Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
विदुर कटुवाल
विदुर कटुवाल शुक्रबार, असार १९, २०८३

काठमाडाैं । जेनजी विद्रोहपछि नेपालमा पनि कम्युनिस्ट शक्ति लोप हुने अवस्थामा पुगेको देखिएको छ  । त्यस कारण कम्युनिस्ट एकताको बहस फेरि सुरु भएको छ । शीर्ष नेताहरू भेटिरहेका छन्, सहकार्यका सन्देश सार्वजनिक भइरहेका छन् र कार्यकर्तामाझ फेरि एकपटक आशा पलाएको छ । दृश्य नयाँ देखिए पनि कथा भने पुरानै हो । नेपालमा कम्युनिस्ट आन्दोलन संकटमा पर्दा, चुनावी जनाधार खस्किँदा वा सत्ता टाढिँदा एकताको नारा सधैँ गुञ्जिने गरेको छ । तर एउटा प्रश्न हरेक पटक अनुत्तरित रहने गरेको छ–के कम्युनिस्टहरू पार्टी जोड्न खोजिरहेका छन् कि आन्दोलन पुनर्जीवित गर्न ?

यही प्रश्नको जवाफमै कम्युनिस्ट आन्दोलनको भविष्य लुकेको छ । किनभने पार्टीहरूको गणित मिलाएर आन्दोलनको रसायन बदलिँदैन । झण्डा मिसिँदैमा विचार मिसिँदैन । नेतृत्वबीच सहमति हुँदैमा कार्यकर्ताको विश्वास फर्किँदैन । सबैभन्दा महत्वपूर्ण कुरा, जनताले गुमाइसकेको भरोसा घोषणापत्रले फर्काउन सक्दैन ।

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास गौरव र विडम्बनाको मिश्रण हो । राणाशाहीविरुद्धको संघर्ष, पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, गणतन्त्र स्थापना र संविधानसभासम्म आइपुग्दा कम्युनिस्ट शक्तिले निर्णायक भूमिका खेलेका छन् । तर इतिहासको अर्को पाटो पनि त्यत्तिकै कठोर छ । यही आन्दोलनले सबैभन्दा धेरै फुट, गुट र नेतृत्व संघर्ष पनि भोग्यो । विगतका अधिकांश विभाजनलाई वैचारिक मतभेदको आवरण दिइयो । तर समयले देखायो, तीमध्ये धेरैजसो विवाद विचारका थिएनन; नेतृत्व, प्रभाव र सत्ताका थिए ।

२०७४ सालको जनादेश यही सन्दर्भमा सबैभन्दा ठूलो राजनीतिक पाठ हो । तत्कालीन एमाले र माओवादी केन्द्रको एकताले नेपाली जनतामा अभूतपूर्व आशा जगाएको थियो । झण्डै दुईतिहाइ बहुमत केवल सरकार बनाउन दिइएको मत थिएन, त्यो स्थायित्व, सुशासन र समाजवादउन्मुख परिवर्तनको पक्षमा व्यक्त जनविश्वास थियो । तर त्यो जनादेश केही वर्षमै नेतृत्वको अहंकार, अविश्वास र शक्ति संघर्षमा विघटन भयो । पार्टी मात्र फुटेन, कम्युनिस्ट आन्दोलनप्रतिको जनताको विश्वास पनि चिराचिरा भयो ।

राजनीतिक दलले चुनाव हारेर फेरि जित्न सक्छ । सत्ता गुमाएर फेरि फर्किन सक्छ । तर विश्वास गुमाएको आन्दोलन पुनः स्थापित हुन निकै कठिन हुन्छ । आज नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो संकट यही हो । यो संकट प्रतिपक्षले सिर्जना गरेको होइन, आन्दोलनले आफ्नै व्यवहारबाट कमाएको हो ।

त्यसैले अहिलेको एकताको बहसको केन्द्रमा कति पार्टी मिसिने भन्ने प्रश्न होइन, किन जनताले कम्युनिस्टमाथिको भरोसा गुमाए भन्ने प्रश्न हुनुपर्छ । जबसम्म यसको इमानदार उत्तर खोजिँदैन, तबसम्म हुने कुनै पनि एकता अर्को फुटको उल्टोगणना मात्र हुनेछ । इतिहासले एकता होइन, आत्मसमीक्षाको माग गरिरहेको छ ।

विचारभन्दा व्यक्ति ठूलो 

कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो संकट आज संगठनको होइन, राजनीतिक संस्कृतिको हो । आन्दोलन किन कमजोर भयो भन्ने प्रश्नको उत्तर खोज्दा पहिलो दोष बाह्य शक्तिलाई, दोस्रो प्रतिपक्षलाई र तेस्रो अन्तर्राष्ट्रिय परिस्थितिलाई दिइन्छ । तर वास्तविक समस्या आन्दोलनभित्रै छ । विचारभन्दा व्यक्ति, संगठनभन्दा गुट र जनताभन्दा सत्ता ठूलो बन्दै गयो । यहीँबाट आन्दोलनको ओरालो यात्रा सुरु भयो ।

कम्युनिस्ट आन्दोलनको आधार वर्गीय राजनीति हो । तर नेपाली कम्युनिस्ट राजनीतिमा वर्गीय बहसभन्दा नेतृत्वको प्रतिस्पर्धाले बढी ठाउँ पायो । किसान, श्रमिक, बेरोजगार युवा, उत्पादन र भूमिसुधारका मुद्दा क्रमशः ओझेलमा परे । त्यसको ठाउँ सरकार कसले बनाउने, मन्त्रालय कसले लिने र पार्टीको नेतृत्व कसले गर्ने भन्ने प्रश्नले लियो । समाज परिवर्तनको माध्यम हुनुपर्ने सत्ता नै अन्तिम लक्ष्यजस्तो बन्न पुग्यो ।

यही कारण आज सबै कम्युनिस्ट दल समाजवादको नारा त लगाउँछन्, तर समाजवादको साझा परिभाषा दिन सक्दैनन् । राज्य र बजारको सम्बन्ध कस्तो हुने ? राष्ट्रिय पुँजीलाई कसरी संरक्षण गर्ने ? निजी क्षेत्रको सीमा कहाँसम्म रहने ? उत्पादन वृद्धि, औद्योगिकीकरण र श्रमिक अधिकारलाई कसरी जोड्ने ? यस्ता आधारभूत प्रश्नमा साझा दृष्टिकोण छैन । विचारमा यति धेरै अन्तर हुँदाहुँदै संगठनको एकता खोज्नु घरको जग नबनाई छाना हाल्न खोज्नुजस्तै हो । सत्तामा पुग्दा पनि कम्युनिस्ट सरकारले तिनै कुराका आधारभूत काम नगरेकाे परिदृय जनतासामु छ ।

अर्को गम्भीर समस्या व्यक्तिपूजा हो । माक्र्सवादले व्यक्तिलाई होइन, विचारलाई केन्द्रमा राख्छ । तर नेपालमा विचारभन्दा नेताको पक्ष वा विपक्षमा उभिनु नै राजनीतिक निष्ठाको मापन बन्न थाल्यो । पार्टीभित्र आलोचना गर्नेलाई शत्रु र प्रश्न उठाउनेलाई गद्दार ठान्ने संस्कृतिले वैचारिक बहसलाई नै सुकाइदियो । आन्दोलनमा आलोचना र आत्मआलोचना हराएपछि गल्ती सच्याउने क्षमता पनि हराउँछ ।

विचौलिया राजनीतिक वर्ग

कम्युनिस्ट आन्दोलनभित्र एउटा नयाँ शक्ति पनि जन्मियो–विचौलिया राजनीतिक वर्ग । यो वर्ग आन्दोलन निर्माण गर्दैन, पहुँच व्यवस्थापन गर्छ । यसको सम्बन्ध जनतासँग होइन, नेतासँग हुन्छ । यसले नेता र कार्यकर्ताबीच पर्खाल खडा गर्छ, चाकडीलाई निष्ठा र गुटलाई विचारका रूपमा स्थापित गर्छ । पार्टी फुट्दा सबैभन्दा कम नोक्सानी यही वर्गलाई हुन्छ, किनभने प्रत्येक फुटसँगै नयाँ पद, नयाँ समिति र नयाँ अवसर जन्मिन्छ । त्यसैले कतिपयका लागि पार्टीको संकट पनि व्यक्तिगत अवसर बन्छ ।

अर्कोतर्फ, अध्ययनको संस्कृति पनि क्षीण हुँदै गयो । कुनै समय कम्युनिस्ट आन्दोलन अध्ययन, बहस र राजनीतिक प्रशिक्षणका कारण बलियो थियो । आज विचारभन्दा प्रचार, अध्ययनभन्दा सामाजिक सञ्जाल र सिद्धान्तभन्दा नाराले ठाउँ लिएको छ । अध्ययन कमजोर भएपछि आन्दोलन प्रतिक्रियात्मक बन्छ, दूरदर्शी हुँदैन ।

त्यसैले कम्युनिस्ट आन्दोलनको आजको संकट चुनावी पराजय होइन, वैचारिक थकान हो । संगठनको कमजोरी होइन, राजनीतिक चरित्रको क्षय हो । यही रोगको उपचार नगरी गरिने कुनै पनि एकता नयाँ नामको पुरानै संकट मात्र हुनेछ ।

अब पार्टी होइन, विचार जोड्ने समय

कम्युनिस्ट आन्दोलनलाई अहिले अर्को पार्टी एकताको भन्दा ठूलो आवश्यकता आफ्नै राजनीतिक संस्कृतिको पुनर्निर्माण हो । इतिहासले पटक–पटक देखाइसकेको छ–घोषणाले पार्टी बनाउन सक्छ, तर आन्दोलन बनाउन सक्दैन । आन्दोलनलाई जीवन्त राख्ने शक्ति विचार, नैतिकता र जनविश्वास हुन् । यी तीन आधार कमजोर भएपछि संगठन जति ठूलो भए पनि त्यसको राजनीतिक प्रभाव क्रमशः क्षीण हुँदै जान्छ ।

त्यसैले अबको एकताको पहिलो सर्त इमानदार आत्मसमीक्षा हुनुपर्छ । विगतका असफलताको दोष केवल विदेशी हस्तक्षेप, प्रतिपक्ष वा बदलिँदो विश्व राजनीतिमाथि थोपरेर आन्दोलनले आफूलाई मुक्त गर्न सक्दैन । जनताले कम्युनिस्टहरूलाई पराजित गरेका होइनन्, कम्युनिस्टहरूले आफ्नै व्यवहारले जनताको भरोसा गुमाएका हुन् । यो यथार्थ स्वीकार नगरी सुरु हुने कुनै पनि एकता आत्मप्रवञ्चना मात्र हुनेछ ।

दोस्रो, साझा वैचारिक र सैद्धान्तिक आधार स्पष्ट हुनुपर्छ । समाजवाद भाषणको सजावटी शब्द होइन; त्यो आर्थिक, सामाजिक र राजनीतिक कार्यक्रम हो । किसानको उत्पादन, श्रमिकको सम्मान, राष्ट्रिय उद्योगको संरक्षण, सार्वजनिक शिक्षा र स्वास्थ्यको सुदृढीकरण तथा सामाजिक न्यायलाई केन्द्रमा राख्ने स्पष्ट कार्यदिशाबिनाको समाजवाद केवल चुनावी नारामा सीमित हुन्छ । विगतमा यीनै विषय ओझेलमा पर्दै आएका छन् । कम्युनिस्ट आन्दोलनले अब सरकार कसले बनाउनेभन्दा पनि समाज कसरी बदल्ने भन्ने प्रश्नको उत्तर दिनुपर्छ ।

तेस्रो, नेतृत्वमा पुस्तान्तरण अपरिहार्य छ । कुनै पनि आन्दोलन केही व्यक्तिको जीवनी होइन । एउटा पुस्ताले आन्दोलन जन्माउँछ भने अर्को पुस्ताले त्यसलाई नयाँ उचाइमा पुर्‍याउँछ । नेपालमा भने दशकौँदेखि उही अनुहार, उही शैली र उही शक्ति–संघर्ष दोहोरिइरहेको छ । अनुभव आवश्यक हुन्छ, तर अनुभव परिवर्तनको बाधक बन्नु हुँदैन । नयाँ पुस्तालाई केवल ताली बजाउने होइन, निर्णय गर्ने ठाउँ दिन सकिएन भने आन्दोलनमा ऊर्जा होइन, निराशा बढ्नेछ ।

सबैभन्दा महत्वपूर्ण कुरा, कम्युनिस्ट आन्दोलनले जनतासँगको सम्बन्ध पुनः परिभाषित गर्नुपर्छ । जनताले अब क्रान्तिका ठूला भाषणभन्दा आफ्नै जीवनमा आउने परिवर्तन खोजिरहेका छन् । उनीहरूलाई चुनावी नारा होइन, रोजगारी, उत्पादन, सुशासन, शिक्षा, स्वास्थ्य र सामाजिक न्याय चाहिएको छ । यदि आन्दोलन फेरि पनि सत्ता समीकरणमै अल्झिरह्यो भने जनताले त्यसलाई विकल्प होइन, समस्याकै एउटा हिस्सा ठान्नेछन् ।

आजको कम्युनिस्ट एकताको बहस त्यसैले ऐतिहासिक मोडमा उभिएको छ । यो बहस पार्टीहरूको अंकगणितमा सीमित हुने कि आन्दोलनको आत्मसमीक्षामा पुग्ने भन्ने निर्णय नेतृत्वले गर्नुपर्छ । यदि एकता केवल पद बाँडफाँट, चुनावी समीकरण र नेतृत्वबीचको सम्झौतामा टुंगियो भने त्यसको परिणाम विगतभन्दा फरक हुनेछैन । तर यदि यसको आधार विचार, राजनीतिक इमानदारी, लोकतान्त्रिक संस्कार र जनउत्तरदायित्व बन्यो भने नेपाली कम्युनिस्ट आन्दोलनले पुनः आफ्नो ऐतिहासिक भूमिका स्थापित गर्न सक्छ । त्यसकाे अब एकता संसदीय कम्युनिसटहरुले विचार जाेड्ने समयकाे रुपमा लिँदै एकता गर्नु पर्छ ।

इतिहासले कम्युनिस्टहरूलाई एकता गर्ने अवसर धेरै पटक दिएको छ । तर जनताले सधैँ दोस्रो अवसर दिँदैनन् । त्यसैले अब प्रश्न कति पार्टी मिसिए भन्ने होइन, कति विश्वास जोडियो भन्ने हो । कम्युनिस्ट आन्दोलनको भविष्य अर्को घोषणापत्रले होइन, आफ्नै कमजोरीसँग लड्ने साहसले तय गर्नेछ । किनभने अन्ततः पार्टीहरू जोडेर चुनाव जित्न सकिएला, तर विचार नजोडी इतिहास जित्न सकिँदैन । त्यसकारण माक्सवादी दर्शनकाे आधारमा विभिन्न धारमा छरिएका कम्युनिस्ट विचार विचार फेरि जाेड्ने समय आएकाे छ ।

कम्युनिस्ट आन्दोलनको भविष्य अर्को घोषणापत्र वा अर्को पार्टी एकताले तय हुँदैन । यसको भविष्य विचारप्रतिको इमानदारी, जनताप्रतिको उत्तरदायित्व र नेतृत्वको नैतिक चरित्रले निर्धारण गर्छ । इतिहासले पटक–पटक देखाइसकेको छ–घोषणाले पार्टी जन्माउन सक्छ, तर आन्दोलनलाई जीवन्त बनाउने विचार र सिद्धान्त अनि वर्गीय चरित्र नै हुन् । चुनावमा गुमाएको सिटभन्दा ठूलो क्षति जनताको भरोसा गुमाउनु हो । अब बन्ने कुनै पनि नयाँ कम्युनिस्ट एकताले यही भरोसा पुनः आर्जन गर्न सक्छ कि सक्दैन, मुख्य प्रश्न त्यही हो ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  ०६:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्