Top Navigation
Main Navigation
मंगलबार, जेठ १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, जेठ १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
युवराज कार्की (सन्ताेष)
युवराज कार्की (सन्ताेष) सोमबार, जेठ ११, २०८३

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ। घटनापछि शव व्यवस्थापनलाई लिएर अस्पतालमा विवाद उत्पन्न हुँदा अस्पतालका प्रमुख चिकित्सकमाथि गालीगौज र कुटपिट प्रयास भएको आरोपसमेत लागेको छ।

सोमबार बिहान कटारी नगरपालिका–१ बेलसोततर्फ विद्यार्थी लिन जाँदै गरेको सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको स्कुल बसबाट सह–चालक अचानक ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए। दुर्घटनामा कटारी नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय उत्तम थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर विष्णुबहादुर खड्काका अनुसार शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका थापालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस र चालक कटारी नगरपालिका–२ निवासी ४८ वर्षीय छत्रबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय कटारीका डीएसपी उमेन्द्र खरेलले घटनाबारे थप अनुसन्धान भइरहेको र अस्पतालमा देखिएको विवाद समाधानका लागि छलफल भइरहेको बताए।

शव व्यवस्थापनमा समस्या, अस्पतालमा तनाव

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कटारी ल्याइएपछि शव सुरक्षित राख्ने व्यवस्थाको अभावले अस्पतालमा तनाव सिर्जना भएको थियो। अस्पतालमा शव राख्ने कुलिङ प्रणाली प्रभावकारी नभएको भन्दै मृतकका आफन्त र स्थानीयले विरोध जनाएका थिए। केही समय शव अस्पतालको इमर्जेन्सी कक्षमै राखेर नाराबाजीसमेत गरिएको थियो।

घटनाले अस्पतालको पोस्टमार्टम तथा शव व्यवस्थापनसम्बन्धी आधारभूत पूर्वाधारको अवस्थामाथि प्रश्न उठाएको छ। स्थानीयले शवगृहको भौतिक अवस्था कमजोर रहेको, पोस्टमार्टम कक्ष व्यवस्थित नभएको तथा शव संरक्षणका लागि आवश्यक उपकरण प्रभावकारी नभएको गुनासो गरेका छन्।

यता प्रादेशिक अस्पताल कटारीका प्रमुख चिकित्सक डाक्टर गौरव साहले अस्पतालमा नयाँ शव संरक्षण फ्रिज जडान गरिएको भए पनि विद्युत आपूर्तिको समस्या कारण उपकरण बिग्रिएको दाबी गरे। फ्रिज मर्मत भइरहेकै बेला केही व्यक्तिले शव पोस्टमार्टम कक्षबाट इमर्जेन्सीमा ल्याएर नाराबाजी गरेको र आफूमाथि गालीगौजसँगै कुटपिट प्रयास भएको उनको आरोप छ।

“शव राख्ने नयाँ फ्रिज ल्याएका थियौँ। विद्युत आउने–जाने समस्याले बिग्रिएको रहेछ। मर्मत गर्ने क्रममा भीडले पोस्टमार्टम कक्षबाट शव इमर्जेन्सीमा ल्याएर नाराबाजी गर्‍यो। ज्यान सुरक्षाको चिन्ताले म अस्पतालबाहिर निस्किन बाध्य भएँ,” डाक्टर साहले भने।

उनका अनुसार घटनापछि अस्पतालको सेवा समेत प्रभावित भएको थियो। प्रहरीले मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या आइतबार, चैत २२, २०८२
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव मंगलबार, चैत ३, २०८२
मिर्गौलालाई बचाउनुहोस्
मिर्गौलालाई बचाउनुहोस् शुक्रबार, फागुन २९, २०८२
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक शनिबार, फागुन १६, २०८२
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार, फागुन ११, २०८२
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी सोमबार, फागुन ११, २०८२
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव शनिबार, फागुन ९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ गाउँमै निःशुल्क विज्ञान पढाउने जनता नमूना मावि
  • नंः ३ पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व
  • नंः ४ उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर
  • नंः ५ तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
विचार
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शारदा बजगाईँ
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्