Top Navigation
  • Contact
Main Navigation
शनिबार, कात्तिक ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, कात्तिक ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
युवराज कार्की (सन्ताेष)
युवराज कार्की (सन्ताेष) सोमबार, जेठ ११, २०८३

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ। घटनापछि शव व्यवस्थापनलाई लिएर अस्पतालमा विवाद उत्पन्न हुँदा अस्पतालका प्रमुख चिकित्सकमाथि गालीगौज र कुटपिट प्रयास भएको आरोपसमेत लागेको छ।

सोमबार बिहान कटारी नगरपालिका–१ बेलसोततर्फ विद्यार्थी लिन जाँदै गरेको सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको स्कुल बसबाट सह–चालक अचानक ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए। दुर्घटनामा कटारी नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय उत्तम थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर विष्णुबहादुर खड्काका अनुसार शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका थापालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस र चालक कटारी नगरपालिका–२ निवासी ४८ वर्षीय छत्रबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय कटारीका डीएसपी उमेन्द्र खरेलले घटनाबारे थप अनुसन्धान भइरहेको र अस्पतालमा देखिएको विवाद समाधानका लागि छलफल भइरहेको बताए।

शव व्यवस्थापनमा समस्या, अस्पतालमा तनाव

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कटारी ल्याइएपछि शव सुरक्षित राख्ने व्यवस्थाको अभावले अस्पतालमा तनाव सिर्जना भएको थियो। अस्पतालमा शव राख्ने कुलिङ प्रणाली प्रभावकारी नभएको भन्दै मृतकका आफन्त र स्थानीयले विरोध जनाएका थिए। केही समय शव अस्पतालको इमर्जेन्सी कक्षमै राखेर नाराबाजीसमेत गरिएको थियो।

घटनाले अस्पतालको पोस्टमार्टम तथा शव व्यवस्थापनसम्बन्धी आधारभूत पूर्वाधारको अवस्थामाथि प्रश्न उठाएको छ। स्थानीयले शवगृहको भौतिक अवस्था कमजोर रहेको, पोस्टमार्टम कक्ष व्यवस्थित नभएको तथा शव संरक्षणका लागि आवश्यक उपकरण प्रभावकारी नभएको गुनासो गरेका छन्।

यता प्रादेशिक अस्पताल कटारीका प्रमुख चिकित्सक डाक्टर गौरव साहले अस्पतालमा नयाँ शव संरक्षण फ्रिज जडान गरिएको भए पनि विद्युत आपूर्तिको समस्या कारण उपकरण बिग्रिएको दाबी गरे। फ्रिज मर्मत भइरहेकै बेला केही व्यक्तिले शव पोस्टमार्टम कक्षबाट इमर्जेन्सीमा ल्याएर नाराबाजी गरेको र आफूमाथि गालीगौजसँगै कुटपिट प्रयास भएको उनको आरोप छ।

“शव राख्ने नयाँ फ्रिज ल्याएका थियौँ। विद्युत आउने–जाने समस्याले बिग्रिएको रहेछ। मर्मत गर्ने क्रममा भीडले पोस्टमार्टम कक्षबाट शव इमर्जेन्सीमा ल्याएर नाराबाजी गर्‍यो। ज्यान सुरक्षाको चिन्ताले म अस्पतालबाहिर निस्किन बाध्य भएँ,” डाक्टर साहले भने।

उनका अनुसार घटनापछि अस्पतालको सेवा समेत प्रभावित भएको थियो। प्रहरीले मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्