तर्राष्ट्रिय रूपमा स्थापित मिश्रित राजनीतिक–आर्थिक मोडेल हो । हाम्रा जस्ता राजनीतिक चेतना भएका धेरै देशमा यो असफल छ । जहाँ बजार अर्थतन्त्र, लोकतान्त्रिक शासन र बलियो सामाजिक सुरक्षा प्रणाली सँगसँगै चल्दैनन् । 

रास्वपाको दस्ताबेजमा सामाजिक लोकतन्त्रलाई प्रस्तुत गर्ने शैलीले यसको सैद्धान्तिक स्पष्टता भन्दा ‘समावेशी सबै कुरा स्वीकार गर्ने फ्रेमवर्क’ बढी देखाउँछ । सार्वजनिक भएका दस्ताबेजअनुसार रास्वपाले प्रतिस्पर्धात्मक बजार अर्थतन्त्र चाहन्छ । निजी क्षेत्रलाई विकासको इन्जिन मान्छ । सरकारी क्षेत्र देखाउने दात मात्र बनाएर शासन र शक्तिमा रमाउन चाहान्छ । यता श्रमिक अधिकार र न्यूनतम ज्याला सुनिश्चित गर्न गर्न चाहादैन । शिक्षा र स्वास्थ्य राज्यले ग्यारेन्टी गर्नुपर्छ भन्छ, तर नीजि क्षेत्रबाट गर्ने देखाउँछ । नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्छु भन्छ । सामाजिक सुरक्षा र पुनर्वितरणमा राज्यको भूमिका बलियो देखाउन चाहान्छ । दिर्घकालिन हुने उपाय खोज्दैन । यी सबै एक–अर्कासँग सन्तुलनमा ल्याउन अत्यन्तै जटिल नीति–संयोजन हो । सिद्धान्तमा यो आकर्षक देखिन्छ, तर व्यवहारमा यो ‘नीतिगत विरोधाभासहरूको संगालो’ बनाइएको छ । 

 नवउदारवादसँगको संरचनात्मक नजिकता

रास्वपाको आर्थिक दृष्टिकोणको गहिरो विश्लेषण गर्दा यसको मूल प्रवृत्ति बजार–केन्द्रित देखिन्छ । उत्पादन, वितरण र लगानीमा निजी क्षेत्रको अग्रणी भूमिका, प्रतिस्पर्धालाई मुख्य चालक मान्ने दृष्टि, र राज्यलाई नियामक भूमिकामा सीमित गर्ने सोच–यी सबै तत्वहरू नवउदारवादी आर्थिक संरचनासँग मिल्दोजुल्दो छन् । 

नवउदारवादले राज्यलाई न्यूनतम हस्तक्षेपकर्ताका रूपमा हेर्छ र बजारलाई स्वचालित सन्तुलनकर्ता मान्छ । रास्वपाले पूर्ण रूपमा राज्यलाई कमजोर नबनाए पनि, यसको आर्थिक प्राथमिकतामा बजारको सर्वोच्चता स्पष्ट देखिन्छ । तर यहाँ रोचक विरोधाभास के छ भने, रास्वपाले त्यही बजार–केन्द्रित मोडेलभित्र सामाजिक सुरक्षा, करमार्फत पुनर्वितरण, र सार्वजनिक सेवामा राज्यको सक्रिय भूमिकालाई पनि समानान्तर रूपमा जोड दिन्छ । यसले दुई फरक आर्थिक दर्शनलाई एउटै फ्रेममा राख्ने प्रयास गरेको देखिन्छ । एकातिर नवउदारवादी दक्षता । अर्कोतिर सामाजिक लोकतान्त्रिक समानता पर्दछ । यी दुई बीचको तनाव व्यवस्थापन गर्न नसकिए नीति निर्माणमै निरन्तर द्वन्द्व उत्पन्न हुने सम्भावना रहन्छ । अब विस्तारै सुरु हुनेवाला छ ।

विचारधारात्मक अस्थिरता 

राजनीतिक दलको वैचारिक विकास सामान्यतया क्रमिक हुन्छ । स्पष्ट आधार, गहिरो सिद्धान्त र दीर्घकालीन दृष्टिकोणमार्फत । तर रास्वपाको वैचारिक यात्रा भने अपेक्षाकृत छोटो समयमा बारम्बार रूपान्तरण भएको देखिन्छ । स्थापना कालमा संवैधानिक समाजवाद । पहिलो महाधिवेशनमा सामाजिक लोकतन्त्र थपिएको छ । भविष्यमा अझ ‘व्यावहारिक केन्द्रवाद’ आउने संकेत छ । 

यो क्रमले पार्टीलाई लचिलो बनाउँछ, तर साथसाथै वैचारिक स्थायित्व कमजोर बनाउने खतरा पनि बोकेको हुन्छ । राजनीतिमा लचकता उपयोगी हुन्छ, तर अत्यधिक लचकता सिद्धान्तविहीनता जस्तो देखिन सक्छ । जनविश्वास केवल लोकप्रियतामा होइन, दीर्घकालीन विचारधारात्मक स्पष्टतामा पनि आधारित हुन्छ ।

सबैका लागि सबै कुरा

रास्वपाको सामाजिक लोकतन्त्रको प्रस्तुति हेर्दा यसले लगभग सबै वर्ग, सबै समूह र सबै आर्थिक दृष्टिकोणलाई समेट्ने प्रयास गरेको देखिन्छ । व्यवसायीका लागि लगानीमैत्री वातावरण, श्रमिकका लागि अधिकार र सुरक्षा, गरिबका लागि चम्किला योजना,  मध्यम वर्गका लागि अवसर, युवा वर्गका लागि स्टार्टअप र नवप्रवर्तन । यो समावेशी दृष्टिकोण लोकतान्त्रिक राजनीतिमा आकर्षक भए पनि यसले नीति प्राथमिकताको स्पष्टता कमजोर बनाउँछ । जब सबै कुरा प्राथमिकता हुन्छ, तब कुनै कुरा पनि वास्तविक प्राथमिकता रहँदैन । यही कारण आलोचकहरू भन्छन् ‘यो विचारधारा होइन । यो अवसरवादको केन्द्र हो । जसले विभिन्न मतदातालाई एउटै छातामुनि राख्ने प्रयास गर्छ । यसपालि पनि त्यही भएको हो ।

नेपाली कांग्रेससँगको तुलना

रास्वपामा कम्युनिष्ट कांग्रेसका सबै मान्छे अटेका छन् । जो अवसरवादको पछि लाग्नेहरुको भीड थियो । अहिले त्यो भीड रास्वपामा छ । त्यो अवसरवाद नै हो । यहाँ त्यही अवसरवादीहरुको भीडलाई ‘नयाँ कांग्रेस’ भन्ने टिप्पणी सुनिन्छ । संरचनात्मक विश्लेषणबाट हेर्दा त्यस्तै पनि छ । नेपाली कांग्रेस ऐतिहासिक रूपमा उदार लोकतन्त्र, मिश्रित अर्थतन्त्र र सामाजिक कल्याणको संयोजनमा आधारित पार्टी हो । रास्वपाले पनि लगभग त्यही त्रिकोणीय मोडेल अपनाएको देखिन्छ । 

जसमा राजनीतिक लोकतन्त्र, बजार अर्थतन्त्र, सामाजिक सुरक्षा र समावेशी राज्य । तर पनि कांग्रेस नेपाललाई सुहाउँदो समाजवादको पक्षमा प्रष्ट छ ।  यस कारण विचारधारात्मक तुलनामा दुवैबीच स्पष्ट दूरी छैन । तर फरक केवल शैली र राजनीतिक पुस्तागत प्रतिनिधित्वमा देखिन्छ । त्यसमा रास्वपभन्दा कांग्रेस वामपन्थी पार्टी मानिन्छ । रास्वपालाई ‘कान्छो कांग्रेस’ भन्ने टिप्पणी अपमान होइन । बरु वर्गीकरण हो । जहाँ नयाँ दल पुरानै वैचारिक परिवारभित्र प्रवेश गरिरहेको संकेत गर्छ ।

निष्कर्ष

रास्वपाको वैचारिक सिफ्टलाई अन्ततः दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । पहिलो, सकारात्मक व्याख्या अनुसार–यो आधुनिक राजनीतिक यथार्थअनुसार गरिएको व्यावहारिक समायोजन हो । जसले पुराना कठोर वैचारिक विभाजनलाई तोड्दै नयाँ मिश्रित मोडेल प्रस्तुत गर्छ ।
तर आलोचनात्मक व्याख्या अनुसार–यो स्पष्ट विचारधारात्मक निर्माण होइन, बरु राजनीतिक अनुकूलन र ब्रान्डिङ पुनर्संरचना हो । जसले पार्टीलाई सबै वर्गका लागि स्वीकार्य बनाउने प्रयास गर्छ । मुख्य प्रश्न यही हा–के रास्वपाले दीर्घकालीन रूपमा एउटा सुसंगत राजनीतिक दर्शन निर्माण गर्न सक्छ, वा यो निरन्तर ‘परिस्थितिअनुसार बदलिने विचारधारा’ मै सीमित हुन्छ ? राजनीतिक इतिहासले देखाएको छ–लचकता शक्ति हो, तर सिद्धान्तविहीन लचकता दीर्घकालीन वैधताको आधार बन्न सक्दैन । त्याे मध्यपन्थी राजनीतिक धारमा हुन्छ । त्याे रास्वपासँग छ । त्यस कारण रास्वपा मध्यपन्थी धारकाे ब्रान्डिङ छ । अनि मुखमा ‘संवैधानिक समाजवाद’बाट ‘सामाजिक लोकतन्त्र’ काे नारा छ । 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस्
संसदको बरण्डाबाट फाइभस्टार होटल तत्काल हटाइयोस् सोमबार, असोज ५, २०८३
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ५ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्